प्रमोद खरेलको घर न घाटको रिलिज

काठमाडौं । गायक प्रमोद खरेलले यतिबेला आफ्नो स्वरमा नयाँ वियोगभावको गीत घर न घाटको…को भिडियो सार्वजनिक गरेका छन् । यो भिडियोलाई सुजन कोईराला अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । वियोग गीतमा दर्शकबाट बढी रुचाईएका प्रमोदले यसपटक पनि वियोग भावकै गीत ल्याएका छन् ।

यो गीतलाई सुजन कोईरालाले नै रचना गरेका हुन् । गीतमा संगीत सुवास कार्कीको रहेको छ । यसलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । जसमा मास्टरिङ कुमार रानाको रहेको छ ।

यो गीतको भिडियोलाई वविता श्रेष्ठ मलेकुले निर्देशन गरेकी हुन् । उनले भिडियोमा गीतको भाव र शब्दलाई न्याय गरेकी छिन् । गीत अनुसार नै भिडियो पनि त्रिकोणात्मक कथामा निर्माण गरिएको छ ।

यो गीतको भिडियोमा उत्तम हुमागाईंको छायाँकन, कल्पेश विश्वकर्माको सम्पादन तथा रँग सँयोजन रहेको छ । भिडियोमा दीपेन्द्रराज गिरी,जेनेलिया श्रेष्ठ र राज पौडेलको अभिनय रहेको छ । अतिथि कलाकारको रुपमा एलिशा वासकोटा छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन महानगरमा कांग्रेस उम्मेदवार