धान बालीमा सिँचाइ र मलको अभाव

हाम्रो मुलुकमा अझै पनि खेतीयोग्य जमिनको एकतिहाइ क्षेत्रमा मात्रै वर्षैभरि सिँचाइ पुग्ने गरेको सम्बन्धित क्षेत्रको तथ्यांकले देखाएको छ । सिँचाइको तथ्यांकलाई अवलोकन गर्ने हो भने झन्डै ५ लाख हेक्टरमा मात्रै हिउँद, वर्षा र चैते सिजनमा सिँचाइ पुग्ने देखिन्छ । यसबाहेक अरू स्थानमा भने खोलामा पानी भए सिँचाइ पु-याउन सकिने, नभए खेती गर्न नै समस्या हुने गरेको सरकारी तथ्यांकले नै पुष्टि गर्छ । फलतः राष्ट्रको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजारबढी मध्ये कृषियोग्य २६ लाख ४१ हजार हेक्टर अर्थात् १७ दशमव ९४ प्रतिशत भूमि रहेको छ । त्यसमध्ये सिँचाइयोग्य जमिन १७ लाख ६६ हजार हेक्टरमा अर्थात् ६६ दशमव ८७ प्रतिशत मात्र सीमित रहेको छ । जहाँ धान, गहुँ, जौजस्ता प्रमुख खाद्यान्न बाली लगाउने जमिनलाई मात्र खेतीयोग्यमा राखिएको छ ।

मुलुकमा धानको रोपाइँ गर्ने मुख्य महिना भनेको असार र साउन हो । यी दुई महिनामा मुलुकभर नै रोपाइँ कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यसमा पनि साउनको मध्यसम्ममा रोपाइँ कार्य सुसम्पन्न गरेको खण्डमा अझै धानको उत्पादनमा वृद्धि हुने कुरासमेत विज्ञहरूले भन्दै आएका छन् । फलतः विश्वमा ब्राजिलपछि जलस्रोतको दोस्रो स्थान राख्ने कृषिप्रधान मुलुकमा कृषकहरूले बर्सेनि पानी तथा मलको अभावमा रोपाइँ गर्न पाउँदैनन् । यसपटक पनि यस्तै अवस्था भएको छ । तर, विडम्बना के भने सिँचाइ तथा मलको अभावका कारण धेरै खेत बाँझै रहेका छन् । मुलुकको अन्न भण्डारका रूपमा चिनिने तरार्ईको हालत पनि अकासे पानीलाई कृषकहरूले हेर्नुपर्ने स्थितिमा छ । यसर्थ, धानलाई आवश्यक पर्ने पर्याप्त मात्रामा पानी नपरेर जेठ महिना पनि ट-यो । यसरी गत १० असारसम्म देशव्यापी रूपमा ७ प्रतिशत मात्र स्थानमा रोपाइँ भएको अनुमान एकातिर छ भने अर्कोतिर रोपिएको धानको रोपो सुक्दै गएको स्थिति विभिन्न भागमा देखापरेको छ ।

तराईमा अहिले पनि अकासे पानीको भरमा दुईतिहाइ जमिनमा रोपाइँ गर्नुपर्ने बाध्यता कायमै छ

हाम्रो मुलुकमा यस साल गत १२ असारदेखि मनसुन भित्रिए पनि धान रोपाइँ सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भेगमा भएको छ भने तरार्ईमा भने रोपाइँ हुनसकेको छैन । जुन अकासे पानीको भरमा रोपाइँ गरिने अधिकांश क्षेत्रमा कम वर्षाका कारण गत वर्षको तुलनामा धान रोपाइँ घट्ने अनुमान गर्न सकिन्छ । यस साल भने २६ जुनदेखि मनसुन भित्रिने सरदर मिति भएकामा २६ जुनमा नै मनसुन भित्रिए पनि गत वर्षको तुलनामा अहिलेसम्म ७ प्रतिशत कम रोपाइँ गरिएको अनुमान छ । यस वर्षको मनसुन अवधिमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिए पनि अहिलेसम्मको अवस्थालाई हेर्दा धान बालीका लागि मनसुन अनुमान गरिएअनुरूप सुखद् नरहेको कृषि विज्ञहरूको विश्लेषण छ ।

तर, ढिलो रोपाइँ हुँदा उत्पादन ह्रास हुनसक्ने विज्ञको भनाइ छ । त्यसरी नै मुलुकको धान बालीलाई अवलोकन गर्ने हो भने गत वर्ष १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धान रोपाइँ भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७९÷८० मा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो । जुन केन्द्रको तथ्यांकनुसार गत वर्ष अघिल्लो भन्दा २ प्रतिशतले धान रोपाइँ कम भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकनुसार गत वर्ष १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो । चालू आवमा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष २ लाख ३७ हजार ७ सय ६२ टन धान बढी उत्पादन भएको थियो । यसलाई प्रतिशतका आधारमा भन्दा ४ दशमलव ३३ प्रतिशतले धान वृद्धि भएको हो । सो मन्त्रालयका अनुसार विगत ४ वर्षको औसत उत्पादनको तुलनामा या ५ दशमलव शून्य ८ प्रतिशतले बढी हो ।

धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४ दशमलव ९७ प्रतिशतले वृद्धि भई ३ दशमलव ९८ टन प्रतिहेक्टर पुगेको छ । जुन धान उत्पादनमा वृद्धि भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो । आव २०७९÷८० मा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालू आवमा १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा ८ हजार ८ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो । तर, धान उत्पादनमा भने वृद्धि भएको छ । त्यसरी नै उत्पादकत्वतर्फ अवलोकन गर्ने हो भने पनि अधिल्लो आव ३ दशमलव ८० प्रतिशत प्रतिहेक्टर उत्पादन भएको थियो भने चालू आवमा शून्य दशमलव २८ ले वृद्धि भइ ३ दशमलव ८२ प्रतिशत प्रतिहेक्टर मेटन भएको अनुमान छ । हाल आएर सिँचाइ अभावका कारण १० असारसम्म जम्मा ७ प्रतिशत धान रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

मनसुन भित्रिए पनि धान रोपाइँ सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भेगमा भइरहँदा तराईमा भने जमिन सुक्खा नै रहकाले रोपाइँ हुन सकिरहेको छैन

नेपाल सरकारको जलस्रोत तथा सिँचाइ विभागको भनाइ के छ भने वर्षायाममा करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ पु¥याउने जानकारी एकातिर छ भने अर्कोतिर यस वर्षको वर्षायाममा १५ लाख ३१ हजार ६९ हेक्टर जमिनमा सिँचाइ पु¥याइएको विभागका प्रवक्ताले जानकारी दिएका थिए । अतः यस सालको राष्ट्रिय धान दिवसको नारा भने ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मुख्य नाराको साथै २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ मनाउने रूपमा रहेको छ । फलतः कृषिप्रधान देश नेपालमा धान खेतीलाई सुनको बालाको खेती पनि भनिन्छ । यसले नेपालको विशाल जनसंख्यालाई भोकमरीबाट बचाएको छ । धान खेतीले नेपालीलाई रोजगारी पनि दिएको छ । नेपालीका लागि धान नै जीवन हो ।

यसै कारणले गर्दा चामल नै जीवनको आधार हो । जुन एसियाली मुलुकहरूमा नै खाद्यान्न भनेको धान, चामल भन्ने बुझिन्छ । जसलाई हेर्ने हो भने विश्वका आधाभन्दा बढी जनसंख्याको प्रमुख आधार नै चामल हो । अझ भन्ने हो भने धानले एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको काम पनि गरिरहेको छ । मूलतः कोभिड १९ का कारण रोजगारी गुमेपछि अधिकांश बाँझो रहेका खेतीमा रोपाइँ गर्न थालिएको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यसर्थ, मन्त्रालयको भनाइअनुसार यस वर्ष मुलुकभर रोपाइँयोग्य खेतको क्षेत्रफल करिब १ लाख ३२ हजार हेक्टर बढेको अनुमान रहेको छ ।

समग्रमा भन्नुपर्दा मुलुकलाई कृषिप्रधान मुलुक मात्रै भनिँदैन, विश्वमा ब्राजिलपछिको दोस्रो स्थानमा रहेको पानीको धनी राष्ट्र भनेर पनि चिनाइन्छ । तर, विडम्बना यहाँका कृषकले पानी अभावमा समयमै रोपाइँ गर्न पाउँदैनन् । उनीहरूले अकासे पानीको भरमा दुई तिहाइ जमिनमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । रोपाइँ भइहाले पुनः सिँचाइ गर्न पानी पाइँदैन । यसका साथसाथै खडेरीको मारमा किसान बर्सेनि पिरोलिन्छन् । यसका अलावा सिँचाइ आयोजना निर्माण सुरु हुन्छन्, तर समयमा सकिँदैन । सबै समस्या ज्यूँका त्यूँ हुँदा पनि सरकार कृषकप्रति उत्तरदायी बनेको देखिँदैन । यस वर्षको मौसमको पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा कम वर्षा मधेस प्रदेशमा भएको देखिएको छ ।

त्यसैगरी, १ जुनदेखि ९ अगस्ट २०२२ सम्म सो प्रदेशमा ५ सय १५ मिलिमिटर पानी परेको थियो । यसलाई हेर्ने हो भने एकातिर वर्षा अभाव देखिएको छ भने अर्कोरित हेर्ने हो भने धेरै कृषकले समयमा मल र खेताला अभावले रोपाइँ गर्न नसकिएको बुझिएको छ । अतः धानको उत्पादनलाई दृष्टिगत गर्ने हो भने बाग्मती प्रदेश सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्दै अन्य प्रदेश र विदेशमा समेत खाद्यान्न निर्यात गर्ने लक्ष्य राखेको छ । मुलुककै कुल गार्हस्थ्य उत्पादनमा बाग्मती प्रदेशले सबैभन्दा बढी योगदान दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी