फिल्ली क्याफेः लबिम मल, ठमेल र बौद्धमा शाखा विस्तार

काठमाडौं । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.लिले पहिलो आउटलेट काठमाडौंको लाजिम्पाटमा खुलेसँगै ठमेल, बौद्ध र लबिम मल पुलचोकमा गरी ४ आउटलेट बिस्तार गरेको छ । कार्यक्रममा प्रमुख अतिथी रहिफ फिल्ली, सिईओ फिल्ली क्याफे, फिल्ली क्याफे नेपालका सञ्चालकद्वय नविन खड्का र धुब्र रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, बिशेष अतिथी अभिनेता राजेश हमाल, बिशेष अतिथी क्रिकेटर सोमपाल कामी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

फिल्ली क्याफेले चियाको पारखीहरुका लागि ४ ओटा शाखाहरु मार्फत सेवा सञ्चालनमा ल्याएको छ । चाडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा बिस्तार सहित आगामी ५ बर्षमा नेपाल अधिराज्यभर २५ ओटा भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नविन खड्काले जानकारी गराए ।

युवाहरु बिदेशीने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटि बिजनेशमा रोजगारीको अवसर सृजना गरी युवालाई स्वदेशमै स्वाबलम्बन हुन अभिप्रेरित गर्ने उद्धेश्य सहित दक्ष जनशक्ति र सिप अभिमुखिकरणका लागि फिल्लीका आउटलेटहरुले अवसर प्रदान गर्ने लक्ष्य कम्पनिले लिएको छ ।

यसबाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सहरुको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रब रिजालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरपालिकामा गठबन्धन दलबीच सहमतिः तीन वटा कांग्रेस, माओवादी, समाजवादी र जसपालाई एक एकवटा