फोबोस देवताको डर

प्राचीन ग्रीसमा फोबोस नामक एक देवता थिए, जो शत्रुहरूबाट निकै डराउँथे । शत्रुहरूले आक्रमण गर्ने हुन्छ कि भन्ने शंका उपशंकामा उनी सधैं भयभित भइरहन्थे । त्यसैले, उतिबेला नै फोबोस डरको पर्यायवाची बन्यो । अनि, फोबोसबाट फोबिया शब्द उत्पत्ति भयो, जसको शाब्दिक अर्थ प्रवल भय वा आशंका हो ।

अतः मनोवैज्ञानिक दृष्टिमा बिनाकारण वा कुनै स्थिति–परिस्थितिहरूको सामना गनुपर्दा आवश्यकताभन्दा बढी भयभित हुने मानसिक समस्या फोबिया हो । हाल विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन् । तर, शिक्षा र चेतनाको कमी तथा सर्वसुलभ स्वास्थ्य सेवाको अभावले गर्दा निकै कम मानिसले मात्र फोबियाको औषधि उपचार गर्ने गर्छन् । सयममै यसको समाधान नखोज्ने व्यक्तिको भने सारा जीवन नै फोबियाको फन्दामा बित्छ ।

फोबिया अनेकौं रूपरंगहरूमा प्रकट हुन सक्छ । मुख्यतया फोबियालाई सामाजिक भय (सोसल फोबिया), खुला ठाउँ वा स्थानको भय (एगोरोफोबिया) तथा विशिष्ट भय (स्पिसिफिक फोबिया) गरी तीन वर्गमा वर्गीकृत गर्न सकिन्छ । विशिष्ट फोबियाभन्दा पनि सोसल फोबिया तथा एगोरोफोबिया बढी कष्टकारक हुन्छन् । र, समयमै समाधान नखोजिएमा यस्ता फोबियाहरूले व्यक्तिलाई मानसिक रूपमा अपाहिज बनाउन सक्छन् ।

सामाजिक सभा, कार्यक्रम, मानिसहरूको समूह वा यस्ता परिस्थितिहरू जहाँ मानिसहरूले चियाउने, हेर्ने वा मूल्यांकन गर्ने सम्भावना हुन्छ, त्यस्तो ठाउँमा जान वा सहभागी हुन डराउनु नै सामाजिक फोबिया हो । यस्तो फोबियाबाट ग्रस्त मानिसलाई सधैं चिन्ता हुन्छ, कि अरू मानिसले उसलाई कमजोर, मूर्ख तथा घटिया नठानोस् । त्यसैले सामाजिक फोबियाबाट पीडित व्यक्तिले सामाजिक कार्यक्रममा जान, भोजभतेरमा खानपिउन, अगाडि सरेर बोल्न तथा भाषण गर्न डराउँछन् । सकेसम्म यस्तो अवस्थाबाट तर्किन्छन् । यदि डरजन्य परिस्थितिहरू सामना गर्नुप¥यो भने निकै चिन्तित हुन्छन् र उनीहरूलाई घबराहट (पेनिक अट्याक) पनि आउन सक्छ । एक आमसामाजिक फोबिया हो, भाषणको भय ।

एगोरोफोबियाबाट ग्रस्त व्यक्ति खुला ठाउँहरू वा भीडभाड हुने ठाउँहरूमा जान डराउँछन् र प्रायः घर छोडेर बाहिर जाँदैनन् । घरमा नै बसिरहन्छन् । पटक–पटक पेनिक अट्याक (अचानक घबराहट) बेहोरेका व्यक्तिमा यस किसिमको फोबिया विकसित हुने गर्छ । सामान्यता एगोरोफोबियाबाट ग्रस्त व्यक्ति सार्वजनिक ठाउँहरूबाट डराउँदैनन्, तर यदि यस्तो ठाउँहरूमा पेनिक अट्याक आयो भने त्यहाँबाट भाग्न वा गुहार पाउन गाह्रो हुने काल्पनिक भयले उनीहरू डराउँछन् । तर, सबै घबराहट (पेनिक डिसअर्डर)मा परेका व्यक्तिहरूमा एगोरोफोबिया विकसित भएको हँुदैन ।

एगोरोफोबियाबाट ग्रस्त व्यक्ति खुला ठाउँहरू वा भीडभाड हुने ठाउँहरूमा जान डराउँछन्

विशिष्ट फोबियालाई पहिला सामान्य फोबिया भन्ने गरिन्थ्यो । सोसल फोबिया तथा एगोरोफोबियाबाहेक अन्य सबै फोबियाहरू यस वर्गमा पर्छन् । जस्तैः साइनोफोबिया (कुकुरको डर), क्लस्ट्रोफोबिया (बन्द स्थानको डर), एक्रोफोबिया (अग्लो ठाउँ वा स्थानको डर), अकोलोफोबिया (भीडको डर), जुफोबिया(जवनावरको डर), फोटोफोबिया (प्रकाशको डर), फोनोफोबिया (तीव्र ध्वनिको डर), हिमोफोबिया (रगतको डर), टक्सिफोबिया (विषको डर) तथा थनाटोफोबिया (मृत्युको डर) आदि ।

विशिष्ट फोबिया समाजिक फोबिया तथा एगोरोफोबियाजस्तो गम्भीर हँुदैन । यस्तो फोबियाले व्यक्तिको दैनिक जीवन र प्रगतिमा खासै कठिनाइ पैदा गर्दैन । जस्तो कि साइनोफोबिया (कुकुरको डर)बाट ग्रस्त व्यक्तिलाई कुकुर देखे तर्किए भयो । तर, सामाजिक फोबिया तथा एगोरोफोबियाबाट ग्रस्त अध्यापक, नेता तथा कलाकारहरूको जीवन ज्यादै कष्ट र कठिनाइपूर्ण हुन्छ । उनीहरू फोबियाका कारण सधैं तनाव, अन्तरद्वन्द्व र कुण्ठाको जीवन बाँच्न बाध्य हुन्छन् । यस्तो स्थिति धेरै समयसम्म रहिरहेमा अनेकौं मानसिक समस्याहरू पनि देखा पर्छन् ।

फोबिया देखापर्ने अनेक कारणहरू छन् । कतिपय व्यक्तिमा फोबिया आमाबुबाको जिनबाट आउने गर्छ र यसले अनुकूल वातावरण पाउनासाथ छोराछोरीहरूमा देखापर्छ । यस्ता व्यक्तिहरूका नातागोताहरूमा समेत फोबिया हुने सम्भावना अन्य आममानिसको तुलनामा बढी हुन्छ । तर, फोबियाको प्रमुख कारणचाहिँ मानसिक हो । व्यक्तिको अवचेतन मनमा रहेको चिन्ता, भय तथा आशंकाहरूको कारण नै अधिकांश फोबियाहरू पैदा हुन्छन् ।

कतिपय मनोवैज्ञानिकहरूका अनुसार भयभित हुन वातावरणले सिकाउँछ । जस्तैः कुनै बालकलाई कुकुर आयो अब तलाई टोक्छ भनी तर्साउने हो भने त्यो बालक साइनोफोबियाको सिकार बन्ने प्रवल सम्भावना हुन्छ । यसैगरी, कुनै बालिकालाई सजायस्वरूप बन्द कोठामा लामो समयसम्म राख्ने हो भने ठूलो भएपछि ती बालिका एगोरोफोबियाको सिकार हुन सक्छिन् ।

बाल्यकालमा परेको मानसिक आघात तथा आमाबुबाबाट अलग हँुदा पनि फोबियाको समस्या देखापर्न सक्छ । लज्जालु प्रकृतिका मानिसहरूले लज्जाका कारण आफ्नो वातावरणलाई यस्तो बनाउँछन् कि उनीहरू फोबियाको सिकार हुन पुग्छन् । यसका साथै मानिसको शारीरिक बनोट कुरूप भएको खण्डमा वा उनीहरूलाई आफ्नो कुनै शारीरिक अंग मन नपरेको खण्डमा तथा बोली प्रस्ट नभएको खण्डमा पनि समाजिक फोबिया हुने सम्भावना रहन्छ ।

फोबिया उपचार सम्भव छ । जुनसुकै किसिमको फोबिया पनि उचित औषधि उपचारबाट ठीक हुन्छ । फोबियाको उपचारमा कग्निटिभ बेहाभियर थेरापी(सीबीटी) रामबाण मानिन्छ । यस थेरापीले मानिसको व्यवहार (बेहाभियर) तथा आफूप्रति तथा अरूप्रतिको सोचले मानसिक स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा अध्ययन गर्छ र सोच तथा व्यवहार परिवर्तन गरी मानसिक स्वास्थ्य कायम राख्ने प्रयास गर्छ ।

कतिपय व्यक्तिमा फोबियासँगै घबराहट, पेनिक अट्याक, दुश्चिन्ता तथा उदास आदि मानसिक लक्षण पनि देखा पर्छन्

फोबियाको मनोवैज्ञानिक उपचारमा विभिन्न प्रकारका साइकोलोजिकल इन्टर्भेन्सन्स अपनाइने गरिन्छ । तीमध्ये अनावरण चिकित्सा (एक्सपोजर थेरापी) तथा प्रतिक्रिया रोकथाम चिकित्सा (रिसपोन्स प्रिभेन्सन) प्रमुख हुन् । यदि, एक्पोजर थेरापी कग्निटिभ थेरापीसँग प्रयोगमा ल्याउने हो भने फोबियाको उपचार निकै प्रभावकारी हुन्छ । एक्पोजर इन्टर्भेन्सनमा डरको परिस्थितिको कल्पना गराएर वा सामना गराएर डर हटाउने प्रयास गरिन्छ ।

साइकोथेरापीद्वारा फोबियाको उपचार कसरी गरिन्छ भन्ने बुझ्न साइनोफोबियाद्वारा पीडित एक बालकको मनोवैज्ञानिक उपचारको रूपरेखा हेरौं ।

सबैभन्दा पहिला बालकलाई कुकुरका ’boutमा सकारात्मक कुराहरू बताउने । जस्तैः कुकुर मानिसको रक्षक हो । कुकुरले मानिस र मानिसको घरको सुरक्षा गर्छ आदि । अनि, बालकलाई कुनै बालबालिकासँग खेलेको कुकुरको कार्टुन चित्र देखाउने । कुकुरको चित्र बनाउन लगाउने । कुनै बालकलाई कुकुरसँग खेल्न लगाएर टाढाबाट त्यो देखाउने । अनि, बालकलाई आरामसँग राखेर कुकुरको बच्चासँग खेलेको कल्पना गर्न लगाउने । यसपछि कुकुरको बच्चा भएको ठाउँमा लगेर छुन लगाउने । बालकलाई कुकुरको बच्चासँग खेल्न तथा उसलाई खाना दिन लगाउने । बालक कुकुरको बच्चासँग घुलमिल भयो भने माउ कुकुरलाई छुन लगाउन, खाना दिन लगाउने । यसरी केही दिनको यो व्यावहारिक तथा मनोवैज्ञानिक विधिद्वारा साइनोफोबियाबाट पीडित बालक मुक्त हुन्छन् ।

कतिपय व्यक्तिमा फोबियासँगै अन्य मानसिक लक्षणहरू पनि देखापर्ने गर्छन् । जस्त–ै घबराहट, पेनिक अट्याक, दुश्चिन्ता तथा उदासी आदि । यदि फोबियाका व्यक्तिमा यस्ता लक्षणहरू पनि देखिएका छन् भने फोबियाको उपचारसँगै यस्ता मानसिक समस्याहरूको पनि उपचार आवश्यक हुन्छ । अन्यथा फोबिया पूर्णरूपमा ठीक हँुदैन । त्यसैले, यदि यस्ता व्यक्तिहरूमा दुश्चिन्ता, अनिद्रा तथा आशंका आदिका लक्षणहरू पनि देखिएका छन् भने प्रशान्तक औषधिहरूसँगै चिन्ताविरोधी औषधिहरू (एन्टिएन्जाइटी ड्रग्स) तथा एन्टिडिप्रेसेन्ट्स पनि दिनुपर्ने हुन्छ । तर, फोबियालगायत अधिकांश मानसिक समस्याहरूमा औषधिभन्दा साइकोथेरापीको प्रयोग बढी प्रभावकारी हुन्छ ।

अन्त्यमा, अधिकांश फोबियाको सुरुवात बाल्यकालदेखि नै हुने हँुदा यसप्रति परिवारका वरिष्ठ सदस्यहरू सजग हुनुपर्छ । बालबालिकाहरूलाई भुलाउन तथा तर्साउन डर देखाउने कार्य गर्नुहँुदैन । बालबालिकालाई भूतप्रेत तथा राक्षस आदिका डरलाग्दा कथा तथा यस्ता टिभी कार्यक्रमहरूबाट टाढा राख्नुपर्छ । पारिवारिक वातावरण एकदम डररहित तथा सौहाद्र्धमय बनाउनुपर्छ । घर तथा विद्यालयमा आफ्ना बालबालिकाहरूको व्यवहार तथा चालचलनको ख्याल राख्नुपर्छ ।

यदि आफ्ना बालबालिका कुनै बाहिर मानिस आएका बेलामा भित्र जाने, आँखामा आँखा मिलाइ कुरा नगर्ने, धेरै लजाउने, कक्षामा पछिल्लो बेन्चमा बस्ने, शिक्षकलाई प्रश्न नसोध्ने, अघि सरेर नबोल्ने तथा एक्लै खेल्ने प्रकृतिका भएको खण्डमा तुरुन्त मनोचिकित्सक तथा मनोवैज्ञानिसँग सम्पर्क गर्नु ठीक हुन्छ । बाल्यकाल तथा किशोरावस्थामा नै फोबियाको सही उपचार गर्ने हो भने फोबियाका कारण मानिसले जीवनमा ठूलो मूल्य चुकाउनुपर्दैन । त्यो ’cause फोबियाले प्रतिभाशाली मानिसलाई समेत खुम्च्याएर राख्छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर