स्वस्तिमा र साम्राज्ञीका कारण चलचित्र उधोग तरंगीत

काठमाडौं । कलाकारको भनाईले नेपाली चलचित्र उधोग बेला बेला तरंगीत हुने गर्दछ । यतिबेला यस्तै एउटा अन्तरवार्ताले नेपाली चलचित्र उधोग तरँगित भएको छ । अभिनेत्री स्वस्तिमा खड्का र अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कान्तिपुर टेलिभिजनको ‘इट्स माइ शो’ कार्यक्रममा मोडल ओसिन सिटौलासँग दिएको अन्तरवार्ता अहिले विवादमा छ । यो अन्तवार्ता उनीहरुले चार दिन अघि दिएका थिए ।

अन्तरवार्ताको क्रममा यी दुई अभिनेत्रीले अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको नीजि जीवनमा आँच आउने गरी बोलेपछि यी दुई अभिनेत्रीबीच अहिले सर्वत्र टिका टिप्पणी भईरहेको छ । यी दुबै अभिनेत्री यही कारण विवादमा तानिएका छन् ।

यस अघि सुरज सिंह ठकुरीले सञ्चालन गर्दै आएको कार्यक्रम ‘इट्स माई शो’लाई मोडल ओसिन सिटौलाले यसै साताबाट सञ्चालन सुरु गरेकी हुन् । आफुले सञ्चालन गरेको पहिलो कार्यक्रममै ‘बजर राउन्ड’मा जवाफ नदिए कपडा समेत खोल्नु पर्ने सर्त ओसिनले राखिन् ।

कार्यक्रममा ओसिनले यस्तो प्रश्न गरिन,‘अनमोल केसीका कतिवटा गर्लफ्रेन्ड थिए र उनीहरुको नाम के हो ?’ ओसिनले यस्तो प्रश्न गरेपछि साम्राज्ञीले आफूलाई थाहा नभएको जवाफ दिईन् । तर लगत्तै अर्की नायिका स्वस्तिमा खड्काले हात्तारिएर जवाफ दिँदै अनमोल केसीको दुई जना गर्ल फ्रेन्ड अभिनेत्री आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठ भएको दाबी गरिन् । जवकी अहिलेसम्म अभिनेता अनमोल केसीले आफ्नो कुनै पनि प्रेमिका नभएको बताउँदै आएका थिए ।

अनमोलले दिए प्रतिक्रिया
आफु बिरुद्ध यस्तो आरोप लागेपछि अभिनेता अनमोलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरुको प्रयोग हो । भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्म–मूल्यलाई लक्षित गर्छ ।’

अश्मीद्धारा आपत्ती
यस विषयमा आना शर्माको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । तर पूर्व मिस नेपाल अश्मी श्रेष्ठले स्वस्तिमाको भनाईप्रति आपत्ति जनाउँदै इन्टाग्राममा खण्डन गरेकी छिन्,‘भर्खरैको एउटा टक शोमा अप्रिय रूपमा प्रकट भएको घटनामा मेरो नाम अनियमित रूपमा अनावश्यक विवाद निम्त्याउने गरी फ्याँकिएको छ, जुन कुनै पनि सत्य होइन । मलाई एक होस्टको रूपमा आफैँलाई थाहा छ कि सम्पूर्ण कार्यक्रमको फ्रेमिङमा होस्टले कति ठुलो भूमिका खेल्छ र मलाई थाहा छ यदि उनीहरूले चाहेको भए यो सजिलै नियन्त्रण गर्न सक्थे ।’ उनले अगाडि लेखेकी छिन्,‘निराधार तथ्य प्रस्तुत गर्नु र पाहुनाहरूलाई निश्चित तरिकाले बोल्न दबाब दिन टिभी शोहरूमा दबाब सिर्जना गर्नु नैतिकता विपरीत हो, जुन देख्दा अत्यन्तै दुःखदायी छ ।’

सो टेलिभिजन कार्यक्रममा अभिनेत्री जसिताको ’boutमा सोधिएको अर्को प्रश्न अहिले सर्वाधिक विवादमा परहेको हो । जसमा ओसिनले स्वस्तिमा र साम्राज्ञीलाई यस्तो प्रश्न सोधिन,‘धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ?’ यसको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर अभिनेत्री जसिता गुरुङको नाम लिइन् । लगत्तै अर्की साम्राज्ञीले भने जसिताले तीन नायकसँग डेट गरिसकेको दाबी गर्दै यी तीन नायकहरुको नाम लिईन,‘प्रदीप खड्का, धीरज मगर र अनमोल केसी ।’

दुःखी भईन जसिता
यो कुराको पनि अभिनेता अनमोलले टिप्पणी गरिसकेका छन भने अभिनेत्री जसिता गुरुङले यो भनाईको खण्डन गर्दै इन्स्टाग्राममा लेखेकी छिन,‘मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरु राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको ’boutमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन । यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिहरुप्रति धेरै दुःख लागेको छ । के हामी साँच्चै एक महिला भएर अर्को महिलालाई नीच देखाउनेविरुद्धमा छौं ?’ जसिताले अगाडि लेखेकी छिन्,‘के तपाईंहरु यो बुझ्न हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ ? के तपाईंहरु म आफ्नो अतीतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने ? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो ?’

स्वस्तिमा र साम्राज्ञीले मागे माफी
जसिताको यस्तो भनाई आएपछि अभिनेत्री साम्राज्ञी र अर्की अभिनेत्री स्वस्तिमा बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर माफी मागेका छन् । आफुबाट गल्ती भएको महसुस सहित अभिनेत्री स्वस्तिमाले समाजिक सञ्जालमा लेखेकी छिन्,‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैं मेरो लागि एक धेरै राम्रो साथी छौं र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

मँगलबार दिनभर सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी र प्रत्यक्ष फोनमा गाली गलौच आएपछि अर्की अभिनेत्री साम्राज्ञीले पनि माफी मागेकी छिन् । आफुले कसैलाई पनि नीच देखाउने ’boutमा नसोच्ने भन्दै उनले जसिता गुरुङकै स्टाटसमा प्रतिउत्तर दिँदै लेखेकी छिन्,‘हामीलाई प्रश्नहरुको यो द्रुत राउन्डमा एक स्थितिमा राखिएको थियो र हामीले नतिजाको ’boutमा सोचेका थिएनौं । तर, कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौं । तपाईंको भावनामा चोट पु¥याएकोमा माफी माग्न चाहन्छु,’

कलाकार संघ भन्यो,‘अमर्यादित’
यसैबीच नेपाल चलचित्र कलाकार संघले बुधबार एक विज्ञप्ति जारी गर्दै अभिनेत्रीद्धव स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिव्यक्तिलाई अमर्यादित भनेको छ । संघले स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिलाई अमर्यादितसँगै, अशोभनीय र गैर जिम्मेवारीपूर्ण भनेको छ । अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ,‘उक्त कार्यक्रम (इट्स माई शो) मा सहभागी कलाकारहरुको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।’ बिज्ञप्तिमा लेखिएको छ,‘एउटा सार्वजनिक कार्यक्रममा अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुँदैन पनि । नेपाल चलचित्र कलाकार संघले सबै कलाकारहरुलाई अबको दिनमा सञ्चारमा अन्तरवार्ता दिने क्रममा पेशा, वर्ग र फिल्म क्षेत्रलाई असर गर्ने क्रियाकलाप र अभिव्यक्ति नगर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलाममा एमालेका तीनजना निर्विरोध