प्रधानमन्त्री ओलीले पारिश्रमिक नलिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा उनले आफ्नो पारिश्रमिक जम्मा गर्ने बताएका छन् ।

नयाँ वर्ष २०७७ को शुभकामना दिँदै सोमबार प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबै राजनीतिक दल र नेपाली एकजुट हुनुपर्नेे शुभकामना सन्देशमा उल्लेख छ ।

‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आप्mनो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले अगाडि भनेका छन्, ‘मैले पटक–पटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ ।’

देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि हुनुपर्ने बताउँदै उनले मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबैले नै मिलेर गर्नुपर्ने बताएका छन् ।

विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भएको जानकारी दिँदै उनले विभिन्न शीर्षकमा विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट १ हजार ५ सय ६३ मिलियन अमेरिकी डलरबराबरको रकमको व्यवस्था भइसकेको बताएका छन् ।

परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान हुन नसक्ने स्पष्ट गर्दै उनले नवीन सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र नेपाल जस्तो जोखिमयुक्त देशले संकटमाथि विजय हासिल गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नियमित रूपमा उपलब्ध भइरहेकोभन्दा थप स्रोत साधन अपरिहार्य भएकाले विकास सहायताको प्रकार, विधि, सर्त तथा ऋणको लागत एवं प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गरिरहेको छ ।

विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्न सक्ने जोखिममा रहेका र मुलुकभित्रै बेरोजगार रहेका युवाहरूलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति सरकारले अपनाउने उनले बताएका छन् ।

कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ सम्भावनाको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यवसायी, विशेषज्ञहरू र स्वयं युवाहरूसँग मिलेर ठोस योजना सरकारले ल्याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिने उल्लेख गर्दै सबैभन्दा पहिले जनतालाई महामारीबाट बचाइने र सँगसँगै रोजीरोटीको जोहो पनि सरकारले गर्ने जनाएका छन् ।

सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासम्भव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरूको आय निरन्तरताका लागि आवश्यक व्यवस्था सरकारले गर्नेछ ।

‘मैले पहिले नै घोषणा गरिसकेको छु– आपैंmलाई जोखिममा राखी उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरू र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मी जस्ता यस युद्धको अग्रपंक्तिका योद्धाहरूको व्यक्तिगत र व्यावसायिक सुरक्षामा कुनै कमी हुन दिइनेछैन । उहाँहरूको हिफाजत सरकारले हरतरहले गर्नेछ,’ प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

संकटको यस घडीमा जनताको घरआँगनमै पुगेर सेवा पु¥याइरहेका स्थानीय जनप्रतिनिधिहरूप्रति प्रधानमन्त्री ओलीले उच्च सम्मान व्यक्त गरेका छन् । स्थानीय तहहरूलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गरिएको उनको भनाइ छ ।

आफ्नो प्रदेशको विशिष्ट अवस्था र चुनौतीलाई हेरेर प्रभावकारी ढंगले सम्भाव्य संक्रमणको सामना गरिरहेका प्रदेश सरकारहरूको भूमिकालाई समेत उनले प्रशंसा गरेका छन् ।

‘रोजगारी गुमाएर बिहान साँझको छाक टार्न कठिन भएका, अपांगताका कारण औषधिलगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा रहनुभएका, वृद्धावस्थामा रहनुभएका र विभिन्न हिसाबले असहज अवस्था भोगिरहनुभएका विपन्न र असहाय दाजुभाइ दिदीबहिनीहरूसमक्ष स्थानीय सरकारहरू स्वयं राहत लिएर पुग्नेछन्,’ प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

जनताबाट निर्वाचित सरकार नै संकटको सामना गर्ने नेतृत्वदायी संस्था रहेको बताउँदै उनले तीनै तहका सरकारहरूले सम्बद्ध सबैका सुझावलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने प्रधानमन्त्री ओलीले भनेका छन् ।

कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वाधिक महŒवपूर्ण हतियार रहेको उल्लेख गर्दै उनले आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न नसक्ने बताए ।

‘आगामी वैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्नेछ । ढुक्क होऔं, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइनेछैन,’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गृह जिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद