चीनमा ‘नेपाल भ्रमण वर्ष !’

नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘चीनमा नेपाल भ्रमण वर्ष’ आयोजना गरिने भन्ने समाचार नेपालका सबैखालका सञ्चारमाध्यमहरू (प्रिन्ट संस्करण, एफएम रेडियो, अनलाइन, युट्युब च्यानल, ब्लग आदि)मा आएको छ । यो समाचार हालै चीनका उपविदेशमन्त्री सुन वेइतोङको टोलीले नेपाल भ्रमण गरेपछि बाहिरिएको छ । स्मरणीय रहोस्, चीनका उपविदेशमन्त्री सुन वेइतोङको भ्रमण दल नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसरमा भाग लिन आएको हो ।

हुन त यस्तो समाचार (चीनमा नेपाल भ्रमण वर्ष मनाउने) गत २३ अक्टोबर २०२३ मै बीबीसी नेपाली सेवामा प्रकाशित–अपलोड भएको थियो । खासमा यस्तो समाचार हालै चीनका उपविदेशमन्त्री सुन वेइतोङको नेपाल भ्रमणपछि पुनः आएको छ । जबकि, यो समाचार गएको २३ अक्टोबर २०२३ मै बीबीसी नेपाली सेवामा प्रकाशित भएको थियो । प्रधानमन्त्री प्रचण्डले २०२३ सेप्टेम्बरमा औपचारिक रूपमा चीन भ्रमण गरेका बेला दुई मुलुकको सरकारी स्तरमा तय भएको कार्यक्रम थियो, जुन कुरो दुई मुलुकका सरकारले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा जनाइएको थियो । चीन सरकारले आप्mना मुलुकका नागरिकलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उल्लेख गरिएको थियो । त्यसै विज्ञप्तिको एक अंशका रूपमा सन् २०२५ मा चीनमा नेपाल भ्रमण वर्ष मनाएर चिनियाँ पर्यटकहरूलाई प्रेरित गर्न सांस्कृतिक, पर्यटकीय र प्राविधिक कुराहरू आदानप्रदानसम्बन्धी गतिविधि आयोजना गर्ने कुरा उल्लेख गरिएको थियो ।

जे भए तापनि चीनका उपविदेशमन्त्री सुन वेइतोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसरमा भाग लिने क्रममा नेपालको पर्यटन प्रवर्धन गर्न र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ चीन सरकारले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरिएको पुनः दोहो¥याएका छन् । आप्mनो भनाइ राख्ने क्रममा उपविदेशमन्त्री सुन वेइतोङले नेपालको आर्थिक तथा सामाजिक विकास गर्नका लागि चीन सरकारले निरन्तर रूपमा सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

चीन सरकारले नेपालको पर्यटन प्रवर्धनका लागि ‘नेपाल पर्यटन वर्ष–२०२५’ मनाउने घोषणा गरिसकेको छ

खासमा भन्ने हो चीन सरकारबाट सन् २००३ मा मात्रै आप्mना नागरिकलाई नेपालमा पर्यटक भई भ्रमण गर्नका लागि अनुमति दिन थालिएको हो । साथै सन् २०१३ देखि मात्रै नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको संख्याले लाख नाघ्न थालेको थियो । त्यस्तै, गरेर सन् २०१९ मा सबैभन्दा धेरै संख्यामा अर्थात् १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, २०१९ डिसेम्बर अन्तिमतिर विश्वभरि महामारीका रूपमा पैmलिएको कोभिड–१९ पछि चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकको संख्या अकस्मात तेस्रो, चौथो, पाँचौं, छैठौं स्थानमा झ¥यो । सन् २०२३ मा चाहिँ केही बढेको अवस्थामा आएको छ ।

त्यसैले, हामीले आगामी दिनमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपालमा भित्र्याउनका लागि चीन सरकारले गर्न लागेको ‘नेपाल भ्रमण वर्ष–२०२५’ का साथसाथै चीनको ठूलो र धेरै जनसंख्या बसोबास गर्ने सहरहरू सांघाई, बेइजिङ, सेनजेन, ग्वाङ्झाउ, चेङदु, तियानजी, वुहान, दोङगुवान, सियान, हाङ्झाउ, फोसान, नानझिङ, सेन्यान, झेङ्झोउ, क्विनदाओ, सुझोउ, जिनान, चाङ्सा, कुनमिङ, हार्बिन, सिझियाझुवाङ, हेफेई, दालिन, हाङ्चुन, ताइयुयान, ग¥याङ, वुसी, उरुम्की, झोङ्सान, हान्तोउ, निङ्बो, फुजोउ, नानचाङ, चाङ्झोउ, आनझोउ, नानतोङ, हुईझोउ, वेनझोउ, जिबो, ताङ्सानलगायत लगभग ५० वटा सरहमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ ।

ती ५० वटा सहरमध्ये ७ वटा (सांघाई, बेइजिङ, सेनजेन, ग्वाङ्झाउ, चेङ्दु, तियानजी, वुहान) सहरमा मात्रै १० करोडभन्दा बढी जनसंख्या बसोबास गर्छन् । त्यसैले, हामीले चिनियाँ एयरलाइन्सहरू एयर चाइना, साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, हाइनान एयर, सांघाई एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयर जुनेयावो एयर, नाइन एयर, बेइजिङ एयर, चाइना युनाइटेड एयर, जियाङ्सी एयर, लक्की एयरलाइन्स, स्प्रिङ एयर आदिले जतिसक्दो धेरै उडान र धेरै सहरहरूमा सेवा सञ्चालन गर्नुपर्ने देखिन्छ । साथै, नेपालका एयरलायन्सहरू नेपाल वायु सेवा निगम (नेवानी), हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, बीबी एयर, सौर्य एयर, श्री एयरलाइन्स आदिले पनि नेपालबाट चीनका ठूला र धेरै जनसंख्या बसोबास गर्ने सहरतर्पm कम्तीमा साताको १४–१५ देखि १९–२० उडान गराउनसके राम्रो हुने देखिन्छ । त्यसका छिट्टै पहल गर्नुपर्ने देखिन्छ । अझ सम्भव भएदेखि सातामै ३२–३४ उडान गर्न सके झनै राम्रो हुन्छ ।

चीन सरकारले सन् २००३ देखि मात्रै चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न अनुमति दिएको हो

विगत ४ वर्ष सन् २०२०, २०२१, २०२२ र २०२३ मा बाहेक चालू वर्षमा दोस्रो स्थानमा चीनका नागरिकहरू नै नेपालको भ्रमण गर्न आउने विदेशी पर्यटकको स्थान दोस्रोमा पुग्नेछन् । हुन पनि सन् २०२३ मा करिब ६० हजार चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन् । सन् २०२३ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या देहायबमोजिम रहेको छ ।

जनवरीमा : १ हजार ४३६ जना
फेब्रुअरीमा : दुई हजार २ सय ६६ जना
मार्चमा : २ हजार ६ सय ३५ जना
अप्रिलमा : ४ हजार ७ सय ७० जना
मेमा : ४ हजार ६ सय ६७ जना
जुनमा : ४ हजार ३ सय ४२ जना
जुलाईमा : ५ हजार ५ सय ९३ जना
अगस्टमा : ५ हजार २७ जना
सेप्टेम्बरमा : ८ हजार १ सय ७४ जना
अक्टोबरमा : ६ हजार ८ सय ८० जना
नोभेम्बरमा : ७ हजार ६ सय १ जना
डिसेम्बरमा : ७ हजार ३ सय ७० जना

चालू आवमा पनि चिनियाँ पर्यटकको संख्या ६५ देखि ८० हजारभन्दा बढी नपुग्ने अनुमान गर्न सकिन्छ । तापनि, सन् २०२५ मा चीन सरकारले नेपालको पर्यटन प्रवर्धन गर्न भनेर सन् २०२५ मा ‘नेपाल पर्यटन वर्ष–२०२५’ मनाउने घोषणा गरिसकेको छ, त्यसलाई नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी अनि चीन सरकार एवं चिनियाँ पर्यटन व्यवसायीले मिलेर भव्यताका साथ सफल पार्न अहिलेदेखि नै लागि पर्दा उत्तम हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान