ईश्वरको डुब्दै डुब्दै थिएँ म

काठमाडौं । चलचित्र ईश्वर आगामी ११ साउनबाट रिलिज हुँदैछ । यसै क्रममा यो चलचित्रको ‘डुब्दै डुब्दै थिएँ म…’ गीत सोमबार सार्वजनिक गरिएको छ । यसलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । गीतलाई कृष्ण काफ्ले र गीता पाण्डेले गाएका छन् । जसमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

जसमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतको अभिनय छ ।

यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई हरिबहादुर थापाले निर्माण गरेका हुन् भने प्रस्तुतकर्ता लक्ष्मी कुँवर थापा हुन् । इश्वरमा भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए