कांग्रेसको फेरिएको आदर्श !

हिजो शुक्रबार बिहान अनायासै पुराना राजनीतिज्ञ वीरेन्द्रभक्त श्रेष्ठको निधनको खबर सुनियो । एकदमै ननिको लाग्यो । ऊर्जावान् वीरेन्द्रभक्तको सक्रियताका दिनहरू सम्झें । वीरेन्द्रभक्त श्रेष्ठ लोकतान्त्रिक आन्दोलनले कदापि भुल्न नमिल्ने नाम हो भन्ने विचार उत्पन्न भयो ।

नेपाल विद्यार्थी संघको स्थापनादेखि स्वर्गीय सूर्यप्रसाद उपाध्यायको बैठकमा र पञ्चायतको कालरात्रिका दिनमा कुखुराको भालेको गर्जनजस्ता वीरेन्द्र दाइको सक्रियताका कथाहरू जीवन्त साक्षीहरूबाट सुनेको हुँ र सानोतिनो एक–दुई घटनाको त आफैं पनि साक्षी नै हुँ । वीरेन्द्र दाइलाई अन्तिम बिदाइ दिन एकदमै मनलाग्यो । तर, आफू अलि टाढा भएकाले सम्भव भएन । फेसबुकमा एउटा स्टाटस लेखेर चित्त बुझाएँ ।

हिजै उहाँको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि पनि भएछ । अन्त्येष्टिमा सामेल एक जना मित्रसँग दिउँसो भेट भयो । मेरो जिज्ञासाको उत्तरमा ती मित्रले बताएनुसार वीरेन्द्रभक्त श्रेष्ठको परिवार, नातागोता र छरछिमेक गरेर सय, डेढ सय मानिस थिए रे । नेपाल सरकारको उपस्थिति थिएन ।

हुन पनि वीरेन्द्रभक्त कुनै पूर्वपदधारीसम्म पनि थिएनन् । कुनै पद नभए पनि एक प्रजातान्त्रिक योद्धाको शवलाई सम्मान गर्न छेक्ने कुरो त थिएन । तर, उनी प्रधानमन्त्रीकी अर्धांगिनी वा नातेदार पनि त थिएनन् ! खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ त्यहाँ उपस्थित थिए । तर, मन्त्रीका हैसियतले होइनन्, वीरेन्द्रभक्तका भतिजका नाताले त्यहाँ थिए ।

कांग्रेसीहरूमा उल्लेख्य नाम एक जना अर्जुननरसिंह केसी आफ्ना भाइ डा. केदारका साथ उपस्थित हुनुभएछ । केसीको त्यो उपस्थिति फगत व्यक्तिगत सम्बन्धका कारण थियो भनेर म ठोकेर भन्न सक्छु । कांग्रेसीले थाहै पाएनन् भनिएला ! अर्जुननरसिंहले पाउने सूचना अरूले नपाउने भन्ने कुरोचाहिँ अलि पाच्य हुँदैन । भोलिसम्म कुनै पौडेलको दस्तखत भएको एउटा शोक वक्तव्य आउला कि ! कांग्रेसको केन्द्रलाई मतलव नभए पनि काठमाडौं कांग्रेस वा नेविसंघसम्मलाई केही होश फिर्ला कि !

दुई–चार दिनअघि मित्र तेजप्रकाश पण्डितले सामाजिक सञ्जालमा ‘मित्र नगेन्द्र ढुंगेलसंग’ भन्दै एउटा फोटो राखे । फोटो देख्ने बित्तिकै झल्याँस्स भएँ । के यी तिनै नगेन्द्र ढुंगेल होइनन् त ? २८ जेठ २०३० का दिन तत्कालीन शाही नेपाल वायुसेवा निगमको विराटनगरबाट काठमाडौंतर्फ उडेको एउटा ट्वीनअटर जहाज अपहरण भयो ।

तत्कालीन विद्रोही नेपाली कांग्रेसले हवाईजहाज अपहरण गरेको थियो । सो अपहरणका ग्राउन्ड इन्चार्ज वा योजनाकार गिरिजाप्रसाद कोइराला थिए । तर, अपहरणलाई मूर्तरूप दिनेचाहिँ तीन जना जोशिला क्रान्तिकारी युवाहरू थिए । बिनाकुनै पुख्ता योजना फगत जोशका भरमा विमान अपहरण भएको थियो । यहाँसम्म कि अपहरण गर्ने व्यक्तिहरूसँग ढंगको रुट नक्सासम्म थिएन ! उडिरहेको जहाजबाट तलको बाटो र दृश्य हेर्दै गन्तव्यतर्फ लगिएको थियो ! विराटनगरबाट ३० किलोमिटर दक्षिणतर्फ भारत बिहारको फार्बिसगन्जको एक घाँसे मैदानमा उतारेर जहाजबाट काठमाडौं ल्याइन लागेको राष्ट्र बैंकको भारू ३० लाख कब्जा गरियो र जहाजलाई फर्काइयो । त्यस अपहरणको गाथा सुन्दा अचम्म लाग्छ र भन्नैपर्ने हुन्छ– त्यो भयानक केटाकेटी पाराको दुस्साहस नै थियो । म आज त्यो अपहरण गाथा सुनाउन गइरहेको छैन । धेरैले लेखिसकेका छन् ।

यस आलेखको सुरुवात वीरेन्द्रभक्त श्रेष्ठको निधनको खबरबाट गरिएको थियो । वीरेन्द्रभक्तभन्दा अझै केही पाका कमल चित्रकार हामीबीच हुनुहुन्छ । चित्रकार कुनैबेला काठमाडौं कांग्रेसको नाकजस्ता थिए

जहाज अपहरणमा संलग्न तीनमध्येका प्रमुख पात्र दुर्गा सुवेदीले पुस्तक नै निकाल्नुभएको छ । दुर्गा सुवेदीबाहेक वसन्त भट्टराई र माथि उल्लेख भएका नगेन्द्र ढुंगेल ती तीन पात्र थिए, जसले पेस्तोल र ग्रेनेड बोकेर उडिरहेको जहाजलाई अन्दाजका भरमा फार्बिसगन्ज पु¥याएका थिए । आफ्नो उद्देश्यमा अनौठोसँग सफल भएको त्यस अपहरणले नेपाली कांग्रेसलाई आर्थिक र मनोबल दुवै हिसाबले सशक्तता हासिल भएको थियो ।

त्यस कामका महानायकहरू कहाँ छन् । दुर्गा सुवेदी थोरै चिनिनुहुन्छ । तर, उहाँको त्यो परिचय पनि क्रान्तिकारिता र जुझारूपनका कारणभन्दा सुशीला कार्कीका श्रीमान्का रूपमा बढी मुखरित छ । कांग्रेससँग त साइनो सम्बन्ध नै तोडिएको अवस्था हो । वसन्त भट्टराईले थोरै पाउनुभयो । एकपटक सांसदको टिकट त पाउनुभयो नि ! नगेन्द्र ढुंगेलले के पाउनुभयो ? आज उहाँको अवस्था के छ ? यी प्रश्नको जवाफ स्वयं ढुंगेलले मात्र दिन सक्नुहुन्छ होला ।

यस आलेखको सुरुवात वीरेन्द्रभक्त श्रेष्ठको निधनको खबरबाट गरिएको थियो । वीरेन्द्रभक्तभन्दा अझै केही पाका कमल चित्रकार हामीबीच हुनुहुन्छ । चित्रकार कुनैबेला काठमाडांै कांग्रेसको नाकजस्ता थिए । विभिन्न प्रपञ्च र जालझेलको सिकार भएका कमल चित्रकारको सोधखोज गर्ने सायदै कोही छन् ।

काठमाडौंकै कुरा गर्दा वीरनाथ कर्माचार्य र सुन्दरराज चालिसेलाई कति जनाले याद गर्छन् होला ? शैलजा अचार्यलाई २०१७ सालको राजा महेन्द्रको कदमलाई विरोध गरेको भनी धेरैले सम्झिन्छन् । तर, स्वयं शैलजाले पनि कांग्रेसबाट यथोचित सम्मान पाउनुभएको हो र ? खास १ पुस २०१७ कै दिन राजाको कदमका विरुद्ध जिपबाट माइकिङ गर्दै हिँडेबापत पक्राउ परेर पछि मारिएका भक्तपुरका नवयुवक भरतगोपाल झालाई कसैले चिन्छन र ? भक्तपुर जिल्ला कांग्रेसको कार्यालयमा सायद उनको एउटा तस्बिर टांगिएको छ ! गिरफ्तारीपछि मन्द विषको प्रयोगबाट उनको हत्या गरिएको थियो ।

यहाँ म आफूलाई तत्काल सम्झना हुन पुगेका केही नाम मात्र उल्लेख गर्दै छु । अहिले विस्मृतिमा हराएका र म स्वयंलाई थाहा नभएका सयौं नाम छन् भन्ने मलाई हेक्का छ । योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज कोइराला र रामनारायण मिश्रजस्ता स्थापित प्रखर योद्धाहरू त इतिहासको पानामा सीमित हुन पुगिसके ! हदै गरे उहाँहरूको तस्बिरमा कुनै दिन एउटा माला चढाउनेसम्म काम कर्मकाण्डी रूपमा हुन्छ । शेरचन र मिश्रको तहको बौद्धिकता अहिले चलनचल्तीमा रहेका कांग्रेसी कोहीसँग छ होला र ? स्वयं गणेशमान सिंहले एकपटक मलाई नै भन्नुभएको थियो– सुन्दरीजल कारावासमा योगेन्द्रमानजी र रामनारायण मिश्रबीच घण्टौं अध्यात्म र भौतिकवादका विषयमा बहस हुन्थ्यो र बीपी कोइरालाको सुप्रसिद्ध उपन्यास ‘सुम्निमा’ वास्तवमा ती दुई विद्वान्को बहसको सार हो ! अनि दिवानसिंह राईको निष्ठा र सरोज कोइरालाको ऊर्जा एवं गतिशीलताको कसैसँग तुलना हुन सक्ला ? चार तारामध्येका एक भनेर चिनिएका सूर्यप्रसाद उपाध्याय अझै कांग्रेस कार्यालयको भित्तामा सम्म अट्नुभएको छैन । कांग्रेस केन्द्रीय समितिले निर्णय गरेर पनि अझै उहाँको फोटो एउटा टाँग्न केले विलम्ब भएको हो बुझिनसक्नु छ । यस्तो अवस्थामा सूर्यप्रसादका कनिष्ठ अनुयायी वीरेन्द्रभक्तलाई सम्झन त गाह्रै होला नि ! यत्रा स्थापित नामहरू त हराए भने वीरगन्जका दुखा सहनीलाई कसले याद गर्ला र ?

नेपाल वायुसेवा निगमको विराटनगरबाट काठमाडौंतर्फ उडेको एउटा ट्वीनअटर जहाज अपहरण भयो । तत्कालीन विद्रोही नेपाली कांग्रेसले हवाईजहाज अपहरण गरेको थियो । सो अपहरणका ग्राउन्ड इन्चार्ज वा योजनाकार गिरिजाप्रसाद कोइराला थिए । तर, अपहरणलाई मूर्तरूप दिनेचाहिँ तीन जना जोशिला क्रान्तिकारी युवा थिए । बिनाकुनै पुख्ता योजना फगत जोशका भरमा विमान अपहरण भएको थियो

यहाँ मैले धेरै दिवंगत र थोरै अझ जीवित व्यक्तिहरूको उल्लेख गरें । अझै दोह¥याउँदै छु, धेरै नाम छुटेका छन् । म यो पनि भन्दै छु कि यी सबै व्यक्तित्व महामानव होइनन् । व्यक्तिगत रूपमा म कोही पनि महामानव हुँदैनन् भनेरै विश्वास गर्छु । यी व्यक्तिहरू पनि मानवीय कमजोरी भएका मानवै हुन् । तर, यी सबैसँग आआफ्नैखाले विशिष्ट गुणहरू थिए, त्यसैकारण यी सबैप्रति अनुग्रहित हुँदै सम्झना गरौं भन्दै छु । यी व्यक्तिहरूका विशिष्ट गुणहरूको अनुसरण गर्ने प्रेरणाले नै भविष्यका पाइला कोरिने हुन् र नेतृत्व पैदा हुने हो ।

तर, अब सायद कांग्रेसलाई ती सद्गुणबाट प्रेरणा लिने आवश्यकता नै छैन । राजतन्त्र फ्याँकियो, श्री ३ जुद्धका छोरा हरिशमशेर, हरिशमशेरकी छोरी इन्द्रराज्यलक्ष्मी र इन्द्रराज्यका छोरा ज्ञानेन्द्र शाह ! श्री ३ जुद्धका पनाती ज्ञानेद्र शाह । श्री ३ जुद्धका छोरा अग्निशमशेर, अग्नि शमशेरका छोरा केन्द्रशमशेर र केन्द्रशमशेरकी छोरी कोमल शाह ! श्री ३ जुद्धकी पनातिनी कोमल शाह । राजतन्त्र फ्याँलेर हामीले श्री ३ जुद्धका पनाति र पनातिनीको हुकुमीतन्त्र फ्याँक्यौं । अब कांग्रेसजनको आदर्श एक पुस्ता माथि सरेको छ । श्री ३ जुद्धका कान्छा छोराकी छोरी अर्थात् नातिनी– भाउज्यू महारानीलाई देवी मान्ने भइसकेपछि यस आलेखमा उल्लिखित कुनै पनि नायक नायिकाको प्रेरणाको आवश्यकता पर्ने नै भएन !

कतै कृतघ्नता कांग्रेसको रगतमै मिश्रण भइसकेको पो हो कि ! शास्त्रोक्त भनाइ छ– मातृहत्या, पितृहत्या, बन्धुहत्या र गोत्रहत्याजस्ता सबैखाले जघन्य अपराधको प्रायश्चित हुन सक्छ । शास्त्रोक्त विधि पालना गरेर यी अपराधबाट मुक्ति सम्भव छ । तर, कृतघ्नता भन्ने अपराधको कुनै विधिबाट पनि प्रायश्चित सम्भव छैन ! कांग्रेसमा यो अपराधको परत बाक्लिँदै गएको हो कि !!

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेनु दाहाललाई ११ हजार बढीको अग्रता