चलचित्रकर्मी परिचयपत्रका लागि २०५ जनाको आवेदन

काठमाडौं । लामो समयपछि चलचित्र विकाश बोर्डले यसपटक ‘चलचित्रकर्मी परिचय पत्र’ प्रदान गर्ने भएको छ । केही वर्ष अघि चलचित्र विकाश बोर्डले ‘सेलिब्रेटी कार्ड’को रुपमा चलचित्र कलाकारलाई परिचयपत्र वितरण गर्ने तयारी भएको थियो । त्यतिबेला यो नाममा विवाद आएपछि सेलिब्रेटी कार्ड प्रदान गर्ने कार्यलाई रोकिएको थियो ।

बिगतमा सेलिब्रेटी कार्ड नाम राखिएको यो परिचय पत्रलाई अहिले अँग्रेजीमा ‘सिने सेलिब्रेटी आईडेन्टी कार्ड’ र नेपालीमा ‘चलचित्रकर्मी परिचय पत्र’ राखिएको छ ।

विवादित सेलिब्रेटी कार्डलाई कार्यविधिमा ढालेर बोर्डले अहिले ‘चलचित्रकर्मी परिचयपत्र वितरण सम्बन्धी कार्यविधि, २०८१’ पारित गरी सोही कार्यविधि अनुरुप चलचित्रकर्मीपरिचय पत्र प्रदान गर्न लागिएको हो । यसको तयारी तिब्रगतिमा बढीरहेको बोर्ड अध्यक्ष एवम् अग्रज अभिनेता भुवन केसीले बताएका छन् ।

‘कार्यविधि अनुसार चलचित्रकर्मीहरुले परिचयका लागि फारम भरिसक्नु भएको छ । अब त्यसलाई छानविन गरेर रित पुगेका चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिने भएको छ ।’ अध्यक्ष केसीले राजधानीसँग भने ।

बोर्डको यो परिपत्रका लागि गएको ३१ जेठसम्म फारम भरिसक्नु पर्ने प्रावधान थियो । तोकिएको मिति भित्र यो परिचय पत्र प्राप्त गर्नका लागि २०५ जना चलचित्रकर्मीले फारम बुझाएको यो समितिका सदस्य गिरिस शर्माले बताएका छन्,‘निर्धारित मितिमा प्राप्त भएका आवेदनहरुलाई हामीले छानविन गरेर तीनवटा समुहमा छुट्याउने छौं । त्यो आवेदनमा समितिले अध्ययन गरेर परिचयको लागि सफिरिस सहित कार्य अघि बढाउने छ ।’

गिरिसका अनुसार नेपाली चलचित्र उधोगमा ३० वर्षवा सो भन्दा बढी समय निरन्तर योगदान दिएका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्रदान गरिने भएको छ । यस्तै कम्तिमा २० वर्षदेखि २९ वर्षसम्म चलचित्र क्षेत्रमा योगदान दिएका चलचिलकर्मीलाई चलचित्रकर्मी परिचयपत्र प्रदान गरिने भएको छ ।

यस्तै चलचित्र विकाश बोर्डले तोकेको विशेष चलचित्रकर्मीको परिचय पत्र भने अन्तराष्ट्रिय स्तरमा बोर्डले सूचिकृत गरेका चलचित्र महोत्सव वा अवार्ड कार्यक्रममा पुरस्कृत भएको वा बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्रकर्मीलाई समितिको रिफारिसमा बोर्डले विशेष चलचित्रकर्मी परिचय पत्र प्रदान गर्न सकिने पनि गिरिसले जानकारी गराएका छन् ।

बोर्डको कार्यविधि अनुसार चलचित्र निर्माता, निर्देशक, कलाकार, प्रदर्शक, वितरक, प्राविधिक लेखन, नृत्य, द्धन्द्ध, गीतकार, संगीतकार, गायनगरी १२ वटा विधालाई चलचित्रकर्मीको रुपमा ब्याख्या गरेको छ । यही ब्याख्याको आधारमा कम्तिमा ४२ वर्षका चलचित्रकर्मीको निवेदन बोर्डमा अहिले गरेको छ । विशिष्ट चलचित्रकर्मी परिचयपत्रका लागि ५० वर्ष नाघेकादेखि ९० वर्ष नाघेकासम्मले आवेदन दिएको बोर्डले जनाएको छ ।

राष्ट्रिय चलचित्रकर्मी परिचयपत्र यस अघि २०७३ साल बैशाखको पहिलो साता बोर्ड अध्यक्ष राजकुमार राईको पालामा प्रदान गरिएको थियो । त्यतिबेला १३ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी परिचयपत्र तात्कालिन सञ्चारकर्मी शेरधन राईले प्रदान गरेका थिए । त्यतिबेला विशिष्ट चलचित्रकर्मी, बरिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी गरी तीन श्रेणीमा प्रदान गरिने घोषणा गरिए पनि विशिष्ट चलचित्रकर्मीलाई मात्र यो परिचयपत्र प्रदान गरिएको थियो ।

जसमध्य विशिष्ट श्रेणीको परिचयपत्रको रँग रातो, विशेष चलचित्रकर्मीको परिचयपत्रको रँग हरियो र चलचित्रकर्मीको परिचयपत्रको रँग पहेँलो हुनेछ । यो परिचयपत्र दुरुपयोग गरिएमा वा नैतिक पतन देखिने कसुरलागेको प्रमाणित भएमा यो परिचयपत्र रद्ध गरिने पनि बोर्डले जनाएको छ ।

त्यतिबेला बिशिष्ट चलचित्रकर्मी परिचयपत्र अग्रज चलचित्रकर्मीहरु यादव खरेल, उद्धव पौडेल, नीर शाह, लक्ष्मीनाथ शर्मा, भूवन थापा चन्द, बसुन्धरा भुषाल, सुभद्रा अधिकारी, किरण खरेल, मञ्जु कुमार श्रेष्ठ, हरिप्रसाद रिमाल, चेतन कार्की, शकुन्तला शर्मा गुरुङ र गेहेन्द्र धिमालले पाएका थिए । जसमध्य सुभद्रा अधिकारी, हरिप्रसाद रिमाल, चेतन कार्की र गेहेन्द्र धिमालको निधन भईसकेको छ । बिगतमा यस्तो परिचयपत्र पाँच वर्षमा नविकरण गरिनु पर्ने उल्लेख गरिए पनि यसपटकको कार्यविधिमा परिचयपत्र नविकरण गर्नेकुरा उल्लेख गरिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता