आइडा सम्मेलन र आइडियाको अभाव

सम्मेलन गरिरहने नेपालमा पछिल्लो समयमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा–२१) को बैठक सम्पन्न भयो । यो नेपालमा भएको तेस्रो परिपूरण बैठक थियो । सम्मेलनका बखत सम्बन्धित सबैबाट काठमाडौंमा भौतिक चहलपहल र केही आशा व्यक्त गरिए ।

राजधानी सहर काठमाडौंमा रहेको होटल सोल्टी प्लाजा यसबेलामा नेपालको आर्थिक चहलपहलको केन्द्र हो कि झैं लाग्यो पनि । सम्मेलन चार दिनसम्म चल्दा यो दृश्य नांगो आँखाले देख्न सकिन्थ्यो पनि । नेपालमा सम्पन्न भएको हालसम्मको ठूलो कार्यक्रम भनिए पनि यसले ल्याउने परिणामका ’boutमा भने नेपाल सरकारले मुख खोलेको छैन ।

सो बैठकको शुक्रबारका दिन समापनका बखत अर्थमन्त्री वर्षमान पुनले बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको कुरा बताएका थिए । विश्वका ६१ मुलुकका करिब २ सयभन्दा बढी प्रतिनिधिले बैठकमा सहभागिता जनाएका थिए । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्ग पनि सहभागी थिए ।

नेपालले ऋण लिने ? कसरी लिने र केका लागि लिने भनी प्राथमिकीकरण गरिसकेको अवस्था छैन । प्रचलनमा आएनुसारका परम्परागत ‘प्याटर्न’ नेपालका लागि विदेशी ऋणदाता र लगानीकर्ताको नजरमा रहेको छ । नयाँ प्याटर्न नेपालले दिन सकेको छैन । योजनाबद्ध आर्थिक विकासका लक्ष्य पनि परिस्कृत गरी तय गरिएका छैनन् ।

आफ्नै मुलुकका आवश्यकता पहिचान र सूचीकृत नभएका बखतमा जति ठूला कार्यक्रम आयोजना गरिए पनि त्यो उल्टै खर्च मात्र हो । कार्यक्रमको अवधिभर मन्त्री र कर्मचारी अधिकारी रमाउने भन्ने छुट्टै कुरा हो । सम्मेलन बैठकले आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका ’boutमा निर्णय लिएको सार्वजनिक भएको छ ।

तर, आश्चर्यको कुरा के छ भने नेपाललगायतका गरिब मुलुकले प्राथमिकतासहित ऋण र सहुलियत ऋणको न त माग गरेका छन्, न त स्पष्ट कुरा नै सो सम्मेलनमा उठाउन सकेका छन् । दाताको मुखमा हेर्ने र उनीहरूको हाँसोमा हाँसो मिलाउनेबाहेक अरू गर्न सकेको देखिएन । यस सम्बन्धमा नेपाल मात्र होइन, नेपालजस्ता अन्य मुलुकहरूले पनि दातृ पक्षसँग खुलेर गहनतम् छलफल गरेको देखिएन । सम्मेलन कर्मकाण्डी देखिँदा अपेक्षा गर्ने कुरा ओझेलमा परेका छन् ।
(पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्ज महानगरमा गठबन्धनका सिंहलाई १५ सय बढिको अग्रता