मोरङमा साढे १५ क्वीन्टल गाँजा बरामद

बिराटनगर । मोरङ प्रहरीले अहिले सम्मकै ठूलो परिणाममा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले अहिले सम्मकै ठूलो परिणाममा अवैध गाँजा ४९ बोरा सहित एक जनालाई पक्राउ पक्राउ गरिएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उक्त गाँजा १५ सय ४८ केजी रहेको छ। भारततर्फ लैजान ठिक्क पारिएको तयारी गाँजा एसपी आफै फिल्डमा खटिएर बिहिबार दिउँसो करिव ३ बजेतिर बरामद गरेको थियो ।

गाँजा सहित धनपालथान गाँउपालिका ७ स्थित कमलपुर टोल बस्ने ३० बर्षीय राजकुमार सिंहले आफ्नो घरमा लुकाइ राखेको भन्ने गाेप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली तथा मातहत का प्रहरी चौकी गडेरिया,कर्सिया, पोखरिया, अमाही तथा मायागंज बाट खटिएकाेे प्रहरी टोलीले खोजतलास गर्दा निजको करेसा बारीमा भएको बाँसको टाटीले ’boutको टिनको छानो लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको एसपी कार्कीले बताए।

गोठ खानतलासी गर्ने क्रममा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारिएको उनले बताए। यति ठुलो परिमाणको गाँजा कस्ले कहाँबाट ल्यायो भन्ने अनुसन्धान पछि पत्त लाग्ने उनले बताए।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल