कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै धनगढी उपमहानगर

धनगढी । धनगढी उपमहानगरपालिले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको छ । एक सूचना जारी गर्दै धनगढी उपमहानगरले छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीलाई आवेदन माग गरेको हो ।

उपमहानगरले आफू अन्तर्गतका संस्थागत शिक्षण संस्थामा परीक्षा प्रणालीबाट योग्य विद्यार्थी छनौट गरेर छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । शैक्षिक सत्र २०८१÷८२ का लागि धनगढी भित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्न चाहने विद्यार्थीले यही असार ३० गते दिउँसो ३ बजेसम्म शिक्षा, युवा तथा खेलकुद महाशाखामा आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।

छात्रवृत्ति छनोटका लागि साउन ५ गते बिहान ११ देखि साढे बाह्र बजेसम्म परीक्षा हुनेछ । छात्रवृत्तिका लागि खुला समूहका लागि ५५ प्रतिशत र समावेशीतर्फ ४५ प्रतिशत कोटा निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

समावेशी कोटातर्फ ४५ प्रतिशतलाई शतप्रतिशत मानी छात्राका लागि ३३ प्रतिशत, दलित १४ प्रतिशत, रानाथारू १३ प्रतिशत, खस आर्य ११ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, पिछडिएको क्षेत्र १० प्रतिशत र अपाङ्गता भएको व्यक्तिका लागि ४ प्रतिशत कोटा छुट्याइएको छ ।

इच्छुक विद्यार्थीले उपमहानगरपालिकाको वेबसाइट www.dhangadhimun.gov.np वा शिक्षा, युवा तथा खेलकुद महाशाखा वा उपमहानगरको फेसबुक पेजबाट छात्रवृत्ति छनौट परीक्षासम्बन्धी विस्तृत जानकारी प्राप्त गरी छात्रवृत्ति छनौट परीक्षाका लागि आवेदन दिन सकिने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति