एकीकृत समाजवादीको १०औं महाधिवेशनः आजदेखि सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हँुदै छ । पाँच दिनसम्म चल्ने महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदै छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

माधवको चाहना नेतृत्वमा आफैं सर्वसम्मत हुने, घनश्यामको अडान निर्वाचनबाट भए पनि आफैं आउने

नेतृत्व चयनसँगै महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल गर्दै पारित गरिनेछ । महाधिवेशन’bout जानकारी दिन शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए । ती दस्तावेज कम्युनिस्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महŒवपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।

महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । पार्टीमा सम्मानित नेताको पद यथावत् राख्दै वरिष्ठ उपाध्यक्षको समेत पद राख्ने सहमति नेताले यसअघि नै गरिसकेका छन् । पदाधिकारी समावेशी सिद्धान्तअनुसार चयन गरिँदै छ ।

पार्टी अध्यक्ष नेपालले उद्घाटन गर्ने महाधिवेशनमा नेपालका विभिन्न पार्टीका प्रमुख एवं प्रतिनिधिका साथै विभिन्न देशका कम्युनिस्ट पार्टीका नेताको समेत सहभागिता हुने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् ।

विधानबाट ७० वर्षे उमेरको हदबन्दी हटेको छ । युवालाई २० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । महिला, मधेसी, दलित, जनजातिलगायतका क्षेत्रमा समेत आरक्षणको व्यवस्था गरिएको छ ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रमसमेत पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघीय संसद्को प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि काठमाडौं आइपुगेका छन् । प्रतिनिधिलाई खाना, नास्ता, चियाको व्यवस्था पार्टीले गर्नेछ भने बासको व्यवस्था प्रतिनिधि आफैंले गर्नुपर्ने हुन्छ । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले महाधिवेशन स्थललाई आकर्षक बनाउन सिंगारिएको छ ।

महाधिवेशनबाट अध्यक्षका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले प्रतिस्पर्धा गर्ने तयारी रहेको छ । त्यसका लागि दुवै नेताले आफ्नो आन्तरिक छलफललाई तीव्रता दिएका छन् । दुवै नेताले प्यानल निर्माण गर्दै अगाडि बढिरहेका छन् । यद्यपि, प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिँदै आएका छन् । पोलिटब्युरो सदस्य दिलु पन्तले प्रतिनिधिको भावनाअनुसार केन्द्रीय कमिटीको चयन सर्वसम्मतमै गरिने बताइन् ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष नेपालले महाधिवेशनबाट नेतृत्व सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका छन् । यसअघि पार्टीका चारवटै दस्तावेज सहमतिमै पास भएको बताउँदै उनले नेतृत्व पनि सर्वसम्मतमै चयन हुने विश्वास व्यक्त गरे ।

उनले अहिलेको विशिष्ट अवस्थामा नेताहरू हातेमालो गर्दै मिलेर अगाडि बढ्न कार्यकर्ताबाट स्वरहरू बढिरहेको बताए । नेपालले अरू पार्टी जस्तो सामान्य पार्टी एकीकृत समाजवादी नभएको दाबी गरे । ‘नेपाली समाजमा ठूला–ठूला उथलपुथल भइरहेका छन् । प्रत्येक उथलपुथलमा हामीले अग्रगामी भूमिका खेलेका छौं । हामी सहभागी मात्र होइन, अगुवाई पनि गरिरहेका छौं’ नेपालले भने, ‘अरू पार्टी जस्तो साधारण पार्टी एकीकृत समाजवादी होइन । त्यतिकै घटनाक्रममा सहभागी हुने पार्टी होइन ।’

घटनाक्रमलाई सूत्रीय हस्तक्षेप गर्ने र अरूलाई पछाडि दौडाउन सक्ने क्षमता पार्टीसँग रहेको उनको भनाइ छ । नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरे ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए । उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।

महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताए । आफूहरूले समस्या समाधान गर्नुपर्ने कुरालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने दावी उनले गरे । समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने उनको तर्क छ ।

‘आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो’ भुसालले भने । विगतमा असाधारण वामविकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत जोड्नेगरी नेतृत्व चयन हुने भुसालको तर्क छ । समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने उनले बताए ।

‘हिजो एउटा वामविकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्न सक्नेगरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौं’ उनले भने । महासचिव भुषालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने दाबीसमेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा