भिजिट भिसामा यूएई पुगेका राजु सेतो बाकसमा फर्किए

काठमाडौं । मृत्यु कहिल्यै सहज हुँदैन । परदेशको मृत्यु त झनै पीडादायी हुन्छ । तनहुँका राजु गुरुङ वैदेशिक रोजगारीका लागि मोटो रकम तिरेर भिजिट भिसामा यूएई पुगे । मुलुकमा रोजगारी नपाएर भौतारिरहेका राजु घरपरिवारलाई सुख सुविधामा राख्ने अठोटका साथ केही समयअघि यूएई पुगेका थिए । तर, उनको त्यो सपना पूरा भएन ।

उनी पैसा कमाएर घर परिवारलाई सुख दिनु त परको कुरा आफैं काठको सेतो बाकसमा फर्किए । भिजिट भिसामा यूएई पुगेका उनको डेंगुका कारण मृत्यु भएको हो । जाँदा ऋण काढेर जहाज चढेर गएका उनी फर्किन पनि त्यतिकै सकस भयो । उनको शव अलपत्र परेपछि नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईले पहल ग-यो र शव बल्ल–बल्ल नेपाल आइपुग्यो ।

उनको शव अवुधाबीस्थित नेपाली दूतावासको समन्वय, एनआरएनए यूएईका अध्यक्ष विकास शाहीको अग्रसरता तथा तनहुँ समाजका अध्यक्ष सुदीप कार्कीको पहलमा शारजहाँ विमानस्थलवाट एयर अरेबियाको विमानमार्फत नेपाल पठाइएको हो ।

धन कमाएर परिवारलाई खुसी दिने आशमा परदेसिएका धेरै नेपाली विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् ।

गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शवका बनेर विदेशबाट फर्कनेको संख्या दिनानुदिन बढ्दो छ ।

अवैध बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । विदेशमा मृत्यु भएर शव अलपत्र परेपछि एनआरएनए र सामाजिक अभियन्ताहरूले खर्चको जोहो गरेर शव नेपाल पठाउँदै आएका छन् ।

काम खोज्ने उद्देश्यले भिजिट भिसामा हेल्थ इन्स्योरेन्सबिना यूएई नआउन पनि एनआरएनए यूएईले अनुरोध गरेको छ । म्यानपावरमार्फत श्रम तथा इन्स्योरेन्स गरेर मात्र आउन पनि अनुरोध दूतावासको अनुरोध छ ।

केही तलमाथि भएमा यूएईमा पनि इन्स्योरेन्सबापत उपचार, शव पठाउने खर्च र मृतकका परिवारलाई बिमा रकम पाइने व्यवस्था रहेको एनआरएनएले जनाएको छ । श्रम गरेर आउँदा नेपाल सरकारले पनि बिमा रकम तथा परिवार बालबच्चाको पढाइलेखाइमा सहयोग गर्ने हुँदा अनावश्यक खतरा मोलेर आफू र आफन्तको बिजोग नपार्न एनआरएनएले सबैमा अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन ३ दलले बनाए कार्यदल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार