दुई चलचित्रसँग दशैंमा जुध्दै बिराज भट्ट

काठमाडौं । अभिनेता विराज भट्टले अभिनयसँगै निर्माण र निर्देशन गरेको चलचित्र पनि आगामी दशैंमा रिलिज हुने भएको छ ।

योसँगै अब दशैंमा तीन चलचित्रसँगै रिलिज हुने भएको छ । निर्माता अभिनेत्री स्वस्तिमा खड्काले आफुद्धारा निर्मित अभिनित चलचित्र बेहुली फ्रम मेघौली आगामी दशैंमा रिलिजको घोषणासँगै प्रचारप्रसार गरिरहेकी छिन् । यो चलिचत्रको छायाँकन सकेर अहिले सम्पादनको कार्य भईरहेको छ । यो चलिचत्र निश्चल र स्वस्तिमाले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो भन्दा अघि निर्माता अभिनेता दिपकराज गिरीले आफ्नो चलचित्र छक्का पञ्जा ५ पनि दशैंमै रिलिजको घोषणा गरिसकेका थिए । चलचित्र छक्का पञ्जा ५ को अहिले छायाँकन भईरहेको छ । दीपाश्री निरौलाको निर्देशनमा छायाँकन भईरहेको छक्का पञ्जा ६ मा दीपकराज, वर्षा सिवाकोटी, केदार घिमिरे (माग्ने बुढो)लगायतको मुख्य भूमिका छ ।

यसरी दशैंमा छक्का पञ्जा ५ र बेहुली फ्रम मेघौली रिलिजको घोषणसँगै प्रचार प्रसारसमेत थालिएको बेला बिराज भट्टले आफ्नो चलचित्र १२ गाउँको रिलिज पनि दशैंमै गर्ने घोषणा गरेका हुन् । अबको दशैंमा यी तीनवटा चलचित्र जुध्ने भएका छन् ।

विराजले आईतबार आफ्नो चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक सहित आगामी दशैंमा चलचित्र प्रदर्शन गर्न लागेको बताएका छन् । यो चलचित्रको अहिले केही बाँकी छायाँकन मुम्बईमा हुँदैछ । एकसाता पछि छायाँकन सम्पन्न गरेर चलचित्रको पोष्ट प्रोडक्सनको काम थाल्ने पनि उनले बताएका छन् ।

यो चलचित्रबाट अभिनेता बिराज भट्टले छोरा समीर भट्टलाई मुख्य भूमिकामा उतारेका छन् । यही चलचित्रबाट समीरले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आफ्नो छोराबाट बिराज निकै आशाबादी छन् । सोही कारण उनले दुई ठुला व्यानरका चलचित्रसँग आफ्नो चलचित्र जुधाएका रहेछन् ।

यही चलचित्रबाट समीरसँगै पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । यसमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको पनि मुख्य भूमिका रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । यसमा बिराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी