छाउ भएकी किशोरी बलात्कृत, मामा नाता पर्ने नाबालक पक्राउ

धनगढी । सुदू्रपश्चिम प्रदेशको अछाम जिल्लामा छाउ (महिनावारी) भएकी एकजना किशोरी बलात्कृत भएको घटना बाहिर आएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा उनी छाउगोठ (महिनावारी भएका बेला बनाएको बस्ने ठाउँ)मा बलात्कृत भएकी हुन् ।

२०६३ सालयता १४ जना महिला तथा किशोरीको छाउगोठमा मृत्यु

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया ती किशोरी छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । घटना’bout जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख अम्बिका चलाउनेलगायतले पीडित किशोरीलाई उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएका थिए ।

अनुसन्धानक्रममा र किशोरीलाई सोधपुछका क्रममा उनले आफूसँगै पढ्ने मामा नाता पर्नेबाट बलात्कृत भएको बताएको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । पाठकका अनुसार आरोपित १७ वर्षका किशोरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।

जिल्ला अस्पताल अछाममा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा काउन्सिलिङका क्रममा किशोरीले घटना’bout सबै बताएकी थिइन् । उनले आँखा, घाँटी, हातमा कपडाले बाँधेर बलात्कार गरेको बताएकी थिइन् । सो घटनामा अन्यको पनि संलग्नता रहेको आशंका गरिएको छ । सोमबार साँझ छिमेकीको घरमा जन्मदिनको नाचगान चलिरहेका बेला घटना घटेको बताइएको छ ।

किशोरीको उद्धारपछि छाउगोठ भत्काइएको पञ्चदेवल नगरप्रमुख चलाउनेले बताइन् । घटना’bout फोनमार्फत जानकारी पाएपछि प्रहरी, जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा किशोरी अचेत अवस्थामा रहेकी र घटना’bout कसैले पनि जानकारी दिन नमानेको नगरप्रमुख चलाउनेले बताइन् ।

अछाममा पुनः धमाधम छाउगोठ निर्माण हुन थालेका छन् । घरै बस्न थालेका किशोरी तथा महिलाहरू फेरि छाउगोठमै फर्कन थालेका छन् । हालसम्म अछाममा छाउगोठमा कति महिला तथा किशोरीको ज्यान गयो र कति यौनजन्य हिंसाका सिकार भए भन्ने तथ्यांक छैन । तर, २०६३ सालयता भने अछाममा १४ जना महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाएको तथ्यांक छ ।

१६ मंसिर २०७६ मा जिल्लाको साँफेबगर नगरपालिका ३ की २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसास्सिएर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको थियो । सोहीक्रममा जनप्रतिनिधि, प्रहरी, महिला अधिकारकर्मीलगायतले जिल्लाका १० हजारभन्दा बढी छाउगोठ भत्काएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत