गोला प्रथाद्वारा १५ अविभावकलाई पुरस्कार

बिराटनगर । मोरङको सुन्दरहरैँचा ६ दुलारी पुर्वाञ्चल एकेडेमीले शिक्षक र अविभावकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शनिबार बिद्यालयको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रमा यस अवसरमा विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थीहरू असल र राम्रो बनुन् भन्ने रहेको बताँउदै एकेडेमीका प्रिन्सिपल दिपेन राईले जीवननोपयोगी सिपका लागि पढाइबाहेक घरका आफ्ना कामहरू,पढ्ने, भाषाको अध्ययन गर्ने, संस्कार सिक्ने, समयको महत्व बुझ्ने र समयमा काम गर्ने कुरामा छोराछोरीलाई लगाउनुपर्ने विषयमा जोड दिएका थिए ।

निरन्तर व्यायामका साथै परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भएर दैनिक केही समय कुराकानी गर्ने बानी बसाल्नाले अहिलेका विद्यार्थीहरूमा अभिभावकसँग आफ्ना कुरा खोल्ने स्वभावको विकास हुने प्रिन्सिपल राईले बताए ।

अहिलेका विद्यार्थीहरूमा मोबाइल, विद्युतीय सामाजिक सञ्जाल र अनलाइन गेमसम्बन्धी समस्याहरू धेरै भएकाले विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरू पनि चनाखो बन्नुपर्ने बताए। बेलाबेलामा विद्यार्थीहरूलाई अभिभावक, शिक्षक र विद्यालयले अभिप्रेरित परामर्श गर्नुपर्नेमा जोड दिएका थिए।

अभिभावकहरूलाई समय-समयमा आफ्ना बच्चा/बालबालिकाहरुको प्रगति ’bout सोधपुछ गर्ने अवसर दिंदै आएको एकेडेमीले जनाएको छ। आफ्नो बच्चा/बालबालिकाको प्रगतिको सफलताको उत्सव मनाउँदै राम्रो समय बिताउन यस्ता खालका कार्यक्रमा गरिएको भन्दै एकेडेमीले आगामी दिनहरुमा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

गोला प्रथाद्वारा १५ अविभावकलाई पुरस्कार
कार्यक्रमा अविभावकहरुलाई विभिन्न ४ वटा प्रश्न पनि सोधिएको थियो भने सहि जवाफ मिलाउने मध्य १५ जनालाई गोला प्रथा द्वारा पुरस्कार वितरण गरिएको उनले बताए। विभिन्न किसिमका १५-१६ वटा वटा विद्यार्थीसँग सम्बन्धित प्रश्न जुन विद्यार्थी शिक्षक स्कुलसँग सम्बन्धित प्रश्नहरु चिट्ठामा राखी अभिभावक लाई नै चिट्ठाको माध्यमबाट विद्यार्थीमा देखिएको समस्याको ’boutमा अभिभावकलाई आफ्नो बिचार चिट्ठाको खेलबाट राख्ने अवसर पनि दिईएको थियो। त्यस खेलमा सबै अभिभावकहरुको सकृय सहभागीता रहेको थियो।

अभिभावकहरु खुशी हुँदै बेला- बेलामा यस्ता कार्यक्रम गरिरहन सुझाव पनि दिएका थिए। प्राइमरी लेवलको कार्यक्रमा नब्बे प्रतिशत अभिभावकको उपस्थित थियो। गत जेठमा पहिलो चरणको प्री प्राइमरी लेवलको अन्तरक्रिया गरेको थियो भने अब सेकेन्डरी लेवल गर्न रहेको बताए। कार्यक्रमको सहजीकरण लाइन्स कल्बकी देवी सिटौला गरेकी थिईन।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता