सोनाक्षीको विवाहप्रति शत्रुघ्नको सहमति

मुम्बई । अन्नत अभिनेत्री सोनाक्षी सिन्हा आईतबार कानूनी र पारम्पारिक दुबै रुपमा वैवाहिक सम्बन्धमा बाँधिन लागेकी छिन् । उनी अभिनेता जहीर इकबालसँग बैवाहिक सम्बन्धमा बाँधिन लागेकी हुन् । ३५ वर्षीय जहीर व्यवसायी तथा अभिनेता हुन् । उनले चलचित्र नोटबुकबाट अभिनय सुरु गरेका थिए । सलमान खानको फिल्म जय होमा पनि जहीर शिर्ष भूमिकामा थिए ।

३७ वर्ष पुगेकी सोनाक्षीको यो विवाहलाई परिवारले अझै पनि राम्ररी स्विकारेका थिएनन् । उनका बुबा एवम् भाजपाका साँसद अभिनेता शत्रुघ्न सिन्हाले आफु छोरीको विवाहमा सहभागी हुने बताएका छन् । यस अघि कानूनी विवाह मात्र गर्ने तयारीमा रहेकी अभिनेत्री सोनाक्षीले परिवारको साथ पाएपछि अब पारम्पारिक विवाहसमेत गर्ने बताएकी छिन् ।

यो विवाहको लागि शत्रुघ्नलाई मनाउने काम उनको भाई एवम् बलिउड सिनेकर्मी पहलाज निहलानीले गरेको बताईएको छ । शत्रुघ्नले पनि आफ्नो छोरीको विवाहकै लागि आफु मुम्बई बसेको बताएका छन् । छोरीको खुसी नै आफ्नो खुसी भएकाले उनको विवाहलाई सफल पार्न आफ्नो कोशिस रहने उनको कथन छ । उनले आफ्नो पारिवारिक कुरालाई अनाबस्यक रुपमा बाहिर नल्याईदिन पनि मिडियालाई अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
८१ वर्षीय रसिंह व्यञ्जनकारले वडा अध्यक्षमा दिए उम्मेदवारी