गाउँले चरित्रमा रमाएका दयाहाङ

काठमाडौं । अभिनेता दयाहाङ राईको यतिबेला चलचित्र ‘गाउँ आएको बाटो’ चौथो हप्तामा प्रदर्शन भईरहेको छ । यो चलचित्रलाई नविन सुब्बाले निर्देशन गरेका हुन् । चलचित्रले समीक्षकबाट राम्रो प्रसँसा पायो । टेरोन्टो फिल्म फेस्टिबल सहित विश्वका डेढ दर्शन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा यो चलचित्र प्रदर्शन भईसकेको छ ।

यो चलचित्रमा अभिनेता दयाहाङ राई शिर्ष भूमिकामा छन् । चलचित्रमा उनले राई माईलाको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रमा उनी पूर्ण ग्रामिण चरित्रमा छन् । गाउँमा बाँसको डालो, चित्रासहित उपहार सामग्री बनाएर जिविकोपार्जन गर्दै आएको भूमिकामा उनी छन् । यो चलचित्रमा राई माईलाको चरित्र दयाहाङलाई साह्रो सुहाएको छ । भोजपुरका दयाहाङले त्यही छायाँकन गरिएको यो चलचित्रमा आफ्नो चरित्रलाई जीवन्त दिएका छन् ।

दयाहाङ राई यस्ता कलाकार हुन, जसलाई ग्रामिण चरित्र निकै सुहाउँछ । केही वर्षयताबाट उनी करिब ८० प्रतिसत चलचित्रमा ग्रामिण भूमिकामै छन् । गाउँ आएको बाटो भन्दा अघि उनको दुई चलचित्र रिलिज भए । पछिल्ला चलचित्र डिग्री माईला र मनसरामा पनि उनी ग्रामिण भूमिकामै थिए । यी दुई चलचित्रमा उनी ग्रामिण परिवेशका भए पनि जीवन यापनका लागि शहरसँग उनको सम्बन्ध जोडिएको थियो । तर अहिले प्रदर्शनको मुखमा रहेको चलचित्र घरज्वाईंमा आफु पूर्ण ग्रामिण भूमिकामा रहेको यी अभिनेताले बताएका छन् ।

दुई दिन अघिमात्र चलचित्र घरज्वाईंको ट्रेलर रिलिज भएको छ । यो चलचित्रमा उनी रुकुमको मगर युवाको भूमिकामा छन् । उनको मामाचेली (मिरुना मगर)सँग प्रेमसम्बन्ध रहेको र उनलाई पाउनको लागि घरज्वाईं समेत बस्न पुगेको कथा यसमा छ । दयाहाङको यो चलचित्रको चरित्र अघिल्लो चलचित्र जारीसँग मिलेको टिप्पणी यतिबेला आएको छ ।

दयाहाङको भनाईमा यी दुबै चलचित्रमा उनले ग्रामिण युवाको चरित्र निर्वाह गरेका छन् । तर चरित्र पूर्ण रुपमा फरक भएको यी अभिनेताको दाबी छ,‘जारी र घरज्वाईंको कथा नै फरक छ । यो मगर संस्कृतिमा मामा चेली फुपु चेलाबीचको विवाहमा हकलाग्ने प्रथामा आधारित छ भने जारी चलचित्र लिम्बु समुदायको जारी प्रथामा केन्द्रित छ ।’ सोही कारण यी दुबै चलचित्रको कथा र प्रस्तुति फरक भएको दयाहाङले बताए ।

२८ असारबाट रिलिज हुने घरज्वाइँको ट्रेलर सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया पाएको दयाहाङ बताउँछन्,‘यस अघि मैले तामाङ, थकाली, लिम्बु, राई, भुजेल, गुरुङजस्ता विभिन्न जातिको चरित्र निर्वाह गरिसकेको थिएँ । यसपटक मगर समुदायसँग पनि जोडिने अबसर पाएको छु ।’ यसरी आदिबासी समुदायको विभिन्न जातीको चरित्र निर्वाह गर्न पाउँदा फरक फरक अनुभव भईरहेको पनि दयाहाङले बताएका छन् ।

एकपछि अर्को चलचित्रमा ग्रामिण चरित्र नै निर्वाह गरिरहनुको कारण अभिनेता दयाहाङ राई दर्शकको रोजाई मान्छन् । दयाहाङको भनाईमा उनको चलचित्र कबड्डीको सृँखलाहरु हिट भएपछि गाउँले चरित्रमा नै बढी प्रस्ताव आएको छ । दर्शकले पनि उनलाई गाउँले चरित्रमै बढी रुचाएका छन् । जारीदेखि डिग्री माईला, मनसरा हुँदै गाउँ आएको बाटोसम्म पनि गाउँले चलचित्रमा आफुलाई दर्शकले रुचाएको दयाहाङ जिकिर गर्छन । यसपटक घरज्वाईंमा पनि आफु रुकुमतिरको मगर युवाको हुवहु चरित्रमा रहेको दयाहाङको कथन छ ।

दयाहाङको भनाईमा चलचित्र घरज्वाईंमा एक युवाले बिहेको लागि गर्ने संघर्षको कथा समेटिएको छ । मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत यो चलचित्रमा विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको ’boutमा जान्ने र बुझ्ने अवसर मिल्ने निर्माण पक्षको कथन छ । जसले रुकुमको ग्रामिण जीवनशैलीको पनि दर्शकलाई जानकारी गराउने छ ।

चलचित्रको छायाँकन पनि पूर्वी रुकुम आसपासमा गरिएको हो । जनक घर्ती मगर निर्मित यो चलचित्रमा आफु सहित मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरलगायतको अभिनय रहेको दयाहाङले बताएका छन् ।

यसका निर्देशक अनिल बुढामगर पनि घरज्वाईंको चरित्रले दयाहाङलाई रुकुमको मगर युवाको रुपमै दर्शकले लिनेमा ढुक्क छन् । दयाहाङलाई अनिलले पाँच वर्ष अघि नै घरज्वाईंमा अनुबन्धि गरेका रहेछन् । दयाहाङको ग्रामिण चरित्र हिट भएको बेला घरज्वाईंमा पनि गाउँले भूमिकामै आउनु एउटा संयोग मात्र हो ।

जबकी अहिले रिजिल भएका आधा दर्जन चलचित्र निर्माण हुनु निकै अघि दयाहाङ चलचित्र घरज्वाईंमा अनुबन्धित भईसकेका थिए । त्यसैले आफुले गाउँले चलचित्रमा हिट भएको भनेर दयाहाङ नदिएको अनिलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित