ब्ल्याक छायाँको बुट्टे रुमाल सार्वजनिक

काठमाडौं । अभिनेता धिरेन शाक्य, सलोन बस्नेत, अभिनेत्री सुष्मा कार्की, जान्हबी बस्नेतलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘ब्ल्याक छायाँ’को निर्माण सम्पन्न भएको छ ।

यो चलिचत्र ११ साउनबाट देशव्यापी रिलिज हुने निर्माण पक्षले जनाएको छ । यसैबीच यो चलचित्रको लोक शैलीको गीत बुट्टे रुमाल…को भिडियो यतिबेला ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा सुष्मा कार्की, जान्ह्बी बस्नेतलगायतको नृत्य रहेको छ । बुट्टे रुमाल…गीतलाई डिबि खनालले सृजना गरेका हुन् । जसमा राजेन्द्र बजगाईंको संगीत रहेको छ भने यो गीतलाई भुवन प्यासी र मेलिना राईले युगलस्वरमा गाएका हुन् ।

लंका फिल्म प्रालिको व्यानरमा निर्मित यो चलचित्र प्रेम कथामा आधारित सस्पेन्स थ्रिर्लर बनेको यसको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई आरएल लामा मोक्तानले निर्देशन गरेका हुन् । चलचित्रको नाम ब्लाक अर्थात कालो छायाँ भएकाले पनि यो थ्रिलर छ भन्नेकुरा दर्शकले बुझ्ने निर्देशक मोक्तानको भनाई छ ।

चलचित्रका अन्य कलाकारमा नीर शाह, सुनील थापा, बुद्धि तामाङ, रुविना कार्की, सोभित वस्नेत, रविन्द्र झा, निमा दार्जे मुक्तान र निर्देशक आरएल लामा मोक्तान स्वयम् छन् ।

चलचित्रका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर सोनाम मुक्तान भने खड्ग लामा मोक्तान प्रस्तुतकर्ता र सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मोक्तान ‘डेबिट’ रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा गठबन्धनमा गडबड