६ जना स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ६ जना श्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०बाट सम्मानित गरेको छ । बुधबार बेलुका राष्ट्रपति कार्यलयमा उनीहरुलाई पराष्ट्रपति रामचन्द्र पौडेलले सो पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा २०८० सालको रङ्गमञ्च विधाको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०बाट अग्रज रङ्गकर्र्मी हरिहर शर्मालाई पुरस्कृत गरियो । यसैगरी परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० अग्रज सङ्गीतज्ञ चन्दन कुमार श्रेष्ठ प्रदान गरियो ।

समारोहमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट लोक सङ्गीत विधामा अग्रज लोक गायक बोमबहादुर कार्कीलाई पुरस्कृति गरियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० का लागि यी स्रष्टाहरुको नाम घोषणा गरेको थियो ।

समारोहमा सङ्गीत विधाबाटै अग्रज गायिका तारा थापालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गरियो । यही पुरस्कार नाटक विधाबाट अग्रज नाटककार गोपाल देवान, नृत्य विधाबाट वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीलाई राष्ट्रपति पौडेलले प्रदान गरे । पुरस्कृति ६ जना श्रष्टालाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र प्रदान गरिएको थियो ।

समारोहोलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो पुरस्कारबाट स्रष्टाको हौसला बढ्ने बताए । देशका अग्रज श्रष्टाहरुको सम्मान गर्न पाउँदा गौरवान्वित महशुस गरेको भनाई राख्दै पौडेलले नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन र विश्वभर चिनाउन स्रष्टाहरुको योगदान अविष्मरणीय रहेको जनाए ।उनले सङ्गीत र नाट्य कला हाम्रो समाजको अभिन्न अङ्ग र भावी पुस्ताको लागि महत्वपूण सम्पत्ति हो भने । यसको संरक्षण र संवद्र्धनमा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा योग्य भएको राष्ट्रपति पौडेलले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल र नेपाली पहिचानलाई कलाकारले विश्वसामु चिनाएका छन् भने । उनले नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन महत्वपूर्ण योगदान दिनुहुने स्रष्टा र कलाकारहरुको योगदानको चर्चा गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले नेपाल बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक भएको बताईन् । उनले कार्यक्रममा भनिन्,‘जसरी भौगलिक बनावटमा विविधता छ त्यसरी नै संस्कृतिमा पनि विविधता रहेको छ । विविधतामा एकता नेपाली समाजको विशेषता भन्ने तथ्यलाई आत्मसाथ गरी राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि संस्कृतिको अहम भूमिका हने गरेको छ ।’ कार्यक्रममा उनले पुरस्कारको मापदण्ड’bout पनि प्रकाश पारिन् ।

उपकुलपति शम्भु राईले स्वागत मन्तव्य राख्दै हरेक वर्ष प्रदान गरिने नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारको राशी बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रयास गरिरहेको छ भने । उनले यसका लागि नेपाल सरकारसँग अक्षय कोष खडा गर्न निरन्तर पहल गरिरहेको जिकिर गरे । यो भन्दा धेरै पुरस्कार नीजि क्षेत्रले दिन थालेको पनि उनले स्मरण गराए ।

समारोहमा सम्मानित हुनुहुने स्रष्टाको ’boutमा प्राज्ञहरुले प्रकाश पारे । समारोहमा चेतन सापकोटाले रङ्गमञ्च विधाबाट सम्मानित हरिहर शर्माको, प्राज्ञ डक्टर किरातले शास्त्रीय सङ्गीत विधाबाट सम्मानित चन्दन कुमार श्रेष्ठको, प्राज्ञ टिका पुनले लोक सङ्गीत विधाबाट सम्मानित बोमबहादुर कार्कीको, प्राज्ञ बखत बहादुर हमालले नृत्य विधाबाट सम्मानी जोगेन्द्र केसीको, प्राज्ञ कर्ण गौतमले सङ्गीत विधाबाट सम्मानित तारा थापाको र प्राज्ञ हिसन मगरले नाटक विधाबाट सम्मानित गोपाल देवानको ’boutमा जानकारी गराए । कार्यक्रमलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराले सहजीकरण गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा