देउमाईको ७५, चुलाचुलीको ४३ करोड बजेट

इलाम । इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ७५ करोड ६२ लाख ८० हजार बजेट पारित गरेको छ । नगरकोनवौं नगरसभाबाट उक्त बजेट पारित गरेको हो । सभामा प्रस्तुत भएकोे निति कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित गरेको हो ।

विनियोजित बजेटमध्ये पूर्वाधार विकासमा रु १७ करोड छ लाख ५७ हजार, सामाजिक विकासमा रु ३८ करोड ६४ लाख ७७ हजार, आर्थिक विकासमा चार करोड ४४ लाख ८२ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा रु दुई करोड ८९ लाख ४५ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्चमा रु १२ करोड ५७ लाख १९ हजार विनियोजन गरेको छ ।

चालु आव २०८०।०८१ मा रु १२ करोड ५० लाख ५९ हजार अनुमान गरिएकोमा अनुमानित राजश्व सङ्कलन नभएपछि १० करोड ७४ लाख ७६ हजार नौ सय मात्र कायम हुने बजेट बक्तव्यमा जनाइएको छ । चालु आवको प्रगतिमा ७४ प्रतिशत मात्र प्रगति भएको उल्लेख गरिएको ।

आनुमानित आयतर्फ आन्तरिक राजश्वबाट रु छ करोड ९३ लाख ७४ हजार, संघीय सरकार तथा कोशी प्रदेशबाट प्राप्त हुने शशर्त अनुदान रु ३० करोड ९२ लाख २१ हजार, वित्तिय समानीकरण अनुदान रु १२ करोड ४१ लाख १४ हजार, राजश्व बाँडफाँड वापद प्राप्त हुने राजश्व रु १२ करोड १४ लाख ४४ हजार, समपुरक अनुदान रु एक करोड ३० लाख र विशेष अनुदान रु ५० लाख र संचित कोषमा मौज्दात हुने अनुमानित रु ११ करोड ४१ लाख २७ हजार उल्लेख छ ।

त्यस्तै इलामको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ४३ करोड १२ लाख ६३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको १४ औं अधिवेशनले सो बजेट सर्वसम्मत पारित गरेको हो ।

सभामले प्रस्तुत नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक संसोधनसहित सर्वसम्मतले पारित गरेको हो । चालु आव २०८०।०८१ मा एक करोड ३५ लाख १९ हजार तीन सय २३ रुपैयाँ अनुमान गरिएकोमा अनुमानित राजश्व सङ्कलन नभएपछि एक करोड आठ लाख १९ हजार कायम हुने बजेट बक्तव्यमा जनाइएको छ ।

चालु आवको प्रगतिमा ६३ दशमलव ७३ प्रतिशत मात्र प्रगति भएको उल्लेख छ । कार्यक्रमको अवसरमा चुलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाललाई उत्कृष्ठ कर्मचारी र पत्रकार देवेन्द्र पौडेललाई उत्कृष्ठ पत्रकारिता पुरस्कार समेत वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कसम खाएर उम्मेदवारी घोषणा