लमजुङमा पहिरोले २ को ज्यान लियो, एकै परिवारका ४ जना बेपत्ता

लमजुङ । लमजुङमा बुधबारको गएराती आएको भीषण वर्षातका कारण आएको पहिरोले घर बगाउँदा दुईको ज्यान गएको छ । मृतकमध्ये एकजना बेसीशहर नगरपालिका– ११ चिति स्याउत गाउँका हुन् भने अर्को क्व्होलासोथार गाउँपालिका– ३ बगुम गाउँका हुन् ।

क्व्होलासोथार गाउँपालिका– ३ बगुम गाउँमा गएराति १२– १ बजेतिर गएको पहिरोले गाउँका ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका मध्ये एकको शव फेला परेको छ ।

लमजुङको बगुममा पहिरोले घर बगाउँदा त्यसमा परेका घर धनी अन्दाजी ७० वर्षीय रुद्रमान गुरुङको शव फेला परेको सो वडाका अध्यक्ष आशवीर गुरुङले बताए । उनका अनुसार रुद्रमानको बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता बेपत्ता भएका छन् । उनले भने, ‘रुद्रमानको श्रीमती छोरीको घर घनपोखरामा गएको हुँदा बचेका छन् भने उनका नाती निरज पनि साथीकोमा सुत्न गएका कारण पहिरोमा पर्नबाट जोगिएका छन् ।’

पहिरोले बगाएका तीनघरमाध्ये दुईवटाको नाम निसान नै छैन वडा अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार एक घरमा रहेका तीनवटा बाख्रा पनि वेपत्ता छन् । उहाँले भन्नुभयो, ‘घरमाथि रहेको ढिस्को करिब ५० मिटर माथिबाट खसेको छ भने ५ सय मिटर तलसम्म पहिरो पुगेको छ ।

पहिरोमा परेर अर्का धर धनी अन्दाजी ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । स्थानीयका अनुसार भीमबहादुरको घर बगाए पनि उनी खोपीतिर सुतेका कारण बच्न सफल भएका हुन् ।

बगुममा पहिरोले बगाएको र ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा तथा सो क्षेत्र हेर्ने अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरीहरू खटिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले बताए । उनका अनुसार घटना’bout विस्तृत विवरण आउन बाँकी छ ।

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

उता, लमजुङकै पूर्वीक्षेत्रमा रहेको दोर्दी गाउँपालिका– ९ धैरेनीटोल स्थित सुनार गाउँमा गएरातिको पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएको छ । यसअघिको समाचारमा सो घट्ना बेसीशहर नगरपालिका– ११ को चिति स्याउत गाउँमा भनिएकोमा सो नभई दोर्दी– ९ धैरेनीटोलको सुनार गाउँमा सो घट्ना भएकोले सो गल्ती सुधार गरिएको छ ।

मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेको सो गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरि घिमिरेले बताए । उनका अनुसार पहिरोमा परि उनका दाइ १८ वर्षीय बिमल सुनार घाईते भएका छन् । घाईते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो । उनले भने, ‘घाइते बिमलको लमजुङ अस्पतालमा उपचार भइरहेको छ । सो घट्नाको प्रहरीले पनि पुष्टि गरेको छ । ‘दोर्दी गाउँपालिका– ९ धैरेनीटोल स्थित सुनार गाउँमा गएरातिको पहिरोले घर पुरिदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ ।’ प्रनाउ मीनबहादुर गुरुङले बताए । उनका अनुसार पहिरोमा परि उनका दाइ १८ वर्षीय मिलन सुनार घाईते भएका छन् । उनले भने, ‘घाईते दुबै जनालाई उपचारका लागि जिल्ला सदरमुकाम स्थित लमजुङ अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो ।’

दुवै घट्नाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी