भाईरल कलाकारको पछि नलाग्न नायिका गायिकाहरुको आग्रह

काठमाडौं । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबल २०२४ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । यो महोत्सब आज आइतबार साँझसम्म चल्ने छ ।

महोत्सब काठमाडौंका सुन्धारा स्थित सिडिसी सिनेमा, सिटिसी मलमा जारी छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ ।

यो महोत्सबको दोश्रो दिन शनिबार मुख्य हलमा चलचित्र प्रदर्शन जारी रहेको थियो । यस्तै हलको अन्तरक्रिया स्थलमा भने विशेष बहस कार्यक्रम आयोजना गरियो ।

शनिबारको बहस कार्यक्रममा मिडियामा महिला कलाकारको स्थान बिषयमा छलफल गरियो । बहसमा अभिनेत्री गौरी मल्ल, अभिनेत्री सरिता लामिछाने, गायिका निशा देसार, संचारकर्मी तथा चलचित्र निर्देशक संगीता श्रेष्ठले नेपाली मिडियाले महिला कलाकारलाई दिएको स्थान’bout आफ्ना अनुभव सुनाए ।

चलचित्र पत्रकार संघ नेपालका महासचीव रघुनाथ सापकोटाले सो छलफल कार्यक्रमको सहजीकरण गरेका थिए । बहसमा महिला कलाकारहरुले मिडिया पाउने स्थान र मिडियाले बनाउने गसिपहरुको ’boutमा सम्बन्धित कलाकारहरुको चर्चा गरे ।

अभिनेत्री गौरी मल्लले कार्यक्रममा बाल्दै पहिलोको भन्दा अहिले धेरै मिडियाहरु भएको तर प्रभाव कमजोर हुँदै गएको अनुभव सुनाईन् । आफुले सुरु सुरुमा काम गर्दा पत्रपत्रिकामा आएका समाचारले छुट्टै प्रभाव पर्ने गरेको स्मरण सुनाईन् । कार्यक्रममा उनले भनिन,‘पहिलेको मिडिया र अहिले डिजिटलमा प्रबेश गरे पछि धेरै फरक भएको छ । यसको फाईदासँगै बेफाईदा पनि छन् ।’

कलाकारको नीति जीवनलाई मिडियोमा एकतर्फ रुपमा नल्याउन पनि उनले आग्रह गरिन । कलाकारको पारिश्रमिको विषयमा निर्माता र कलाकारबीच आफसी सम्झौमा तय हुने गरेको जनाईन् । कलाकारले पाउने पारिश्रमिक नितान्त व्यक्तिगत विषय भएकाले यसलाई सञ्चारमा ल्याउन आबस्य नभएको उनको टिप्पणी थियो ।

अर्की अभिनेत्री सरिता लामिछानेले कार्यक्रममा बोल्दै कलाकार पहिले र अहिलेको मिडिया र कभरेज फरक परेको र अहिले भाइरलको पछि सबै लागेको बताईन् । महिला कलाकारको समस्याहरु जुन रुपमा मिडियामा आउनु पर्ने त्यो हिसावले नआएको उनको कथन थियो । भाइरलले दिगो रुपमा कसैलाई फाइदा नपुग्ने उनले जिकिर गरिन् । भाइरल भन्दा यो क्षेत्रमा निरन्तर काम गरिरहेका कलाकारलाई मिडियाले स्थान दिनुपर्ने उनको सुझाब थियो,‘आजकाल कलाकारको योगदान दक्षता हैन, कती भ्युज आउँछ भनेर मिडियाकर्मीले भ्युजलाई महत्व दिने गरेका छन् । यसले बास्तविक कलाकारले मिडियामा सही रुपमा स्थापन पाउन सकेको हुँदैन ।’

गायिका निशा देशारले मिडियाको प्रभाव निकै राम्रो हुने गरेको स्मरण सुनाईन् । मिडियाकै सहयोगले आफुलाई गायन करिअरमा निकै फाईदा पुगेको उनले बताईन् । दुई दशक अघि रेडियो नेपालमा राष्ट्रव्यापी आधुनिक गायनमा उत्कृष्ट गायिकाको पुरस्कार जितेपछि आएको समाचारको आधारमा आफुलाई धेरैले बोलाएर गीत गाउने अबसर दिएको उनले सुनाए । उनले पनि भाईरसल भन्दा प्रतिभावान महिला कलाकारलाई मिडियाले स्थान दिनुपर्छ भनिन् । सो बहस कार्यक्रममा नेपाली कलाकार र मिडियाको बिषयमा यस्तो किसिमको बहस निरन्तर हुनु पर्नेमा सबैले जोड दिए ।

संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले मिडियाले आफ्नो भूमिका विर्सन नुहने बताईन् । आफुले मिडियामा काम गर्दै गर्दा आफुले चाहे अनुरुप कलाकार लाई स्थान दिन नपाइने र मिडियाको नीति अनुसार चल्नु पर्ने बताइन् । मिडियाले पनि पछिल्लो समय आफ्नो दायित्व विर्सन थालेको उनको कथन थियो ।

यो महोत्सब शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै शुरु भएको हो । महोत्सबको औपचारिक उद्घाटन अग्रज अभिनेता शिव श्रेष्ठलगायतले महोत्सबको बुकलेट बिमोचनबाट गरे । उद्घाटन समारोहमा महोत्सब समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरियो ।

कार्यक्रममा बोल्दै अभिनेता शिब श्रेष्ठले यस्ता गतिविधिमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुश भएको छ ।’

महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य, बीरेन्द्र हमाल, गजित विष्ट, सञ्चारकर्मी गणेश पाण्डे, निर्देशक माधवराज खरेललगायतले सफलताको शुभकामना व्यक्त गरे ।

महोत्सबमा विभिन्न १० देशका २८ वटा चलचित्र सहभागी छन् । महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृतचित्तर्फ गणेश पाण्डेको संयोजकत्वमा भारतबाट राहुल वर्मा, बँगलादेशबाट एमडी शाहारिअर कमल, नेपालबाट राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

यस्तै, नेपाली चलचित्र र वृतचित्रतर्फ अभिनेता एवम् नाट्यकर्मी विरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल, ओम सुनार सदस्य रहनुभएको निर्णायक समिति रहेको छ । यस्तै, नेपाली लघुचलचित्र र साङ्गीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाईएको छ ।

महोत्सबमा शुक्रबारबाटै तीन दिनसम्म एमआर्ट थिएटर कपनमा तिन दिनको विशेष अभिनय कार्यशाला पनि चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद