अख्तियारमा उजुरीको चाङ, मकवानपुरको १० पालिकामध्ये हेटौंडाको बढी

मकवानपुर । सेवा प्रवाह र कार्य प्रणालीमा पारदर्शिता नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा उजुरीको चाङ बढ्दो छ । कार्यालयमा दैनिक औषत २०० वटासम्म उजुरी पर्ने गरेका छन् ।

मकवानपुरको १० वटै पालिका मध्ये सबै भन्दा बढी उजुरी हेटौडा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म हेटौडा उपमहानगरपालिकाको उजुरी १८५ वटा परेको हो ।

अख्तियार हेटौडा कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सिडिइ सुरेन्द्र घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षको दायित्व सारिएको ११३ समेत हेटौंडा उपमहानगरपालिकाको उजुरी संख्या २५८ पुगेको हो ।

हेटौडा उपमहानगरपालिकापछि सोही अवधीमा मकवानपुरगढी गाउँपालिकाको ३४ उजुरी परेकोमा अघिल्लो आवको समेत १९ गरी ५५ वटा उजुरी रहेको घिमिरेले बताए । यसैगरी चालु आवको जेठ मसान्तसम्म मकवानपुरको इन्द्रसरोवर र कैलाश गाउँपालिकाको ४–४ वटा उजुरी परेको छ भने कैलाशको अघिल्लो आवको ५ दायित्व सारिएपछि ९ उजुरी रहेको छ । तर इन्द्रसरोवरको अघिल्लो आवको दायित्व सरेर चालु आवमा एउटा पनि उजुरी आएको छैन ।

यस्तै मनहरी गाउँपालिकाको २७, बकैया गाउँपालिका र थाहा नगरपालिकाको १४–१४, राक्सिराङ्ग गाउँपालिकाको ११ भीमफेदी गाउँपालिकाको १० र बागमती गाउँपालिकाको ८ वटा उजुरी रहेका छन् । उनको अनुसार ती पालिकाहरुमा अघिल्लो आवबाट क्रमशः १०, १२, ५, ११, ५ र ३ उजुरी दायित्व सरेर आएको छ ।

यस्तै हेटौडाको फर्छ्यौट उजुरी १७९ वटा बाँकी ११९ वटा उजुरी रहेका छन् भने मकवानपुरगढीको ३९ वटा फर्छ्याौट हुँदा १४ वटा बाँकी रहेको छ । थाहानगरको १६ वटा उजुरी फर्छ्यौट भएकोमा ३ वटा बाँकी, राक्सिराड्डको ११ वटा फर्छ्यौट हुँदा ११ वटै वटा उजुरी फर्छ्यौट बाँकी रहेको छ । भीमफेदीको ६ वटा फर्छ्यौट हुँदा ९ वटा फर्छ्यौट बाँकी रहेको छ ।

बागमतीको ५ वटा फर्छ्यौट भएकोमा ६ वटा फर्छ्यौट हुन बाँकी रहेको छ ।कैलाशको ६ वटा उजुरी फर्छ्यौट भएकोमा ३ वटा फर्छ्यौट हुन बाँकी रहेको देखिन्छ । इन्द्रसरोवरको ३ वटा उजुरी फर्छ्यौट भएकोमा १ वटा फर्छ्यौट हुन बाँकी रहेको छ ।

यसैगरी अख्तियारको हेटौडा कार्यालयमा सबै भन्दा बढी बारा जिल्लाको उजुरी दर्ता भएको छ । बारा जिल्लाको चालु आवको जेठ मसान्तसम्म ५८७ वटा उजुरी दर्ता भएका छन् । यसैगरी अघिल्लो आवको दायित्व सरेर २०१ आएको गरी ७८८ उजुरी बारा जिल्लाको देखिन्छ । यस्तै रौतहट उजुरी पर्ने गरेको आधारमा दोस्रो जिल्ला रहेको छ । रौतहटमा जेठ मसान्तसम्म ४८४ उजुरी दर्ता भएको छ । अघिल्लो आवबाट सरेर आएका १९९ वटा उजुरी समेत गरी रौतहटको उजुरी संख्या ६८३ रहेको छ ।

यस्तै अख्तियारमा पर्सा जिल्लाको ४३४ उजुरी जेठ मसान्तसम्म दर्ता भएका छन् । गत आवको दायित्व सरेर आएका १७३ समेत गरी पर्सामा ६०७ उजुरी दर्ता भएका हुन् । मकवानपुर जिल्लाको जेठ मसान्तसम्म ३११ उजुरी परेको छ ।

गत आवबाट १८३ उजुरी दायित्व सरेर आएको समेत गरी यो संख्या ४९४ रहेको छ । चितवनको जेठ मसान्तसम्म १८१ उजुरी दर्ता भएकोमा गत आवबाट १८१ दायित्व सरेर आएको छ । यस्तै दोलखाको ४० धादिङको २३ काभ्रेपलाञ्चोकको २२ नुवाकोटको १७ रसुवाको ८ सिन्धुपाल्चोकको ५ रामेछापको ४ वटा उजुरी अख्तियारको हेटौडामा दर्ता भएको छ ।

बारा जिल्लाको गत आवको समेत गत जेठ मसान्तसम्म ४३६ उजुरी फर्छ्योट भएकोमा ३५२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ । रौतहटको ३८१ उजुरीको फर्छ्यौट हुँदा ३०२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ । पर्साको ३८२ वटा फर्छ्यौट हुँदा २२५ वटा उजुरी बाँकी रहेको तथ्याङले देखाउँछ । जेठ मसान्तसम्म मकवानपुरको ३०५ उजुरी फर्छ्यौट हुँदा १८९ उजुरी बाँकी रहेको छ ।

यस्तै चितवनको १४७ फर्छ्यौट १२१ उजुरी बाँकी, दोलखा २८ फर्छ्यौट १२ उजुरी बाँकी, धादिङको १० फर्छ्यौट १३ उजुरी बाँकी, काभ्रेको १८ फर्छ्यौट ४ उजुरी बाँकी, नुवाकोटको १६ फर्छ्यौट १ उजुरी बाँकी, रसुवाको ७ फर्छ्यौट १ उजुरी बाँकी, सिन्धुपाल्चोकको ४ फर्छ्यौट १ उजुरी बाँकी र रामेछापको १ फर्छ्यौट ३ उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियार हेटौडाले प्रस्तुत गरेको तथ्याङमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै