बेलायतमा यति इन्टरनेशनल नेपाली चलचित्र अवार्डको तयारी

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको महोत्सब तथा अवार्ड बिदेशमा पनि हुने क्रम मौलाएको छ । यसै क्रममा नेपाली चलचित्रको प्रदर्शनसँगै प्रवर्धनको लागि बेलायतमा ‘यति इन्टरनेशनल नेपाली चलचित्र अवार्ड–२०२४’ (इन्फा २०२४) आयोजना हुने भएको छ ।

काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै लण्डनमा हुने यो कार्यक्रम’bout जानकारी गराईयो । बेलायतका सिनेमा हलमा नेपाली चलचित्रको प्रदर्शनसँगै त्यहाँ दर्शक बढ्दै गएकाले नेपाली चलचित्रको श्रीवृद्वि तथा बेलायतमा थप बजार बिस्तारका लागि त्यहाँ यो अवार्ड गर्न लागिएको निर्माण पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गराएको छ ।

बेलायतको यति नेपाली एसोसिएसनको आयोजना र नेपालको सगिक्षा फिल्म ईन्टरनेट प्रा.लि. व्यवस्थापनमा आगामी १५ भदौमा लण्डनमा यो अवार्ड गरिने भएको छ । अवार्ड समारोहमा नेपाली चलचित्र प्रदर्शनसँगै अन्तरक्रियालगायतका कार्यक्रम पनि रहेको आयोजक पक्षको कथन छ ।

सन २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ को मनोनयन गरिने र उत्कृष्ट ३ मा परेको मध्यबाट सर्वोत्कृष्ट घोषणासहित अवार्ड प्रदान गरिने अवार्डका जुरी संयोजक कलाकार सुनिल थापाले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । थापासँगै ईन्फा अवार्ड २०२४ को जुरीमा गौरी मल्ल र उज्ज्वल घिमिरे छन् ।

यो अवार्डको आयोजक संस्था यति नेपाली एसोसिएसन युके तात्कालीन युवराज बिरेन्द्र बीर विक्रम शाहको पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित भएको पनि आयोजक पक्षले जानकारी गरायो । चलचित्र सहित कलासंस्कृतिको प्रवर्धन र सामाजिक कार्यमा सक्रिय यति नेपालले यतिबेला यो अवार्ड गर्न लागेको कार्यक्रममा जानकारी गराईइो ।

‘चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उदेश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड हामीले गर्न लागेका हौं ।’ संस्थाका अध्यक्ष पिप्ला देवन थापाले बताए । उनका अनुसार अवार्डका लागि युके कमिटीमा यति एसोसिएसनबाट पुर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहेका छन् ।

यस्तै नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा आयोजना हुने यो अवार्ड समारोहमा सम्बन्धि सिनेकर्मीलाई आयोजक पक्षले नै बेलायत लैजाने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस