राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनाउन्मुख भएको महासचिव ढकालको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी विवेकशील जस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना देखिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान अवस्था बुझ्न देश दौडाहमा निस्केका ढकालले ३२ जिल्लाको भ्रमणपछि पार्टी यही अवस्थामा रहे दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालेका छन् ।

ढकालले ३२ जिल्ला घुमेपछि ३२ पृष्ठको प्रतिवेदन तयार गरेका छन् । उनले सो प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । तयार पारिएको प्रतिवेदनमा पार्टी अहिलेकै तरिकाले चल्दै गएमा दुर्घटनामा पर्ने निश्चित रहेको उल्लेख गरेका हुन् ।

पार्टीको अवस्थालाई उनले महाभारतको कथाको दृष्टान्तसँग जोडेर हेरेका छन् । ‘पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकाल दर्शनको शक्ति प्राप्त भएको थियो । उनलाई भूत, भविष्य र वर्तमान देख्नेगरी त्रिकालदर्शनको शक्ति प्राप्त थियो । त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले सहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए, त्यसैले महाभारतमा सहदेवलाई सबै थाहा भए पनि उनी चुप बसे,’ महाभारतको एउटा सन्दर्भ उल्लेख गर्दै उनले भनेका छन् ।

३२ जिल्ला घुम्दा वर्तमान अवस्थामा पार्टीको जनमत नदेखिएको भन्दै उनले यही अवस्थामा अहिले चुनाव हुने हो भने प्रत्यक्षमा एक–दुई सिटभन्दा धेरै जित्ने अवस्था नदेखिएको बताएका छन् । भोलिका दिनमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने उनको भनाइ छ । प्रतिवेदनमा ढकालले महाभारतको उदाहरण दिँदै आफूले देखेको वास्तविक कुरा बताउँदा आफ्नो पद नै गए पनि पार्टीका लागि त्यो वास्तविकता बताउनुपर्ने आवश्यकता ठानेर प्रतिवेदन तयार गरेको उल्लेख गरेका छन् ।

‘भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैं मानेको छु, र श्रीकृष्णको वचनलाई सधैं टेरेको छु । यहाँ श्रीकृष्णले नभन्नु भनेका रहेछन् । तर, पार्टीलाई जन्मदाताकै रूपमा होस्, वा नेपाली जनताको आशाका रूपमा रहेकाले, मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ,’ उनले भनेका छन् । यसरी दुर्घटना हुँदै छ भन्दा महामन्त्रीबाट हटिनसक्ने पनि उनले विवेचना गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे