कम किलोवाटका बीवाईडी गाडी बिक्री गर्ने साइमेक्स इंकलाई बचाउने प्रयास

काठमाडौं । किलोवाट छली प्रकरणमा बीवाईडी गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानले छापा मारेर कागजात नियन्त्रणमा लिए पनि साइमेक्सलाई बचाएर उन्मुक्ति दिन खोजेको आरोप लाग्न थालेको छ ।

करको सूचना चुुहाएर अर्बौंका गाडी आयात गरेर पनि कम किलोवाटका गाडी बिक्री वितरण गरेको अभियोग बीवाईडी गाडीको आयातकर्ता साइमेक्स इंकलाई लागेको छ ।

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडीको क्षमता नाप्ने उपकरण नभएको मौका छोपर विद्युतीय गाडीमा छली गरेको आरोप लागेको छ । तर, राजस्व अनुसन्धान विभागले उपकरण नभएकै आधारमा साइमेक्सलाई उन्मुक्ति दिन लागेको बताइएको छ ।

राजस्व अनुसन्धान विभागले चिनियाँ गाडी बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इंकमाथि भन्सार जाँचपास गर्दा वर्षौंदेखि राजस्व चुहावट गरेको भन्दै अनुसन्धान गरिरहेको छ । विद्युतीय गाडीको किलोवाटलगायत त्यसको क्षमता नाप्ने उपकरण खरिद गर्दा केही लाख रुपैयाँ मात्रै खर्च हुने भए तापनि आयातकर्तासँगको मिलेमतोमा भन्सारमा उपकरण नराखेर आयाताकर्ताले भनेको भरमा गाडीको मूल्यांकन हुँदै आएको पनि बताइएको छ ।

मिलेमतोमा उपकरण खरिद नगरेको र अहिले उजुरी परेपछि उन्मुक्ति दिनका लागि फाइल मात्र कब्जामा लिएको आरोप पनि लागेको छ । अहिलेसम्म ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली भएको बताइएको छ ।

बीवाईडीका गाडी आयात गर्दा बढी किलोवाटलाई कम किलोवाट देखाएर भन्सार जाँचपास गराएको विषयमा विभागले साइमेक्स इंकको कारोबारमाथि अनुसन्धान अगाडि बढाएको हो । सोही प्रक्रियाअनुरूप विभागले साइमेक्स इंकका कागजपत्र नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।

बिल, भौचर, भन्सार जाँचपासलगायतका कागजपत्रहरू विभागकै जनशक्तिले जाँच गर्नसक्ने भए पनि केही प्राविधिक विषयमा विज्ञहरूको सहयोग लिनुपर्ने भन्दै विभागले अनुसन्धानमा ढिलाइ गरिरहेको छ ।

बीवाईडीको एट्टो थ्री गाडीको क्षमता चीनमा १ सय ५० किलोवाट पिकपावरमा उपलब्ध छ । तर, सोही गाडीलाई ९९ किलोवाट रहेको कागज देखाएर नेपालमा भन्सार जाँच गराइएको छ ।

निर्माता कम्पनीको वेबसाइट तथा अन्तर्राष्ट्रिय बजारमा एउटा क्षमता हुने, तर त्यही गाडी नेपाल भित्रिँदा फरक क्षमता देखिनुले आशंका जन्माएको भन्सार स्रोतको भनाइ छ । बीवाईडीले किलोवाट घटाएर यस वर्ष करिब ३ हजार गाडी बिक्री गरेको अनुमान विभागको छ ।

यसअघि पनि बीवाईडीको ई–सिक्स मोडेलको कार आयातमा न्यून बिजकीकरण गरेको भन्दै भन्सार विभागले साइमेक्स इंकमाथि करोडौं रुपैयाँ जरिमाना गराएको थियो । बीवाईडी ई–सिक्स गाडी नेपाल भिœयाउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य र वास्तविक मूल्य फरक भएको विभागले फेला पारेको थियो ।

साइमेक्सले सोबेला प्रतिगाडी करिब १० लाख रुपैयाँ न्यून बिजकीकरण गरेर राजस्व छली गरेको थियो ।

मुनाफाको अधिकतम् हिस्सासहित सो गाडी २२ लाख रुपैयाँको हाराहारीमा बिक्री गर्नुपर्नेमा साइमेक्सले साढे ५७ लाख रुपैयाँमा बिक्री गरेको आरोप छ ।

टिमुरे र तातोपानी नाकामा बजेटको दिन रातिसम्म पनि बीवाईडीका गाडी आयात गरिएको र कर वृद्धि हुने सूचनाकै आधारमा बढी गाडी आयात गरिएको थियो । साइमेक्स इंकका यमुना श्रेष्ठ तथा समिर श्रेष्ठले यस’boutमा टिप्पणी गर्न चाहेनन् ।

सरकारले गाडीको क्षमता (किलोवाट)का आधारमा कर निर्धारण गर्दै आएको छ । बजेटपछि आएको आर्थिक विधेयक २०८१ को करको दरनुसार ५० किलोवाटसम्मका विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । त्यसअघिसम्म अन्तःशुल्क थिएन, १० प्रतिशत भन्सारदर थियो । यस्तै, ५१ देखि १०० किलोवाटमा थप ५÷५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइसकेको छ ।

यस क्षमताका गाडीमा त्यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थियो । १०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क रहेको छ । त्यसअघि भन्सार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत थियो ।

२०१ देखि ३०० किलोवाटमा २० प्रतिशत भन्सार बढाएको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ । ३०० किलोवाटभन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । तर, १० प्रतिशत अन्तःशुल्क घटेको छ ।

भन्सार ऐन र भन्सार जाँचपास परीक्षण कार्यविधि, २०७८ अनुसार भन्सार जाँचपासपछि पनि परीक्षण हुनसक्छ । गाडी आयात भएको २ वर्षसम्म पोस्ट क्लियरेन्स अडिट (पीसीए) गर्न पाउने व्यवस्था रहेकाले नेपाल भित्रिएका सवारीसाधनको परीक्षण गर्नुपर्ने आवाज पनि उठेको छ ।

सरकारले विद्युतीय गाडीको किलोवाटलगायत प्राविधिक जाँच भन्सार बिन्दुमा नै गर्ने हो । तर, किलोवाट जाँच गर्नेजस्तो सामान्य उपकरण नहुँदा बदमासी गर्नेलाई बाटो छोडिदिएको आरोप लाग्दै आएको छ ।

साइमेक्स इंककै अगुवाइमा विद्युतीय गाडीसम्बन्धी नीतिको ड्राफ्ट तयार गरी अर्थमन्त्री वर्षमान पुनलाई बुझाइएको र सोहीनुसार करको दायरा परिवर्तन गरेको आरोप अर्थमन्त्री पुनमाथि लागेको छ ।

जेठ पहिलो सातामा रसुवागढी भन्सार नाकाबाट ४ सय ८८ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भएकामा बीवाईडीका अट्टो थ्री मोडलका गाडी मात्रै ३ सय ३६ वटा भित्रिएका थिए ।

चालू आवमा ११ हजार ९ सय ८ वटा विद्युतीय गाडी भित्रिएकामध्ये चीनबाट ८ हजार ३ सय ७७ रहेका छन् । त्यसमा करिब ३ हजारवटा बीवाईडीका मात्रै रहेको जनाइएको छ ।

सरकारले गाडीको क्षमता (किलोवाट)का आधारमा कर निर्धारण गर्दै आएको छ । आव २०८१÷८२ को बजेटपछि आएको आर्थिक विधेयक २०८१ मा ५० किलोवाटसम्मका विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत