नेपाली साहित्य र चलचित्रको सम्बन्धमाथि बहस

Untitled design - 4

काठमाडौं । त्रिवि कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्न पर्ने आवश्यकता भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयको कार्यक्रममा यस्तो भनाई राखेका हुन् ।

उनले ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र कलाको आधुनिक माध्यम भएको बताए,समाज रुपान्तणरकोनिम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरु एकै पटक देखाउन सकिन्छ ।’ पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको उनले बताए ।

सो कार्यपत्रमाथि आफ्नो धारण राख्दै अग्रज कलाकार तथा निर्देशक नीर शाहले हरिश्चन्द्र नै पहिलो नेपाली भाषाको चलचित्र भएको जिकिर गरे,‘भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुले नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविंग गरेको जस्तो हुन पुगेको हो । साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो ।’ अहिलेको अवस्थामा कला र साहित्यलाई यसलाई हेर्ने दृश्टीकोण गलत छ हामीले बदल्न पर्छ भन्दै उनले कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ भने । नीर शाहले चलचित्र पनि मानविय समवेदनासँग जोडिएको एउटा पाटो भएको जनाउँदै चलचित्रको मुटु भनेको पटकथा हो भने,‘पटकथा चलचित्रको साहित्यको मूल अंश हो र विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरुको आधार साहित्य नै हो । नेपाली चलचित्रको ’boutमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको सुरुवात गरेको मैले बुझेको छु ।’

सो कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा संचारकर्मी भुपेन्द्र खड्काले भने, ‘कार्यपत्रले चलचित्रको इतिहास त उजागर गर्यो तर चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन सकेन । सहित्यका साना साना विधाहरुलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको देखिन्छ ।’ उनले थपे,‘चलचित्रको व्यबसायिक पाटो एउटा हो तर मौलिक सिनेमा बनाउने कुरा अर्को चुनौति छ नेपाली बजारमा । पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको छ ।’

यस्तै साहित्यकार सीतादेवी ढुंगानाले कार्यपत्रको विषय एकातिर कार्यपत्र अर्कोतर्फ भएको बताईन् । उनले चलचित्रको मुल्यांकन प्राविधिक पक्षबाट मात्रै भयो । सैद्धान्तिक पक्षबाट यसको विश्लेषण भएन भनिन् ।

यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको छ भने,‘आगामि दिनहरुमा पनि हामी यस्ता कार्यक्रमहरुको आयोजना गर्ने छौँ । चलचित्र आफैँ साहित्य हो र चलचित्र प्रविधिसहतिको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधाहररु समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ ।’ चलचित्र आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेकोले यसको कथा भन्ने शैली भएको उनले बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले चलचित्र साहित्यका क्षेत्रमा काम नै नभएको अवस्थामा प्रज्ञा प्रतिष्ठानले एउटा सहकार्यको थालनी गरेको बताए । उनले चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पाठ्य साहित्य भन्दा दृश्य साहित्य अझ प्रभावकरी माध्यम बन्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा चलचित्र र साहित्यको ’boutमा कलाकार सुवास गजुरेल, चलचत्रि पत्रकार विजयरत्न तुलाधार, नायिका विमला केसीले पनि आफ्ना भनाई राखे ।

कार्यक्रम आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको अवस्थामा यो किसिमको बहस सुरु गरेको बताए । चलचित्र पनि साहित्य हो एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्न सक्छ वा देखाउन सक्छ भन्दै यसको प्रभावकारीता पनि समाज रुपान्तरणमा रहेको पाठकले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)