बलिउड अभिनेत्री रेखाको सम्पत्ति ३३२ करोड करोड

मुम्बई । बलिउड अभिनेत्री रेखासँग लामो समयदेखि चलचित्र छैन । रेखाले अरु आयपूर्ण काम नगरे पनि धेरै भयो । उनी कसरी आलिसान जीवन बाँचिरहेकी छिन भन्ने एउटा मिडियाको प्रश्नमा यी अभिनेत्रीले आफ्नो कमाई राम्रो भएको दाबी गरेकी छिन् ।

अभिनेत्री रेखाको भनाईमा उनीसँग मुम्बई र दक्षिण भारतमा प्रसस्त सम्पत्ति छ । उनको जमिन र घरबाट राम्रो भाडा आउने गरेको छ । जसबाट आफुलाई मासिक लाखौं रुपैयाँ भाडा आउने गरेका उनले बताएकी छिन् ।

यस बाहेक उनी टिभी सिरियल वा रियालिटी शोमा अतिथि भूमिका वा कुनै कार्यक्रममा सहभागी हँदा पारिश्रमिक बिना जाँदिनन् । उनी स्टेज कार्यक्रम र अवार्ड समारोहमा जाँदा पनि ठूलो रकम लिन्छिन् । सोही मिडियाका अनुसार अनुसार रेखाले कुनै पनि उत्पादनको विज्ञापनमा आफ्नो तस्विर प्रयोग गरेबापत १० देखि २० लाख रुपैयाँसम्म लिन्छिन् ।

आफुले यसरी कमाएको रकम अन्त कतै खर्च गर्नुको साटो बैंकमा जम्मा गरिरहेको पनि रेखाले बताउँदै आएकी छिन् । उनले विभिन्न कम्पनीको शेयर पनि लिएकी छिन् । त्यसो त रेखा राज्यसभा सदस्य र सांसद पनि भइन् । जसका लागि उनले विभिन्न भत्तासँगै राम्रो तलब पनि पाएकी थिईन् ।

एक रिपोर्ट अनुसार अभिनेत्री रेखाको कुल सम्पत्ति करिब ३३२ करोड रुपैयाँ छ । उनी मुम्बईको ब्यान्ड स्ट्यान्डमा बस्छिन् र उनको बंगलाको नाम बसेरा हो । जसको मूल्य १०० करोड रुपैयाँ छ । उनले दक्षिणी भारतको आफ्नो घर र जग्गाहरुलाई भाडामा लगाएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही