बागमतीको बजेटमा मुख्यमन्त्री नै असन्तुष्ट, थाहै नदिइ बजेट बढाएको आरोप

मकवानपुर । सरकार सञ्चालनको क्रममा सत्तापक्ष र प्रतिपक्षबीचको विवाद समन्या लाग्ने आदत भइसकेको छ । तर सत्ताधारी दलहरुभित्र पनि विभिन्न विषयमा असन्तुष्टिहरु बेलाबेलामा मैदानमा आउँछन् ।

बागमती प्रदेशमा २ दिन अघि १ असारमा ल्याइएको बजेटमा यस्तै असन्तुष्टि देखिएको छ । त्यो पनि प्रदेशको मुख्यमन्त्री र आर्थिक मन्त्रीबीचमा । नेकपा माओवादीबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शालिकराम जमकट्टेल, र नेकपा एमालेबाट नेतृत्वमा रहेका अर्थमन्त्री जगन्नाथ थपलियाबीच दुरी बढेको हो । केन्द्रमा प्रचण्ड–ओलीको दुरी बढ्दै जाँदा प्रदेशमा पनि जमकट्टेल–थापलियाबीच दुरी बढ्ने देखिएको छ ।

१ असार (शनिबार) सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नै असन्तुष्टि व्यक्त गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ । “उहाँले पारित बजेटको सिलिङभन्दा माथि बजेट ल्याउनुभएको छ, पारित बजेटका कार्यक्रम नै फेरबदल गर्नुभयो” मुख्यमन्त्री निकट एक स्रोतले भन्यो “एमालेका कार्यक्रम थप गर्नुभएको छ, जुन यसअघि मन्त्रीपरिषदले पास गरेको बजेटमा थिएन ।”

प्रदेश सरकारले यो बजेटको स्वामित्व लिनसक्ने अवस्था नभएकोले यस’bout पार्टीमा आन्तरीक छलफल चलिरहेको उनले बताए । आर्थिक मन्दीको समयमा हावादारी रुपमा बजेट बढाइएकोले यो कार्यान्वयमा नै समस्या हुने प्रदेश नीति योजना आयोगको भनाइ छ । बजेट यथार्थपरक नभएको समस्या हुन सक्ने आयोगमा उपाध्यक्ष नरविक्रम थापाले बताए ।

अर्थमन्त्रीले नै प्रत्यक्ष निर्वाचित प्रदेश सांसद्को तजबिजीमा कार्यान्वयन हुने परियोजनामा प्रतिनिर्वाचन क्षेत्र ३ करोड र समानुपातिकतर्फ १ करोड दिने सहमति भएकोमा हटाइदिइएको आरोप लगाइएको छ । बजेट प्रस्तुत गर्नुअघि प्रणाली खोलेर खासगरी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाको योजना व्यापक रुपमा काटिएको दाबि गरिएको छ ।

अर्थमन्त्री जगन्नाथ थपलियाले मन्त्रिपरिषद्ले पारित गरेको बजेट नै संसद्मा पेश गरेको र यस’bout मुख्यमन्त्रीलाई जानकारी रहेको दाबी गरे । “मन्त्रिपरिषद्ले सबै दफादफामा गएर बजेट पारित गर्ने होइन, अर्थ मन्त्रालयले गरेको प्रस्तावअनुसार बजेट पारित भएको हो” थपलिया उनले भने “त्यही बजेट मैले संसदमा पेश गरेको हो ।”

संसदीय अभ्यासको चरण स्मरण गराउँदै उनले भने “मन्त्रिपरिषद्ले पारित नगरिकन बजेट संसदमा जाँदैन, मुख्यमन्त्रीलाई यस’bout पर्याप्त जानकारी छ ।” कुनै कार्यक्रम नपरेको वा बजेट कम परेको भनेर अनावश्यक आरोप प्रत्यारोपमा नउत्रन उनले आग्रह गरे । बजेटका ’boutमा कुनै समस्या नभएको उनले बताए ।

अर्थमन्त्री थपलियाले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट शनिबार बागमतीको प्रदेश सभामा पेश गरेका थिए । यो चालु आवको बजेटको तुलनामा १ अर्ब ६३ अर्बले बढी हो ।

चालु आर्थिक वर्षमा पनि सक्ष पक्ष र प्रतिपक्षबीच झण्डै ९ महिना बजेटको विवाद जारी रह्यो । ९ महिनापछि संसदीय विशेष समिति बनाएर बजेटको विवाद मिलाउन योजनाको बजेट रकमान्तर गर्नको लागि सिफारीस भएको थियो । दलहरु बीच आफू आफूमा बजेटको भागबण्डा नमिदैमा विवाद हुने संस्कार नै बसेपछि बजेट कार्यान्वयनमा समस्या हुने गरेको छ । संसदमा पेश गरिएको बजेटमाथि १० असारबाट छलफल हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा