२ करोड ७१ लाख मूल्य बराबरको भेपसहित ५ जना नियन्त्रण

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ करोड ७१ लाख मुल्य बराबरको भेप र भेपको फ्लेवरहरू सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रयासमा ५ जना सहित भेप नियन्त्रणमा लिएको मकवानपुर प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ११ थानाभ¥याङ स्थित सडक खण्डमा काठमाडौबाट हेटौडा हुँदै भारतको दिल्ली तर्फ जाँदै गरेको ना ६ ख ७१६३ नं.को यात्रु बाहक बसबाट भेप र मानिसहरु नियान्त्रणमा लिएको हो ।

बसको पेसेन्जर बस्ने सिट माथी सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको अन्दाजी मुल्य २ करोड ७१ लाख २१ हजार, ७८० रुपैया मुल्य बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको हो ।

सामान ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं.२ बस्ने बर्ष ३७ को सलाम मोक्तान, सह चालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ११ बस्ने बर्ष २७ को प्रबिन्द्र राना, नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३९ को ईन्द्रबहादुर दर्जी, दुप्चेश्वर ७ कै बर्ष ३० को सन्तोष भुसाल र धनकुटा जिल्ला बेलारा नगरपालिका वडा नं. १६ बस्ने बर्ष २९ को राज कुमार हिमाङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट केही तथ्यहरु खुलेको समेत दाबी गरेको छ । उल्लेखित समानहरु काठमाण्डौको बालाजु बसपार्क भन्दा माथि भत्केको पुलको एरियाको रमाईलो डांडाबाट लोड गरेको, बसमा फल्स सिलिङ पहिले देखि नै रहेको, बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको, बस केहि व्यक्तीहरुले भाडामा लिई एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपाल स्थित भारतीय एम्बेसीबाट मिति ५ असार २०८१ मा रोड पर्मिट लिईएको पाइएको प्रहरी उपरीक्षक रिजालले बताए । यसैगरी उक्त बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुहरुलाई विभिन्न मान्छेहरु मार्फत सम्पर्क गरी ल्याईएको, बसमा सवार भई आएका यात्रुहरुलाई बिश्वास दिलाउन नेपाल–भारतको दिल्ली चल्ने बस हो भनि भिजिटिङ कार्ड समेत दिईएको, बसको डिक्की नखोल्ने गरेको, पक्राउ परेका व्यक्तीहरु मध्ये केहि व्यक्तीले पहिले पनि पटक पटक यस्ता किसिमको भन्सार छलिका अबैध समानहरु ल्याउँने लैजाने गरेको समेत खुल्न आएको रिजालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ