चल्दै गरेको मोटरसाइकलमा लाग्यो आगो, दुईवटा जलेर नष्ट

वीरगन्ज । गर्मीको कारण तातिएको मोटरसाइकल चलिरहेकै समयमा अचानक आगो सल्कँदा पर्सामा दुईवटा मोटरसाइकल जलेर नष्ट भएका छन् । पर्साको सदरमुकाम वीरगन्जको मुटु आदर्शनगरमा नै मंगलबार अचानक सल्किएको आगोले २ वटा मोटरसाइकल जलेर नष्ट भएका हुन् ।

पश्चिम वीरगन्ज महानगरपालिका तर्फबाट पुर्व आदर्शनगर चोकतर्फ आउँदै गरेको मोटरसाइकलमा पहिले अचानक आगो टिपेको पर्साका प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए । सो मोटरसाइकल वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका मिथिलेश कुमार यादवको रहेछ । ‘चालक यादवले आगो लाग्न थालेपछि रोकेर निभाउन खोजे जस्तो सिसी टिभी क्यामेराबाट देखिन्छ’ उनले भने । सो क्रममा छेउमा रहेको अर्को मोटरसाइकलमा पनि आगो सल्किएर दुबै मोटरसाइकल जलेर नष्ट भएको उनले राजधानी दैनिकलाई बताए ।

जलेर नष्ट भएका मोटरसाइकलहरु प्रदेश नम्बर ०२–०३–१८ प ८२१९ को कालो रातो पल्सर र प्रदेश नम्बर ०२–०३–००१ प ७९०४ कै रातो कालो पल्सर मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । ८२१९ नम्बरको मोटरसाईकल वीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने सत्य कुमार यादवको रहेको र अर्को ७९०४ नम्बरको मोटरसाईकल पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका मिथिलेश कुमार यादवको रहेको पनि प्रहरीले जनाएको छ ।

‘आदर्शनगरमा रहेको वीरगन्ज महानगरपालिका कार्यालय तर्फबाट आदर्शनगर चोकतर्फ आउँदै गरेको प्रदेश ०३–००१ प ७९०४ नम्बरको मोटरसाइकलमा पहिले आगो सल्किएको’ घटनास्थलमा पुगेका वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीले बताए । चालकले सो थाहा पाई रोकेर निभाउन खोज्दा मध्य तराईको अचाक्ली गर्मीले तातेको अर्को पनि मोटरसाइकलमा आगो फैलिन गई दुबै मोटरसाइकल जलेर नष्ट भएको उनको भनाइ छ । घटना हुनुमा मधेशको धेरै तातो गर्मीमा तातेको मोटरसाइकल चलिरहेको समयमा व्याट्री सर्ट या फुल ट्याँण्की तेल कतै लिक भएर आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको उनको तर्क छ ।

घटना वीरगन्जको आदर्शनगर स्थित नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक अगाडीको सडकखण्डमा नै भएको प्रत्यक्षदर्शीले पनि बताए । अत्याधिक चर्को गर्मीको कारण तातिएको मोटरसाइकलमा तारहरु केही सर्ट भई आगो लागेको हुन सक्ने अनुसन्धानले देखाएकोले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक भारतीले पनि तर्क गरे ।

सवारी धनी या चर्को गर्मीमा सवारी चलाउनेले आफ्नो सवारीमा कुनै तारहरु सर्ट भएका छन् कि केही अन्य समस्या छ कि भनी अरु समयभन्दा आजकल बढी सतर्कता अपनाउन पर्ने उनको सुझाव छ । आगोलाई वीरगन्ज महानगरको दमकल र स्थानीय प्रहरीले नियन्त्रणमा लिई अन्यत्र आगो फैलनबाट रोकेको पनि पर्साका प्रहरी प्रवक्ता समेत रहेको प्रहरी नायव उपरिक्षक भारतीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग