भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोउन्नोति तीब्र

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा जरायोटार– सिक्रेटार सडकको स्तरोउन्नतिले तिव्रता पाएको छ । सडकको कारण स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यो सडक खण्डको कुल आठ किलो मिटर सडक मध्ये पाँच किलोमिटर सडकको स्तरोउन्नतिको थालिएको हो ।

वडा नं ७ सिक्रेटारको पहलमा गाउँपालिकाबाट विनियोजन भएको एक करोड बजेटबाट दुई प्याकेजमा सडकको स्तरोउन्नतिको काम भईरहेको वडाध्यक्ष कुमार थापाले जानकारी दिए । वडाको गौरवको योजनाको रुपमा रहेको यो सडकको विकास तथा विस्तारको काम तिव्र गतिमा भईरहेको उनको भनाइ छ । सडकलाई बाह्रै महिना सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई अघि बढाएको वडाध्यक्ष थापाले बताए ।

‘जरोयोटार–सिके्रटार हाम्रो वडाको गौरवको सडक हो’वडाध्यक्ष थापाले भने,‘वडाको पहलमा गाउँपालिकाबाट एक करोड विनियोजन गरेर सडक स्तरोन्नतिको काम गरिरहेका छौँ । वडाको गौरवको योजना रहेकोले यो सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।’

वर्षातमा आवत जावतमा समस्या भएपछि यसअघि गाउँपालिकाबाट नै १५ लाख बजेट विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शुन्य विन्दुबाट करिव तीन किलोमिटर स्तरोउन्नतिको काम सम्पन्न गरेको वडाध्यक्ष थापाले बताए । हाल स्तरोउन्नति भईरहेको सडकको करिव ९० प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ ।

‘यो सडक हाम्रो वडाको विकासको मेरुदण्ड हो’वडाध्यक्ष थापाले भने,‘यसलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । सडकको कारण स्थानीयलाई पुगेको असुविधालाई ध्यानमा राखेर वडाले जरायोटारको शुन्य बिन्दुबाट तीन किलोमिटर यस अघि नै स्तरोन्नति सम्पन्न गरिसकेका छ । अहिले भईरहेको काम सम्पन्न भएपछि यहाँ बाह्रै महिना यातायात सञ्चालन हुन्छ ।’

नमूना वडा बनाउने लक्ष्यको साथ सीमित बजेटको अधिकतम परिचालन गरेर विकासका गतिविधिलाई अघि बढाएको वडाध्यक्ष थापाको भनाइ छ ।

सडकको बाटोमा रहेको ठुला चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, मेसीनरी पर्खाल लगाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राबेल गर्ने लगायतको काम भईरहेको छ । सडक स्तरोन्नति थालिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावतमा सहजता हुने स्थानीयबासी केदारप्रसाद अधिकारीले बताए । वडाको अगुवाईमा भईरहेको कामले स्थानीयमा उत्साह थपिएको उनले बताए । सडकको स्तरोन्नति भएपछि स्थानीयको दैनिकीमा सहजता थपिएको उनको भनाइ छ ।

‘हाम्रो वडासम्म प्रवेश गर्ने मुख्य सडक नै यहि हो’उनले भने‘यो सडकलाई हामीले वडाको गौरवको सडकको रुपमा लिएका छौँ । सडक स्तरोन्नतिले स्थानीयबासीमा उत्साह थपिएको छ । स्तरोन्नतिको काम सकिएपछि हामीलाई बाह्रै महिना आवत जावतमा सहजता हुनेछ । वडाको कामप्रति हामी धेरै खुसी छौँ ।’

सडकको स्तरोन्नतिले गाउँपालिका, भोजपुर सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेशमा सहजता हुने स्थानीयबासी टेकबहादुर बस्नेतले बताए । विरामी भएको अवस्थामा सहज रुपमा वडासम्म एम्वुलेन्स आउने अवस्था बनेको उनको भनाइ छ ।

‘विगतमा सडकको कारण धेरै समस्या थियो’उनले भने,‘अहिले तिव्र गतिमा सडकको स्तरोन्नती भईरहेको छ । सडक स्तरोन्नतिपछि यहाँका स्थानीयलाई सुविधा थपिएको अवस्था छ । यसले यहाँको दैनिकीमा सहजता भएको छ । सडकको कारण यहाँका कृषि उपजको बजारीकरणमासमेत सहज छ । विरामी हुँदा सहज रुपमा अस्पतालसम्म पुग्ने अवस्था बनेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व