काठमाडौंमा सकियो यो मन त मेरो नेपाली होको छायाँकन

काठमाडौं । अमेरिकाबाट छायाँकन सुरु भएको नेपाली चलचित्र यो मन त मेरो नेपाली होको नेपालबाट छायांकन सम्पन्न भएको छ । यो चलचित्रको गीत आँखै रसिलो बोल…को छायाँकन मँगलबार बिहानसम्पन्न गरेसँगै चलचित्रको छायाँकन पुरा भएको निर्माण पक्षले जनाएको छ । भ्वाईस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा यसको छायाँकन गरिएको हो ।

चलचित्रको केहि दिन अघि अमेरिकामा समेत छायांकन गरिएको थियो ।“यो मन त मेरो नेपाली हो” यो चलचित्रमा नेपालसँगै भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रीका, सँयुक्त राज्य अमेरिकालगायतका देशका कलाकारहरुको अभिनय रहेको पनि निर्माण पक्षले जनाएको छ,‘हामीले अमेरिकासँगै नेपालको झापा,इलाम, काठमाडौंको साथै भारतको सिकिम ,दार्जीलिङ, जयगाउँ पश्चिम् बङ्गाललगायतको स्थानमा यसको छायाँकन गरेका छौं ।’ यसका निर्देशक मित्र प्रधान ( नर )ले बताए । उनी अमेरिकामा रहेर साहित्य सृजना गर्दै आएका श्रष्टा हुन् ।

आईतबारदेखि मँगलबारसम्म काठमाडौंमा छायाँकन गरिएको यो चलचित्रको गीत आँखै रसिलोमा गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । यसलाई अस्मिता अधिकारी र सबिन सुबेदीले स्वर दिएका छन् । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहले यो गीतमा अभिनय गरेका छन् ।

यो चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन,सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबँशीलगायतको अभिनय रहेको छ ।

चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्ने निर्देशक मित्रले बताएका छन् । यसमा शिवम् अधिकारीको लेखन, दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्