इन्दिरा गान्धीको रुपमा कंगना रनौत

मुम्बई । बलिउड अभिनेत्री कँगना रनौतले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई आफ्नो राजनीतिक आईडल मान्ने गरेकी छिन् । हुन त इन्दिरा गान्धी काँग्रेसकी थिईन भने कँगना भारतीय जनता पार्टीमा छिन. ।

केही समयदेखि लोकसभा चुनावमा निकै व्यस्त रहेकी कंगना रनौतले हिमाञ्चल प्रदेशबाट चुनाव जितेपछि सांसद पदको सपथ ग्रहण पनि गरिसकेकी छिन् । यतिबेला भने उनले फिल्म र राजनीति दुबैलाई समय दिने बताएकी छिन् ।

अभिनेत्री कँगनाले इन्दिरा गान्धीको जीवनीमा आधारित चलचित्र ‘इमर्जेन्सी’मा नायिकासँगै निर्देशकको जिम्मेवारी पनि आफैंले सम्हालेकी छिन् । आफु साँसदको रुपमा राजनीति जीवनमा प्रवेशसँगै उनले यो चलचित्रको रिलिज मिति पनि यतिबेला घोषणा गरेकी छिन् । यो फिल्मलाई उनले आगामी ६ सेप्टेम्बरमा रिलिजको घोषणा गरेकी हुन् ।

कंगनाले यो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति घोषणा गरेकी हुन् । चलचित्रको नयाँ पोस्टर सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘स्वतन्त्र भारतको सबैभन्दा कालो अध्यायको ५० औं वर्षको सुरुवात । हाम्रो फिल्म इमर्जेन्सी ६ सेप्टेम्बर २०२४ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।’

पोष्टरमा उनी इन्दिरा गान्धीको भेषमा छिन् । यसमा जनताको आक्रोश देख्न सकिन्छ र विभिन्न किसिमका ब्यानरहरु देखिन्छन्, जसमा तत्कालीन सरकार विरुद्ध नाराहरु लेखिएका छन् । इन्दिरा हटाओ देश बचाओ भन्ने नारा छ । यस्तै ‘आकाशबाट नेहरूलाई पुकार, छोरीलाई यातना नगर’ पनि पोष्टरमा लेखिएको छ । त्यतिबेला इमरजेन्सी बिरुद्ध इन्दिरा गान्धीको समर्धक र विरोधीहरुले निकालेका जुलुसका नाराहरु थिए ।

कंगनाको इमरजेन्सीको पोस्टर आएपछि सबैले उनलाई इन्दिरा गान्धी भनेका छन् । उनले इन्दिरा गान्धीको रुपमा हुबहु देखिएको धेरैको प्रतिक्रिया छ । कँगनालाई दर्शकले सिंहको रुपमा पनि प्रतिक्रिया दिएका छन् ।

कंगना रनौतले २०२१ मा चलचित्र इमरजेन्सी निर्माणको घोषणा गरेकी थिइन । इमर्जेन्सी राजनीतिक ड्रामा भए पनि यो इन्दिरा गान्धीको बायोपिक होइन भनेर उनले यस अघि स्पष्ट पारेकी छिन् । कँगनासँगै यो चलचित्रमा अनुपम खेर, मिलिन्द सोमन, महिमा चौधरी र श्रेयस तलपदे पनि शिर्ष भूमिकामा छिन् । इन्दिरा गान्धी प्रधानमन्त्री भएको बेला उनले आफ्नो सरकार जोगाउन भारतमा इमरजेन्सी लागूगर्दा त्यतिबेला निम्तिएका समस्यालाई यो चलचित्रको मुख्य कथा बनाइएको छ । पछि आफ्नै अँगरक्षकले इन्दिरा गान्धीको हत्या गरेका थिए । यो कुरा पनि कँगनाको चलचित्रमा हेर्न पाईने छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी