कलामार्फत विपद् ब्यबस्थापनको सचेतना

काठमाडौं । वर्षातको मौसमसँगै अहिले जताततै बाढी पहिरो गईरहेको छ । जसका कारण अहिले देशभरी नै बाढी पहिरोको विपद् बढेको छ । यस्तो विभिन्न विपद् बिरुद्ध कसरी जोगिने भन्ने’bout जनचेतना जगाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा कला प्रदर्शनी सुरु भएको छ ।

‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ शिर्षको यो प्रदर्शनी मंगलबारबाट सुरु भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा भएको यो प्रदर्शनीलाई प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबले सँयोजन गरिरहेको छ ।

यो प्रदर्शनी एक सातासम्म चल्ने छ । प्रदर्शनीमा विपद् जोखिम र त्यसको न्युनीकरण विषयमा व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र राखिएको छ । प्रदर्शनीमा विभिन्न कलाकारका २७ वटा कलाहरु छन् । जसमा कलाकार अविन श्रेष्ठ, अकृन, बासु क्षितिज देवेन्द्र थुम्केली, केशव राज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रविन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डङ्गोल, सुजिता महर्जन, पल्पसा डंगोलले तयार गरेका कलाहरु छन् । यस्तै अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगंगा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुश, पान सिङ तमोर, गौरभ डङ्गोल र योगेश खपाङ्गीले तयार गरेका व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र राखिएको छ ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्मकुमार भुसाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले यो प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

सो समारोहमा उपकुलपति लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताए,‘कलामार्फत सामाजिक सन्देश प्रवाह गर्न प्रतिष्ठानले काम गरिरहेको छ । यस प्रदर्शनीमार्फत विपद्का विषयमा सन्देश दिन र जागरण ल्याउन सहयोग मिल्ने आशा लिएका छौं ।’

प्रदर्शनीमा राखिएका कलाले जोखिमका विविध पक्षका ’bout उजागर गरेको राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । उनले प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउँदै कलामार्फत अभिव्यक्त सन्देश प्रभावकारी हुने विचार व्यक्त गर्दै भने,‘फूल, बालबालिका र कला सबैले मनपराउँछन् । यही भावलाई अंगीकार गर्दै कलामार्फत विपद् जोखिमका विषयलाई उठान गर्न खोजिएको हो ।’

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको जानकारी गराए,‘कलामार्फत विपद् र त्यसका जोखिमका विषयलाई सन्देशमूलक ढंगले उठान गर्न खोजिएको हो । यसमा कलाकारले निकै मिहिनेतका साथ कलाकृति रचना गरेका छन् । जुन सामाजिक सन्देश दिन र जागरण ल्याउन सहयोगी सिद्ध हुने आशा राख्न सकिन्छ ।’ उनले भने ।

प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख तथा कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले कलाकारले कलाकृति रचना गरेपछि मात्रै यो कार्यक्रम सफल भएको बताइन् । उनले कलाले समाजमा भइपरी आउने विभिन्न विपद् र जोखिमका ’boutमा सचेतना जगाउन भूमिका खेल्ने धारणा राखिन् ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले यस्तो महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले सामाजिक रुपान्तरण र जागरणमा कलालाइै जोडेर लैजाँदा सकारात्मक प्रभाव पार्ने जिकिर गरे ।

गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालले कार्टुन र चित्रले हजारौँ पृष्ठले बोल्न नसकेका कुरा बोल्ने बताउँदै यसको सम्बन्धित क्षेत्रमा ज्ञान पु¥याउन सके अझ महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता