वालिङको सशस्त्र गुल्म प्रदेशकै उत्कृष्ट

स्याङ्जा । स्याङ्जाको वालिङ ८ घ्याङलीङमा रहेको सशस्त्र प्रहरी गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जा गण्डकी प्रदेशकै कार्यसम्पादन, निरिक्षणमा उत्कृष्ट बनेको हो । ४४८.९६ अर्थात ७३.६० प्रतिशत अंक सहित देशभरकै चौँथो र गण्डकी प्रदेशमा प्रथम स्थान प्राप्त गर्दै उत्कष्ट बनेको गुल्मले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३औँ स्थापना दिवको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मलाई पुरस्कृत गरिएको छ ।

सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई प्रशंसापत्र हस्तान्तरण गरेका थिए । प्रदेशकै प्रथम स्थान हासिल गरेको सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय निरीक्षण एवं उत्कृष्ट ईकाईहरुको छनौट तथा ईकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा गण्डकी प्रदेश अन्र्तगतको गुल्महरु मध्ये उत्कृष्ट गुल्म हुन सफल भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका गुल्मपति देवराज जोशीले बताए ।

स्याङ्जाका विभिन्न क्षेत्रमा हुन विपदका घट्ना देखी उद्धारका काममा सशस्त्र प्रहरीले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । गुल्म स्थायी भएपनि अहिले सम्म जग्गा उपलब्ध हुन नसक्दा अत्यन्तै कष्टकर रुपमा बसेर जनताको सेवा गर्न बाध्य रहेको छ ।

जिल्लाको मध्यभागमा रहेको गुल्मले बाढीपहिरो, आगालागी, सवारी दुर्घट्ना लगायतमा तत्काल रेस्क्यु गरी सेवा दिदै आउको छ भने पौडी खेल्दा डुबेका, खोलानदीले बगाएका नागरिकको उद्धारमा प्रशंसनीय योगदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो