‘स्व’ ल्याइन सरस्वती प्रतीक्षाले

काठमाडौं । साहित्यकार सरस्वती प्रतीक्षाले उपन्यास ’स्व’ लोकार्पण गरेकी छिन् । अघिल्लो उपन्यास नथियाबाट आख्यानमा चर्चा कमाएकी प्रतीक्षाले यति बेला यो नयाा उपन्यास ल्याएकी हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले यो पुस्तकको लोकार्पण गरेका हुन् । उपन्यासको मुख्य पात्र सप्तम’bout टिप्पणी गर्दै श्रष्टा घनश्याम खड्कालेसार्वजनिक समारोहमा सो उपन्यास’bout बोल्दै भने,‘त्यही यात्राको खोजका निम्ति सप्तमको मनोविज्ञानलाई चित्रांकन गर्दै सरस्वतीजीले सुन्दर उपन्यास सृजना गर्नुभएको छ । बौद्ध–दर्शनको मार्गमा पात्रको मनस्थितिलाई विभिन्न तहहरूमा बुन्दै यति सुन्दर उपन्यास लेख्नु जीवनभित्रको दर्शन पनि हो ।’ जीवनको फराकिलो फलकमा लेखिएको एक सुन्दर कृति नेपाली पाठकले पाएका उनले बताए । मानिसका प्रयत्न खुशीको खोजी भएको र आफैंभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको घनश्यामको कथन थियो ।

श्रष्टा सगुना शाहले पुस्तकमाथि टिप्पणी गर्दै यसमा स्व–अस्तित्वको खोजको कथा भएको बताइन् । कार्यक्रममा उनले भनिन्,‘बौद्ध–दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतार्नुभएको छ । बहुरुपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ । कलात्मक भाषा–शैली र कथावाचनले उपन्यास उच्चकोटीको बनेको छ ।’

कार्यक्रममा लेखक सरस्वती प्रतीक्षाले सात वर्षको तयारीमा यो उपन्यास आएको बताईन् । आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको उनको कथन थियो, ‘यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वेरकल्पनाको प्रयोग गरेकी छु ।’ उनले भनिन् ।

नथियालाई पाठकले निकै रुचाएका कारण यो दोश्रो उपन्यास आफुहरुले प्रकाशन गरेको प्रकाशक बुकहिल पब्लिकेसनले भूपेन्द्र खड्काले बताए । २९६ पृष्ठको ’स्व’ उपन्यासको मूल्य ५९९ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने