भेडेटारमा समसामयिक चित्रकला राष्ट्रिय सम्मेल

काठमाडौं । प्रादेशिक रुपमा ललितकलालाई प्रवर्धन गर्ने उदेश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाले कोशी प्रदेशको धनकुटाको भेडेटारमा सोमबारबाट ‘समसामयिक चित्रकला राष्ट्रिय सम्मेलन’ सुरु गरेको छ ।

सम्मेलनमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सङ्गी श्रेष्ठ, अजमत अली, कलाकारहरू सरोजा खड्गी, युवराज रिजाल, छितेन शेर्पा, महेन्द्र राई, अनुराधा थापा, सविन उपाध्याय, गणेश लामा, डिल्ली आले, जितेन राई, प्रनोद दत्त, मुकुन्द प्रयास, मुकेश श्रेष्ठ, राजन पन्त, किरण सिगु, कृष्ण लामा, उद्धव रिमाल, राकेशचन्द्र श्रेष्ठ, सुदर्शनविक्रम राणा, चन्द्रकुमार राई, गोपाल दरै, सुदिन श्रेष्ठ, नगेन सिंह, श्यामसुन्दर यादव, मनु चौधरी, एचबी रम्तेल, खेम घिमिरे, हिमालय गौतम, पाल्साङविक्रम लामा, यसोदाकुमारी सिंह, सुरेश प्रतीकलगायतले भाग लिएका छन् । त्यहाँ कला सृजनासँगै कलामाथि बहस गरिएको छ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले यो सम्मेलनको सोमबार उद्घाटन गरे । आफू राजनीतिकर्मी भएता पनि ललितकलाले आफूलाई आकर्षित गरेको उनले बताए,‘ प्रतिष्ठानले केन्द्रबाटै प्रदेशका रैथाने, परम्परागत तथा लोककलालाई मुख्यरुपमा पहिचान गरी काम गरेको छ । यसको लागि प्रदेश सरकारबाट गर्नु पर्ने सहयोगको लागि हामी तयार छौं ।’ उनले भने ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममा भने,‘ केन्द्रमात्र हैन, गाउँ गाउँमा पुगेर कलाको विकाशका लागि हामी कटिबद्ध छौं र हरेक प्रदेशमा हामीले कलाको प्रवर्धनका लागि काम गर्दै आएका छौं ।’

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै नेपालमा समसामयिक चित्रकलाको विकासको लागि आफुहरुले प्रदेशदेखि स्थानीय निकायसम्म पुगेर कार्यक्रम गर्दै आएका छौं भने ।

साँगुरीगढी गा.पा. प्रमुख जितेन रुम्दाली राईले पालिकामा गरिएको उक्त कार्यक्रमको सराहना गर्दै उहाँले आगामी दिनमा प्रतिष्ठानसँगको सहकार्यमा ललितकलाका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस कार्यक्रममार्फत प्रतिष्ठानसँग जोडिएको र ललितकलाको क्षेत्रमा जोडिएका काममा आफूले सक्दो सहयोग गर्ने काशी प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म