मध्यपहाडीका विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मि सडकखण्ड अवरुद्ध भएको छ । रातीको वर्षाका कारण तीन ठाउँमा ठूलो पहिरो गएसँगै विहानदेखि सडक अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका वडा नं. १ काली आँप, कुँडुले र फिक्कल गाउँपालिका वडा नं. २ को सुम्नामबेशीमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै अक्करे भिरमा गएको पहिरोका कारण हिजोदेखि नै सडक अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउनका लागि स्थानीय पालिकाहरुको सहयोगमा मेसिनको प्रयोग गरि काम भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

कुँडुलेको पहिरोमा एउटा ट्रक समेत पुरिएको गोलञ्जोरका स्थानीय गौरव कार्कीले जानकारी दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय