भारतमा चम्कियो चलचित्र चन्दु च्याम्पियन

मुम्बई । शुक्रबारबाट रिलिज भएको बलिउड चलचित्र चन्दु च्याम्पियन यतिबेला चर्चामा छ । यसले भारतमा दोस्रो शनिबार र तेश्रो दिन आईतबार पनि राम्रो व्यापार गरेको छ । यो चलचित्रले शुक्रबार र शनिबार गरी दुई दिनमा करिब १२ करोड रुपैयाँ कमाएको छ । चन्दु च्याम्पियनलाई साजिद नाडियाडवाला र कबिर खानले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्मले पहिलो दिन ४.७५ करोड कमाएको थियो । यसले दोस्रो दिन भारतमा ६.७५ करोड रुपैयाँ कमाएको छ । फिल्मले भारतमा अहिलेसम्म ११.५ करोड कमाइसकेको छ । शनिबार चन्दु च्याम्पियनको हिन्दी ओगटेन्सी २१.२७ प्रतिशत थियो ।

पहिलो दिनको कमाईपछि एक प्रेस नोट जारी गर्दै फिल्मले दर्शकको मन जितेको निर्माण पक्षले जनाएको छ । नोटको एक अंशमा लेखिएको छ,‘यो वास्तवमा फिल्मको लागि राम्रो ओपनिङ हो, र फिल्मले जुन प्रकारको बज र उत्साह उत्पन्न गरेको छ, त्यसलाई ध्यानमा राख्दै, फिल्मले सप्ताहन्तमा यसको सङ्कलन बढाउनेछ।’

यो चलचित्रमा अभिनेता कार्तिक आर्यनले विभिन्न उमेर र चरणहरूको चरित्र निर्वाह गरेका छन् । आफुले जीवनमै सबैभन्दा बढी मेहनत गरेको चलचित्रको रुपमा कार्तिकले यसलाई लिएका छन् । यो चलचित्रमा एक भारतीय सेना सिपाही, एक पहलवान, एक मुक्केबाज, एक युद्ध दिग्गज र एक पौडीबाजको प्रतिस्पर्धा देखाईएको छ । चन्दु च्याम्पियनमा विजय राज, भुवन अरोरा र राजपाल यादव पनि मुख्य भूमिकामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे