Friday, June 18, 2021
Home बिचार कहिले सिक्लान् नैतिकताको पाठ

कहिले सिक्लान् नैतिकताको पाठ

,

संधैं काममा जाँदा बाटोमा भेटिने गरेकी ती महिलालाई सम्झिरहन्छु, जसले केही महिनाअघि अत्यधिक मदिरा पिउने बानी भएका श्रीमान् गुमाइन् । दुवै जना ठेला गुडाउँदै ठेलामाथि आफ्ना बच्चाहरूसँगै घर निर्माणका सामग्री ओसारपसार गरेर गुजारा गरिरहेका थिए । अचानक श्रीमान्को मृत्युपछि उनी एक्लैले सो काम गर्दै आएकी थिइन् । के उनले सरकारका तर्फबाट राहत पाइहोलिन् ? के उनका छोराछोरीले हातमुख जोड्न पाएका होलान् ? धनकुटाबाट उपचारका लागि विराटनगर ल्याइएकी एक जना बिरामीलाई बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले आईसीयू खाली नभएको भन्दै बिरामी बाहिर निकालेपछि त्यहीँको न्युरो अस्पताल लैजादा उसले पनि भेन्टिलेटर खाली नभएको बहाना बनायो भने विराट नर्सिङ होमले अरू अस्पतालले उपचार गर्न नमानेको बिरामी भन्दै झनै उपचार गर्न मानेन । अन्तमा धेरै अनुनयविनयपछि नोबेल अस्पतालले उपचार सुरु गरे पनि ल्याउन ढिलो भएको भन्दै बिरामीलाई मृत घोषणा ग¥यो । सुन्दाखेरि कुनै फिल्मी कहानीभन्दा कम नलाग्ने यस्ता घटनाहरू अहिले हाम्रै देशमा ठाउँठाउँका निजी अस्पतालले कोरोनाको डरले उपचार गर्न नमान्दा भइरहेका छन् । कोरोना भाइरससँग लक्षण देखिएका अरू विबामीले पनि उपचार पाएका छैनन् । अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । यसमा निजी अस्पताललाई मात्र किन दोष दिने ? प्रत्येक वर्ष विकासका काममा खर्च गर्न नसकेर फ्रिज हुने बजेटले प्रत्येक प्रदेशले आफ्ना वडावडामा सुविधासम्पन्न सरकारी अस्पताल खोल्न कसले रोकेको छ ?

खुबै चर्चाका साथ निर्माण गरिएको बुटवल धागो कारखानामा सञ्चालन गरिएको अस्पतालले पनि बिरामीप्रति यस्तै व्यवहार देखायो । पाल्पाका ३३ वर्षीय बाबुराम थापा कोरोना भाइरसको जाँच गराउन एक्लै ताँगा चढेर कोरोना विषेश अस्पताल बुटवल पुगे । ज्वरो नाप्नेबाहेक तीन दिनसम्म उनको कोरोना परीक्षण नै गरिएन । यस्ता बिरामीलाई घरीघरी तातोपानी र झोल पदार्थ खुवाइरहनुपर्छ भनिएको छ । तर, फोनमा उनले आफ्नी श्रीमतीलाई सुनाए तर त्यहाँ पानीका लागि पनि सोधिएन । कुकुरलाई जस्तै थाल हु¥याएर जान्छन् । निमोनियाको जस्तै रोग देखिएको उनको उपचारमा चरम लापर्बाही भएको सर्वत्र देखिन्छ । बाँच्न सक्ने बिरामीको मृत्यु भइसकेपछि लाससम्म पुग्नेदेखि शव ठेगान लगाउन परिवारले पाएको दुःखको हिसाब गर्नै सकिँदैन । अस्पतालबाट ११ दिनपछि बल्ल उनको शव उठेको छ । बिरामी छोडेर एम्बुलेन्स चालक भाग्नुको कारण पनि उनीसँग कोरोनाबाट सुरक्षित रहन चाहिने आवश्यक सुरक्षा कवज नभएर त हो । बेलैमा होस पु¥याएर एम्बुलेन्स चालकलाई पनि सुरक्षा कवज दिइनुपथ्र्यो । एक जनामा पनि रोग सर्दै जानु भनेको पुरै देशवासीका लागि दुर्घटना हो ।

छिमेकी देशमा दुःख पाइरहेका आफ्ना नागरिकको चिन्ता गर्न छोडेर अमेरिकी पीआरधारीको धेरै चिन्ता गरेको देख्दा नेपाली दुखित भएका छन्

सुत्केरीलाई चाहिने आराम, खाना र स्वास्थ्यको ख्याल नगरी भारतको दिल्लीबाट हिँड्दै र बसमा यात्रा गर्दै आएकी १० दिनकी सुत्केरी महिलाको तीन दिनपछि सुनौली नाकामा उद्धार भयो । दुईवटा अरू साना सन्तानसहित उनी दुई रात भारतको सुनौलीस्थित सडकपेटीमा सुत्दा कसैका आँखा रसाएनन् । ज्यानको बाँजी लगाएर महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका एक जना युवकलाई ठूलै अपराधीसरह प्रहरीले एउटा भित्री कपडाबाहेक नांगै सडकमा हिँडाएको एकदमै असुहाउँदो थियो । कानुनअनुसार जस्तोसुकै गल्ती गरे पनि नांगै कसैलाई पनि हिँडाउन पाइँदैन । बरु गोप्य राख्नका लागि मुखसम्म पनि छोपेर हिँडाउने गरिन्छ । गरिबीले गर्दा दुई महिनाअघि भारत पुगेका बैतडीकै लोकेन्द्र बोहरा पनि भारतमा लकडाउन भएपछि काम गर्न नपाइँदा हातमुख जोर्न गाह्रो भएपछि दुई दिन पैदल हिँडेर खलंगा पुगे । दुई दिन क्वारेन्टाइनमा बसेपछि त्यहाँको भिडभाडमा उकुसमुकुस भएपछि महाकाली नदी तरेर नेपाल छिरे । मरे पनि आफ्नै देशमा मर्छु भन्दै ज्यानको बाजी लगाएर आफ्नो जन्मथलो पुगेका नागरिकलाई नांगै घुमाउँदा ध्यान नदिने हाम्रो सरकारले स्वदेश तथा छिमेकी देशमा दुःख पाइरहेका आफ्ना नागरिकको चिन्ता गर्न छोडेर अमेरिकी पीआरधारीको धेरै चिन्ता गरेको देख्दा सम्पूर्ण नेपाली दुखित भएका छन् ।

८ सयभन्दा बढी नेपाली मजदुर अहिले भारतको सीमाना धारचुलामा फसेका छन् । नेपाल भिœयाएर अस्थायी टहरा निर्माण गरी १४ दिन क्वारेन्टाइनमा राखेर उनीहरूलाई आफ्नो घर फर्काउन सकिन्नथ्यो र ? अहिले पनि उनीहरू बरु नेपालभित्रकै सीमामा क्वारेन्टाइनमा बस्न भनिरहेका छन् । देश विदेशबाट उठिरहेको सहयोग गरिब मजदुरहरूमा खर्च गर्न किन सरकार हिच्किचाएको ? सेना र प्रहरी लगाएर सिमाना भातरबाट आएकाहरूका लागि क्वारेन्टाइन तयार गर्न कति नै समय लाग्थ्यो र ? नुनदेखि सुन किन्न जाने गरेको भारतको झुलाघाटमा नेपालको नाकामा त केही थिएन तर भारततिर भने ज्वरो नापेर मात्र भारत प्रवेश गराए भनेर केही दिनअघि भाउजूले फोनमा भन्नुभएको थियो । नेपालले जहिले पनि दुई पाइला पछाडि रहेर मात्र किन काम गर्छ ? समयमै काम गर्न केले राकेको छ ।

वुहानमा रहेका धनी नेपालीका छोराछोरी घरभित्र अलपत्र पर्दा जहाज चार्टर गरेर सुविधासम्पन्न ठाउँमा राख्न सक्ने सरकारले धार्चुलामा गरिब मजदुर अलपत्र पर्दा किन आँखा चिम्लेको होला ? कोरोनाको शंका त ती मजदुरभन्दा पनि बढी चीनबाट ल्याइएकामा थिएन र ? जो जहाँ छन्, त्यहीँका सीमामा राख्नुपर्ने निर्णय त पछि भएको हो । तैपनि भारतीयभन्दा धेरै नेपाली नै सीमामा अलपत्र परेका छन् । ‘नेपालने मुंह मोडा, भारतीय डीएम डा. विजय कुमारने नेपाली मजदुरोंको खाना परोसा’ भन्ने समाचार भारतीय सञ्चारमाध्यम, पत्रपत्रिकामा आएको देख्दा लाज नमान्ने नेपाली को होला ? के आफ्ना केही गरिब मजदुरलाई महामारीको बेला १४ दिन खुवाउन सक्ने क्षमता हाम्रो सरकारसँग छैन ? विदेशीहरू आफ्ना नागरिकलाई जहाज चार्टर गरेर स्वदेश भिœयाउँदा हामी भने कुरै नबुझी खाद्यान्न बोकेर घरतिर गइरहेका आफ्ना नागरिकलाई लठ्ठी भाँचिनेगरी कुटिरहेका हुन्छांै ।

कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएका अरू नै बिरामीले पनि अस्पतालमा उपचार पाएका छैनन्

आर्थिक घोटालासम्बन्धी चर्को विवादपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामग्री किन्न ओम्नीसँग भएको सवा १ अर्बको सम्झौता रद्द भएको समाचार आएका थिए । स्वास्थ्य सामग्री खरिदका लागि दुई महिनाअघिको प्रक्रिया रद्द गरेर लकडाउनको समयमा तीन घन्टाभित्र महँगोमा सामग्री खरिद गर्ने सम्झौतालाई आमनेपालीले कसरी बुझ्ने ? फेरि त्यही ओम्नीसँग सम्झौता भइरहेको पनि खबर आइरहेका छन् । विज्ञहरूसँग छलफल नै नगरी अनि प्रधानमन्त्रीलाई थाहै नदिई कसरी मन्त्रीहरूबाट यस्ता फैसला आफैं गरिन्छन् ? त्योसँगै कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिएको करिब ७ करोड रुपैयाँ पर्ने ७५ हजार ¥यापिड टेस्ट किट पनि फजुलमा किनेको खुलासा भएको छ । कास्कीमा कोराना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट काठमाडौंमा निगेटिभ देखिने कारण पनि कहीँ यही त होइन । सरकारसँग टेन्डर आह्वान गरेर सोचविचार र गहन छलफल गरेर स्वास्थ्य सामग्री किन्ने जति पनि समय थियो । तर, स्वास्थ्यमन्त्रीलाई भने योभन्दा महŒवपूर्ण काम घरमा आएका पाहुना थिए । आफ्नो रगत र पसिनाबाट कमाएर सरकारलाई बुझाएको करको मूल्य आफ्नो स्वार्थभन्दा माथि उठेर हाम्रा नेता, मन्त्री, सरकार चलाउने कसैले पनि अहिलेसम्म बुझ्न सकेका छैनन् । अहिले इन्धनको मूूल्य घटाइएको छ तर खाना पकाउने ग्याँसको मूल्य भने यथावत् रहेको छ । लकडाउनमा कलकारखाना, सवारीसाधन नचलेको बेला इन्धनको मूल्य घटाएर जनताले प्रयोग गर्न पाएका छैनन् तर खाना पकाउने ग्याँस जुन अहिले पनि अपरिहार्य छ, त्यसको मूल्य घटाएर जनतामा राहत अनुभव गराउनुपर्ने बेला त्यो भने हुन सकेको छैन ।

अर्बाैंको स्वास्थ्य सामग्री ल्याइसकेको भनिए पनि कोरोनाको उच्च जोखिम रहेका ८८ वटा पालिका र ४ सयभन्दा बढी स्वास्थ्य संस्था रहेको सिंगो सुदूरपश्चिममा सरकारले जम्मा १० वटा थर्मामिटर पठाएपछि कोरोनाजस्तो महामारी रोक्न सकिएला त ? सुदूरपश्चिमका नौ जिल्लामा प्रत्येक जिल्लालाई एक÷एक थर्मोमिटर बाँडिएको भनिएको थियो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीका अनुसार स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा १ हजारका दरले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पठाएको जनाए पनि पुरै सेट प्राप्त नभएर खाली गाउनजस्तो लुगा मात्र पाएको जानकारी दिएका थिए । हाम्रो छिमेकी राष्ट्र चीनमा दुई महिनाअघि देखिएको कोरोना भाइरसको बारेमा सरकार अन्जान थिएन । सतर्क रहन चीनलगायत विश्व स्वास्थ्य संगठनले पनि नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइसकेका थिए ।

तर, अहिलेसम्म पनि सरकारको व्यवस्थापन हेर्दा छरितो देखिँदैन । अहिले बल्ल सातै प्रदेशमा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । हजारौंको संख्यामा भारतको नाकाबाट नेपाली जन्मथलो फर्किएका छन् । चार दिनमा जम्मा ९ सय २५ जनाको परीक्षण गरिएको छ । यदि नाकाबाट फर्किएकामध्ये कोही संक्रमित भएको भए अहिलेसम्म कति जनामा सरिसक्थ्यो अनुमान लगाउन पनि सकिँदैन । चन्द्रमामा बस्ती बसाउन सोचेको विज्ञान कोरोनासँग हारिरहेको बेला हाम्रो सरकारले कोरोनासँग लड्न गरेको तयारी देख्दा हास्यास्पद लाग्छ । जब सुदूरपश्चिममा मात्र चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो अनि मात्र सरकार गम्भीर भएको छ । १ हजार जना सँगसँगै बसेका संक्रमितबाट अरूलाई सरेन होला भन्न मुस्किल देखिन्छ ।

बिरामी जाँच गराउन आउँदा विभिन्न शीर्षक बनाएर अनाहकमा बिरामीबाट शुल्क असुल्ने निजी अस्पतालहरूको अहिलेको बिरामीप्रतिको व्यवहार देख्दा जीवनमा कहिले पनि निजी अस्पताल नजाऊँ जस्तो लाग्छ । सरकारसँग माग गरेर वा यस्तो बेला आफैं पनि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरेर बिरामीको उपचारमा लाग्नुपर्ने बेला ढोका बन्द गरेर बस्ने निजी अस्पताललाई सरकारले कारबाही गर्न सक्दैन । यतिका दिनसम्म आवश्यक स्वास्थ्य सामग्री निजी तथा सरकारी अस्पताललाई प्रदान गरेर चिकित्सकको मनोबल उच्च पार्ने काम किन सरकारले समयमै गर्न सकेन ? यदि वर्षौंदेखि हाम्रो सरकार नालायक नभएको भए प्रत्येक जिल्ला र वडावडामा सुविधासम्पन्न अस्पताल खोल्न सकेको भए अहिलेको अवस्थामा एउटा आईसीयूका लागि बिरामीलाई दौडाउँदै मृत्युको मुखमा धकेल्ने अवस्था सिर्जना हुँदैनथ्यो । सरकारको विरोध गर्नेलाई सिनो खाने गिद्धको प्रतीक भनेपछि फेरि पनि एक जना मन्त्री विवादमा परेका छन् ।

जनतालाई गाली गर्नुभन्दा राम्रो काम गरेर जनतालाई परिणाम देखाए हुन्नथ्यो ? दुर्गमबाट जनयुद्ध थालेका छौं भनेर हाम्रैअघि धाक लगाउने सहरमा आएर हराए, राम्रो काम गर्न खोज्नेलाई डाँडा कटाउने, नराम्रा कामविरुद्ध बोल्नेको मुख बन्द गर्न खोज्नेले यो महामारीबाट आफूले अहिलेसम्म गरेका कमीकमजोरीबाट केही त सिक्नैपर्छ । खेल मैदान र भ्युटावरमा अर्बौं बजेट खर्च गर्नुभन्दा सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल निर्माण गर्नु पहिलो आवश्यकता हो भन्ने कुरा सत्तामा बस्नेले बुझ्नु जरुरी छ ।

(Visited 343 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

साताका लोकप्रिय समाचार

लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार

मुम्बई । कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ । धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

अन्ततः राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त, अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने फैसला गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै...

ट्रेन्डिङ

दाङमा ८ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

तुलसीपुर । दाङको शान्तिनगरमा ८ बर्षका बालकले झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन् । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निबासी ८ बर्षका बालक प्रताप वलीले घरको...

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक...

सिंगारिदै सरस्वती माता

सप्तरी, राजविराज । यहाँका मुर्ति कलाकारहरुलाई भ्याइ नभ्याइ छ । कारण बनेको छ नजिकिदै गरेको सरस्वती पुजा । सरस्वती पुजा आउन अब ५ दिन...

प्रभासले सरकारलाई कोरोनाविरुद्ध दिए ४ करोड

नयाँ दिल्ली । चर्चित फिल्म बाहुबलीका भारतीय अभिनेता प्रभासले आइसोलेट अवस्थाबाटै भारत सरकारलाई कोरोना भाइरसको संक्रमणविरुद्ध सहयोगका लागि ४ करोड भारतीय रुपैयाँ प्रदान गरेका...

बम विस्फोटबाट मृतक बालबालिकाका आफन्तबाट अन्दोलनको घोषणा

रोल्पा । बम विस्फोटबाट मृत्यु भएको एक महिना वित्दा पनि उचित न्याय र क्षतिपूर्ति नपाएको भन्दै बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाका आफन्तहरु आन्दोलित...

अध्यादेश फिर्ता लिने मनस्थितिमा ओली

काठमाडौं । सरकारले पार्टी विभाजनका लागि पार्टी र संसद् दुवैमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गर्न ल्याएको अध्यादेश फिर्ता हुने भएको छ । सरकारले...

विनायकलाई प्याब्सक कप

काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)द्वारा आयोजित...

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९...

बोर्ड अध्यक्षका लागि दयाराम, भुवन र राजेशबीच प्रतिस्पर्धा

काठमाडौं । विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ । यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये...

कञ्चनपुरमा महिला बेपत्ता, साइकल फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार...

घर भाडामा लिएर कोठी सञ्चालन, तीन जना पक्राउ

भद्रपुर । शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट...

सुधारको प्रसंग: वित्तीय जवाफदेहिताका लागि लेखा प्रणालीमा सुधार

संवैधानिक वित्तीय जवाफदेहिताको निर्वाहका लागि स्तरीय तथा विश्वासिलो लेखा प्रणाली पूर्वसर्त हो । विस्वासिलो र वैज्ञानिक लेखा प्रणालीबाट नै सरकारको आय, व्यय, सम्पत्ति, दायित्व,...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)