अनिलले रुमानी रंग छाडे, साम्राज्ञी र धिरज अन्यौलमा

काठमाडौं । असारबाट छायाँकन सुरु हुने भनिएको चलचित्र ‘रुमानी रँग’को निर्माण अनिश्चित भएको छ । यो चलचित्रको तोकिएको समयमा छायाँकन सुरु नभएको भन्दै निर्देशक अनिल योञ्जनले चलचित्रको निर्देशन कार्यबाट हात झिकेको बताएका छन् ।

यो चलिचत्रको केही महिना अघि नै काठमाडौंमा शुभ मुहुर्त समेत गरिएको थियो । यो चलचित्रको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धीरज मगर थिए । यही चलिचत्रको छायाँकनको लागि साम्राज्ञी र धिरज पछिल्लो समय अन्य चलचित्रमा अनुबन्धित भएका छैनन् । यो चलचित्रबाट निर्देशकले हात लिएपछि अब के गर्ने भन्ने’bout यतिबेला साम्राज्ञी र धिरज अन्यौलमा परेका छन् ।

यो चलचित्रको छायाँकनको लागि उनी बिगत ६ महिनादेखि जुटिरहेका थिए । तर तोकिएको समयमा चलचित्रको छायाँकन गर्न निर्माताहरुले चासो नदेखाएपछि उनले बुधबार एक स्टाटस लेख्दै आफुले चलचित्र रुमानी रँगबाट हात झिकेको बताएका छन् । उनले लेखेका छन्,‘ धेरै बिचारपछि मैले रुमानी रँगबाट निर्देशकको रुपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेँ ।’ उनले लेखेका छन्,‘विभिन्न समस्याले ढिलाइ निम्त्याएको थियो र फिल्मको गुणस्तर र सम्भावित सफलतामा असर पर्ने देखेपछि राजीनामा दिएको हो,’

चलचित्र डायरीबाट निर्देशनमा लागेको अनिलले अब भने अर्को नयाँ चलचित्र गर्ने भएका छन् । चलचित्रको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाले केही दिनमै चलचित्र विकाश बोर्डमा नाम दर्जा गराएर भदौबाट छायाँकनमा जाने पनि अनिलले बताएका छन् ।

बन्न लागेको फिल्म ‘रुमानी रङ्ग’को निर्माण अन्योल देखिएको छ । छायांकन सुरु नहुँदै टिमभित्र ठूलो उथलपुथल आएको छ । निर्मातासँग मतभेदपछि निर्देशक अनिल योञ्जन फिल्मबाट अलग भएका छन् । उनले मंगलबार फेसबुक स्टाटसमार्फत फिल्मको गुणस्तरमा असर पर्ने देखेपछि आफू बाहिरिएको जनाएका छन् ।

यो चलचित्रबाट अनिल बाहिरिएपछि निर्माताले नयाँ निर्देशक खोजिरहेको बताईएको छ । यो चलिचत्रको छायाँकन ९० प्रतिशत अस्ट्रेलियामा र १० प्रतिशत नेपालमा गर्ने बताईएको थियो । चलचित्रको प्रस्तुतकर्ता जिएम ठकुरी तथा निर्माता हरि मल्ल ठकुरी हुन् । सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी भने सह–निर्मातामा छन् । निर्माण पक्षले अनिल किन बाहिरिउको भन्ने’bout कुनै प्रतिक्रिया दिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको चुमनुब्री : डाेकाेमा बाेकेर दुई दिनपछि मतपेटिका आइपुग्याे तर, सुरु भएन मतगणना