जंगली च्याउसँग सतर्कता

यस वर्षको वर्षा पनि सुरु भइसक्यो । वनजंगलमा च्याउ टिप्नेको लर्को लागिरहेको देखिन्छ, गाउँमा । च्याउ एक निःशुल्क पाइने पौष्टिक आहारा हो । तर, यसको खाने र नखाने प्रजाति हुन्छन् । नखाने प्रजाति मानिसको आहारामा संलग्न हुँदा मृत्युसम्म हुने गरेको छ ।

वर्षा सुरु भएसँगै जंगली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ । यही च्याउका कारण १६ जना बिरामी परेका र अस्पताल भर्ना भएका छन् । यो विषालु जंगली च्याउले निम्त्याएको प्रतिनिधिमूलक घटना हो ।

असार महिना लागेदेखि जंगली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका छन् । मृत्युको घटना भने कैलाश–९ नामटारमा घटेको हो । त्यहाँका स्थानीयले जंगली च्याउ खाँदा ४ वर्षीय दिपेश र निरुमाया रुम्बाको ज्यान गएको हो ।

च्याउ सबैको रोजीको कुरा र रुचीको कुरा हो । मानिस निकै हौसिने र लोभिने गर्छन्, च्याउ देखेपछि । च्याउ प्राचीन कालदेखि खाँदै र रमाउँदै आएको एक जंगली वानस्पतिक प्रजाति भए पनि यसको उचित पहिचान गाह्रो छ । नयाँनयाँ र उस्तै देखिने प्रजातिका च्याउ पनि उम्रिइरहेका छन् । पछिल्लो समयमा ग्लोबल वार्मिङ र अन्य वातावरणीय प्रभावका कारण पनि खाइरहेका च्याउमा विषादी देखिन थालेको छ । च्याउका प्रजातिको पहिचान र विषादी पहिचानको आवश्यकता रहेको छ । विषय विशेषज्ञ यसमा सचेत हुनुपर्छ पनि ।

नेपालीका लागि प्रिय भोजन मानिने च्याउको खोजी र पहिचान बेलैमा हुनुपर्छ । प्रजाति पहिचान र सतर्कतापछि मात्र मानिसको च्याउ खाँदा मृत्यु हुने सम्भावना कम हुनसक्छ ।

बर्खायाममा जंगलमा च्याउ बढी मात्रामा उम्रन्छ । यस च्याउको पहिचान समयमै गरिनुपर्छ । स्थानीयका अगेनुदेखि तारे होटलका किचनमा समेत यस्ता च्याउका परिकार पाक्छन् । पाक्दै आएका पनि छन् । त्यसैले बेलैमा सतर्कता अपनाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन