गुञ्जियो नाचघरमा नौमतीका नौ राग

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा नौमतीमा नौ राग प्रस्तुत गरेको छ । प्रतिष्ठानको संगीत विभागले काठमाडौंको नाचघरमा नौमती बाद्यबादकहरुलाई प्रोत्साहन गर्न नौमतीको नौराग कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिबनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङदेखि विभिन्न अग्रज संगीतकर्मीहरु समेत नौमती रागमा रमाए । कार्यक्रममा कलाकारहरुले नौमति बाजाहरुको प्रयोग गरी नौ किसिमका रागहरु प्रस्तुत गरे । यो भने नौमतीमा फरक प्रस्तुति भएको कार्यक्रममा अतिथिहरुले बताए ।

कार्यक्रममा १२ जना कलाकारहरुले परम्परागत विवाहमा बजाइने रागहरु प्रस्तुत गरे । कार्यक्रममा नगरा राग, बटुवा ताल राग, डाँडै ताल राग, दुलाहा पर्साइ, जन्ती पर्साइँ, डाँफे ताल राग र दुलही रुवाउने ताल रागहरु प्रस्तुत गरे । सो क्रममा कलाकारहरुले नौमती बाजामा सोरठीमा आधारित नचरी भाका, तारु भाका र झलकमान गन्दर्भको बाला जोबन भाका पनि प्रस्तुत गरे ।

नौमती बाजा बाद्यवादनमा कमल परियार, मनबहादुर दर्जी, तीलबहादुर दर्जी, दिलबहादुर दर्जी, लालबहादुर दर्जी, नवीन परियार, सागर परियार, सुवास परियार, मदन परियार लगायतको समूह थियो ।

मन्त्री हितबहादुर तामाङले नेपाली सङ्गीतमा मौलिक पञ्चे बाजा र नौमती बाजाको विशिष्ट महत्व र योगदान रहेको बताए । नौमतीको संरक्षणमा सरकार र सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको उनको सुझाब थियो । कुनै समय एक विशेष जातीमा सिमित भएको यो बाजालाई पछिल्लो समय सबैले बजाउने थालेको’bout पनि उनले कार्यक्रममा प्रकाश पारे ।

कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रज्ञा प्रतिष्ठानले नेपालका कुना कन्दरा रहेका लोक संस्कृति र कलाको संरक्षणका लागि विभिन्न कार्यहरु गर्र्दै आइरहेको बताईन् । यस्ता मौलिक लोक संगीतको कार्यक्रमहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले बताईन् ।

यस्तै सङ्गीत विभाग प्रमुख कर्ण गौतमले परियार समुदायमा प्रचलित नौमती बाजाका ३६ राग प्रचलनमा रहेको बताए । ती रागहरु शुभ कार्य र शोक कार्यमा बजाइने गरेको जानकारी गराउँदै ती मध्ये विवाह कार्यमा बजाइने नौ रागहरु यसपटक प्रस्तुत गरिएको उनले जानकारी गराए ।

कार्यक्रमको अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ का विजेताहरुलाई सम्माना सहित पुरस्कृत समेत गरिएको थियो । विश्व सङ्गीत दिवसका दिन विजेता घोषित भएका सात प्रदेशका सात जना विजेताहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा कोशी प्रदेशबाट तेज राई, मधेश प्रदेशबाट लिलाराज दाहाल, बागमती प्रदेशबाट सृजना अर्याल, गण्डकीबाट बाबुराम श्रेष्ठ, लुम्बिनीबाट बसन्तकुमार आचार्य, कर्णालीबाट रामकुमार शाही र सुदुरपश्चिमबाट धीरजनाथ थिए ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी