धनगढीका खोलाको छेउमा ‘ग्रीनबेल्ट’सहितको साइकल ट्याक करिडोर बनाइने

धनगढी । कैलालीको धनगढीमा रहेका खोलाको किनार (छेउ) मा ‘ग्रीनबेल्ट’सहितको करिडोर बनाइने भएको छ । धनगढी उपमहानगरपालिकाले तीन वटा खोला किनारमा ‘ग्रीनबेल्ट’सहितको करिडोर बनाउने भएको हो ।

उपमहानगरपालिकाको कैलाली नाला, सुकुटी नाला र शिवनगर खोला किनारमा फुटपाथ तथा ‘ग्रीनबेल्ट’सहितको करिडोर निर्माण गरिने बताइएको छ । करिडोर निर्माण गर्न र धार्मीक पर्यटकीय क्षेत्र जोड्न ‘ग्रीनबेल्ट’सहितको साइकल ट्याक निर्माण गर्ने कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा तीनवटा खोला किनारमा फुटपाथ र ‘ग्रीनबेल्ट’सहितको करिडोर निर्माण गर्न डिपीआर तयार गरिने विषय उल्लेख छ । ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवद्र्धन र सौन्दर्यीकरणलाई प्राथमिकतामा र।ाखिएको छ । यसबाट वातावरणमा स्वच्छता कायम हुनुका साथै आन्तरिक पर्यटकमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

सहरी सुन्दरता कायम गर्न र प्रदूषण घटाउन वृक्षारोपण समेत करिडोरमा गरिनेछ । कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनार तथा वडा नम्बर ४, ५, ६ र १३ का सामुदायिक वन क्षेत्र हुँदै बग्ने नदी किनारमा साइकल ट्रयाक निर्माण गरिने विगत वर्षका नीति तथा कार्यक्रमा समावेश हुँदै आए पनि काम हुन सकेको थिएन ।

धनगढीमा खोलानाला तथा सामुदायिक वनहरुको अतिक्रमण रोक्न र पर्यटन क्षेत्रको विकासका लागि ‘ग्रीनबेल्ट’सहितको साइकल ट्रयाक निर्माणको नीतिलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा सत्तारुढ गठबन्धनबीच सहमति