पञ्चमले ल्याए ‘प्रवासीको देश हुन्न’

काठमाडौं । आख्यानकार पंचम अधिकारीले आफ्नो नवीनतम कथासंग्रह ‘प्रवासीको देश हुन्न’ पाठकमाझ ल्याएका छन् । बुधबार काठमाडौंमा एक समारोहबीच यो पुस्तकलाई आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ,सुमन वर्षालगायतले लोकार्पण गरेका छन् ।

कार्यक्रममा यो कृति’bout बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने बताए, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो । यसका कथाले डायस्पोरमा अहिले नेपालीहरुको अबस्था कस्तो छ भन्ने कुरा धेरै हदसम्म देखाउँछ ।’

अर्का समीक्षक राजकुमार बानियाँले पनि सँग्रहमा रहेको कथाहरुले आफ्नो मन जितेको छ भने । प्रवासमा रहनेहरुको लेखन जस्तो नभएर यो पुस्तक हेर्दा मुलधारको साहित्यकारले लेखेको जस्तो रहेको पनि उनले बताए । यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको पनि बानियाँले बताए ।

समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका उनले बताईन्,‘अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ ।’

एक दशक अघि पथिक प्रवासन पुस्तक ल्याईसकेका अधिकारीको यो दोश्रो कृति हो । प्रवासीको देश हुन्न संग्रहमा १४ वटा कथा समावेश गरिएको छ । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता