सहकारीको लघुवित्त समूहलाई पोषण अभिमुखीकरण

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजनामा पोषण सम्बन्धि अभिमुखिकरण भएको छ ।

संस्थाको लघुवित्त तथा बचत समूहका सदस्यहरुलाई तालिम दिंदै डा. अरुणा उप्रेतीले जेष्ठ नागरिकमा मात्र देखिने रोगहरु हाल पत्रु खानपिनका कारण युवाहरुमा पनि देखिनाले चिन्ता व्यक्त गर्दै पत्रु खानाको सेवनले गर्दा अन्य रोगहरु मात्र नभई मष्तिस्कमा समेत असर परि शरिरको अगंहरुको विकासमा पनि प्रतिकूल असर गर्ने स्पष्ट पारे ।

खाना तयार गर्दा एउटै तेल बारम्बार प्रयोग गर्दा मुटु, फोक्सो तथा हड्डीमा असर हुनुका साथै क्यान्सरको पनि कारण बन्न सक्ने जानकारी दिँदै प्रशोधित खानामा पनि एउटै तेल निरन्तर प्रयोग हुने हुँदा ती खानाहरु स्वास्थको लागि हानिकारक हुने जानकारी दिए । उनले स्वास्थमा समस्या आउनुको मुख्य कारण मोटापन पनि रहेको बताउँदै चिल्लो, धेरै गुलियो तथा चतपटे खानेकुरा संग टाढा रहन सल्लाह दिए ।

नेवार समुदायमा विभिन्न चाडपर्वमा समयानुकुल खानपिन गर्ने परमपरा चल्दै आएको हुनाले नेवार समुदायका हरेक आमाहरु पोषणविद् भएको तर्क उनको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले हाल गलत खानपिनका कारणले गर्दा सदस्य लगायत सदस्यहरु परिवारहरुमा विभिन्न स्वास्थ्य समस्या देखा परिरहेको हुनाले यस किसिमका स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरुको आवश्यकता रहेको बताए ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रत्नश्वरी चवालले आप्mनो शरिरको ख्याल आफैले गर्नुपर्ने बताउँदै प्रशोधित खाना भन्दा घरमै बनेका खाना खान आग्रह गरे । चवालले एक व्यक्ति बिरामी भएमा उसको पुरै परिवार लगायत साथी, आफन्तहरुकै आर्थिक तथा मानसिक तनाव हुने भएकोले स्वस्थ रही खुशी जीवनयापन गर्न खानपिन र व्यायामलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा एमालेबाट पाँच जना सिफारिस